नेपाल भ्रमणको अनुभब सुनाउदै नायक जेटलिले यसरी गरे नेपालको प्रशंसा, (फोटो फिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 03:34:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित नायक तथा मार्शल आर्टका कलाकार जेटलिले नेपाल भ्रमण सुखद रहेको बताएका छन। लिले नेपाल भ्रमणको अनुभबलाई एक लेख मार्फत सार्वजनीक गर्दै नेपालको यात्रामा अदभुत डबल रेन्बो देखेको उल्लेख गरेका छन।    

'यस बर्षको प्रारम्भिक समयमा चर्चित नायक भुटान र नेपाल भ्रमण गरे। नेपाल यात्राको क्रममा काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा अवस्थित असुरा गुफा र यान्ग्लेशो गुफाको भ्रमण गरे। भ्रमण गरेको यी गुफा अवस्थित क्षेत्रलाई गुरु रिनपोचे, पदमासम्भाले महमुद्रा (एक प्रकारको ध्यानद्वारा प्राप्ति शान्ति) प्राप्ति गरेको स्थानको रुपमा लिने गरिन्छ।' लिले लेखेका छन। 

लिले नेपाल यात्राको क्रममा गुरु रिनपोचे, पदमासम्भाले हजार बर्ष अघि अभ्यास गरेको स्थानको भ्रमण गरेको बताएका छन। यस यात्रामा उनले  ४-५ जना शिक्षकसंग भेट गरेको र महमुद्रा प्राप्तिका लागि ७ दिनसम्म दुई स्थानमा भ्रमण गरेको बताएका छन।         

उनले अघि लेख्छन, यस यात्रामा सबै भन्दा सम्झनलायक भनेको मैले महमुद्रा प्राप्तिको क्रममा डबल रेन्बो देखे। त्यहाँका लामाहरुले बिगत १५ बर्षदेखि डबल रेन्बो नदेखेको जानकारी दिएको लिले बताएका छन। 'डबल रेन्बो देखेको त्यो पलले शुभ संकेत र साच्चिकै उत्साहित महसुस गराएको छ।' उनले लेखेका छन। आफुले त्यो पललाई शब्दमा बताउन नसक्ने उनले लेखेका छन।       

यस ध्यानका लागि आफुलाई २० भन्दा बढी गुरुले सिकाएको प्रति लिले आभार प्रकट गरेका छन। यस यात्रालाई निरन्तरता दिने प्रतिबद्दता जनाउदै लिले पुन: यस स्थानको भ्रमण गर्ने जनाएका छन। 

लिले सार्वजनिक गरेका अद्भुत तस्विरहरु:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved