शाहिद खकान बने पाकिस्तानका १८ औं प्रधानमन्त्री,४ दिनमा देशमा प्रजातन्त्र फर्किएको प्रतिक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 08:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

शाहिद खकान अब्बासी पाकिस्तानका प्रधानमन्त्री बनेका छन। प्रधानमन्त्री पदबाट नवाज शरिफलाई बर्खास्त गरिए पश्चात अब्बासी पाकिस्तानका १८ औ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन। 

प्रधानमन्त्री अब्बासीले २२१ भोट प्राप्त गरेका हुन। पाकिस्तानको राष्ट्रिय विधानसभामा अब्बासीको समर्थनमा २२१ भोट खसेको छ। नवाज शरिफको सरकारमा शाहिद खकान अब्बासी पेट्रोलियम तथा प्राकृतिक संसाधन मन्त्री थिए। 

नवाज शरिफलाई पानामा पेपर स्क्यान्डलमा दोषी पाइएको कारण देखाउंदै त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो। उनलाई हटाइपश्चात शाहिद खकान अब्बासीलाई नयाँ प्रधानमन्त्रीका रुपमा चयन गरिएको हो।

राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ। सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट अब्बासीले उम्मेदवारी दर्ता गराएका थिए।  

प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन। 

यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि हुन । उनी प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुन ।अर्को प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका थिए ।इस्लामिक पार्टी जमात इ इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका थिए ।

बिधानसभामा यस्तो देखियो 

विधानसभामा शाहिद खकान अब्बासि प्रधानमन्त्रीमा चयन भएको घोषणा भएलगत्तै बर्खास्त गरिएका नवाज शरिफको प्रभाब कायम नै रहने भन्दै नाराबाजी भएको थियो। विधानसभा बाहिर समेत 'नवाज शरिफ, नवाज शरिफ' भन्ने नारा लागेको थियो। 

अब्बासि त्यस पश्चात आफ्नो कुर्चीबाट उठेर बिधानसभा भित्र फ्लोरमा रहेका आफ्ना पार्टीका नेताहरुलाई अँगालो मार्दै बधाई लिदै अगाडी बढे। उनले आफ्ना बिपक्षी पार्टीका नेताहरुसंग समेत हात मिलाईरहेका थिए। 

'चार दिनभित्र, हामीले मुलुकमा पुन: प्रजातन्त्र फर्किएको देखेका छौं। देशमा केहिपनि गलत भएन' प्रधानमन्त्री अब्बासीले भने। सभाको पोडीयममा उभिएर उनले भने ' चाहे म यहाँ ४५ दिनका लागि होस् या ४५ घण्टाको लागि, म यो देशको प्रधानमन्त्री हो र म यहाँ काम गर्न आएको हुँ, कुर्ची तताउन होइन।'

अब्बासीले सम्भवत: २ महिनाको लागी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन। किनकि नवाज शरिफका भाई शहबाजले पार्टीको चुनाव मार्फत पार्टी प्रमुखका रुपमा कुर्ची सम्हाल्ने तयारिमा रहेका छन।       



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved