अफगानिस्तान हमलामा दर्जनौको मृत्यु, आक्रमणमा तालेबान र इस्लामिक स्टेट विद्रोहीहरु संलग्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 07, 2017 | 01:27:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानका अधिकारीहरुका अनुसार उत्तरी प्रान्त सार-ए-पोलमा विद्रोही हमलामा महिला तथा बालबालिकासहित ५० जनाको ज्यान गएको छ। सो प्रान्तका प्रशासकले बीबीसीलाई बताए अनुसार विद्रोहीहरुले मिर्जावालङ क्षेत्रमा सुरक्षा शिविरहरुमा आक्रमण गर्दै गाउँमा प्रवेश गरेका थिए र गैरसैनिक व्यक्तिलाई अन्धाधुन्ध आक्रमण गरेका थिए। उनले भने, "उनीहरु (गैरसैनिकहरु) निकै क्रुर र अमानवीय तरिकाले मारिए।" उनका अनुसार सो आक्रमणमा तालेबान र इस्लामिक स्टेट विद्रोहीहरु संलग्न थिए। दुवै सुन्नी मुस्लिम विद्रोही संगठन हुन्। तर तालिबानको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

तालिबानले २८ जना सरकार समर्थित विद्रोही समूहका सदस्य मारिदिएको दाबी गरेको छ। सार-ए-पोल प्रान्तका प्रशासकका अनुसार हिंसात्मक आक्रमणमा अफगानिस्तान सरकारका सात सुरक्षाकर्मी र केही विद्रोही पनि मारिएका छन्।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले एक वक्तव्यमार्फत आक्रमणको भर्त्सना गरेका छन्।

उनले भने, "अपराधी आतंकवादीहरुले फेरी गैरसैनिक, महिला र बालबालिकाको हत्या गरेका छन्। यो अमानवीय कार्य हो र मानव अधिकार र युद्ध अपराध कानूनको ठाडो उल्लङ्घन हो।"

हालैका महिनामा अफगानिस्तानमा हिंसा बढी रहेको छ। राष्ट्रसंघका अनुसार सन् २०१७ को पछिल्लो छ महिनामा १,६६२ जना गैरसैनिक व्यक्तिको ज्यान गइसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved