भारतबिरुद्द ५ दर्जन राष्ट्रको 'मोर्चाबन्दी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 03:12:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मुस्लिम देशहरुको संगठन ‘अर्गनाइजेशन अफ इस्लामिक कर्पोरेशन’का महासचिब  इयाद अमिद मदनीले कश्मीरको मुद्धा भारतको आन्तरिक मामिला नभएको बताएका छन। भारत सरकारबाट कश्मीरका जनता माथी भैरहेको ज्यादती मानबअधिकारको हनन भएको र यसबारे विश्व समुदायको ध्यान जानुपर्ने मदनीले बताएका छन।

पाकिस्तानमा बसेको ५७ मुस्लिम देशहरुको संगठनको बैठकले काश्मिरमा जारी आन्दोलन र जनता माथिको दमन चिन्ताजनक भएको निष्कर्ष निकाल्दै विश्वका मुस्लिम राष्ट्र भारतको ज्यादती बिरुद्द एक हुन आब्हान गरेको छ।  

कश्मिर मुद्दाबारे बिज्ञप्ती निकाल्नु मात्र काफी नहुने बताउदै महासचिब मदनीले राजनीतिक स्तरमा नै यसको समाधान खोजिनु पर्ने बताएका छन। 'भारतबाट प्रशासित कश्मिरमा भएको क्रुरताको बिरोध गर्नु आवश्यक छ, दुर्भाग्यवस भारतको यो ज्यादती बिरुद्दको आवाज कम्जोर भएको छ' उनले भने।  

पाकिस्तानले कश्मीरको मुद्धामा मुस्लिम राष्ट्रहरुको सहयोग जुटाउँदै गर्दा भारतीय गृहमन्त्री राजनाथ सिंहले भने पाकिस्तानलाई उसको यस्तो कार्यको बिरोध गर्दै कडा चेतावनी दिएका छन। 

गृहमन्त्री सिंहले शनिबार पाकिस्तानलाई कश्मीरमा अस्थिरता फैलाएकोमा चेतावनी दिएका हुन। भारतले अब सहन नसक्ने भन्दै ठूलो मूल्य चुकाउनु पर्ने सिहंले पाकिस्तानलाई चेतावनी दिएका छन्।

पाकिस्ताको चार प्रान्त मध्येको सबैभन्दा ठूलो प्रान्त बलूचिस्तानमा बिद्रोह गर्दै आएका एक समूहलाई भारतले  सहयोग गर्ने गरेको पाकिस्तानले आरोप लगाउदै आएको छ। बलूचिस्तान स्वतन्त्र बनाउन यहाँ ४ पटक आन्दोलन भइसकेको छ।

बिबादित बलुचिस्तान मुद्दा बारे भारतले अनावश्यक हस्तक्षेप गरेपछि पाकिस्तान रुष्ट हुँदै विश्वका अधिकांस मुलुकहरुको समर्थन जुटाउने क्रममा ५७ मुस्लिम राष्ट्रहरुको सम्मलेनको आयोजना गरेको एजेन्सीहरुले बताएका छन। 

त्यसो त भारतको स्वतन्त्रता दिवसको दिन मोदीले लाल किलामा गरेको भाषणमा समेत घुमाउरो पारामा बलुचिस्तानका नागरिकहरुलाई सम्बोधन गरेका थिए। उनले भनेका थिए ‘पछिल्ला केही दिन बलूचिस्तान, गिलगित, लगायत पाकिस्तानको कब्जावाला हिस्सामा मानिसले मलाई निकै धन्यवाद दिएका छन्। मैले पनि आभार व्यक्त गरेको छु।' उनको यस्तो भनाईपछि पाकिस्तान झनै रुष्ट बन्न पुगेको छ। छिमेकी राष्ट्रहरुसंग छिमेकी जस्तै व्यवहार गर्न पाकिस्तानले भारतलाई चेतावनी दिदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved