भारतमा ‘कपाल चोर’को आतंक, महिलाहरु त्रसित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 12:59:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्।

प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित छन् भन्छन् बीबीसका विकास पाण्डे।

'अदृश्य हजामको हमला' भनेर चर्चा भैरहेको महिलाहरुको कपाल काटिने घटना सबैभन्दा पहिला गत जुलाई महिनामा राजस्थान राज्यमा भएको बताइएको थियो।

अहिले हरियाणा र दिल्लीमा त्यसरी महिलाहरुलाई थाहै नहुने गरी कपाल काटिएका रहस्यमय घटनाका ताजा विवरणहरु आइरहेका छन्।

पिडित महिलाहरुले कुनै घटनामा रंगीन कपडा लगाएका प्रौढ पुरुष जिम्मेवार भनेका छन् त कुनैमा महिला।

बिबिसीका अनुसार कपाल काटिएको घटनाका पिडितहरु अझै पनि आतंकीत छन् र तिनका परिवारजनले तिनीहरुलाई एक्लै नछाडी साथ दिइरहेका छन्।

त्यस्तो घटनाको उजुरी आएको गुडगावं क्षेत्रका प्रहरी प्रवक्ता रविन्दर कुमार भन्छन्, "प्रहरीले त्यस्ता घटनाहरुका सम्बन्धमा छानविन थालेको छ। यि अनौठा घटनाहरु हुन् ।

"घटनास्थलमा कुनै सुराग मिलेको छैन, पीडीतहरुको चिकित्सा परिक्षण गर्दा पनि कुनै असामान्य नतिजा देखिएको छैन।

"पिडीतहरु लगायत कसैले पनि ति आक्रमणकारीहरुलाई राम्ररी देखेको भनेर बताउन सकेका छैनन्।"

ति प्रहरी प्रवक्ताका अनुसार विभिन्न क्षेत्रका प्रहरीहरुले घटनाको चुरोसम्म पुग्न आपसी तालमेलको संयोजन गरिरहेका छन्।

यो सबै जारी रहंदा विभिन्न प्रकारका हल्लाहरु पनि ति क्षेत्रमा फैलिरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved