७ जनासँग  कतारी राजकुमारी रंगेहात पक्राउ, ५० करोड युरो  प्रस्ताव 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2016 | 03:55:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटेलमा ७ जनासंग शारीरिक संबंध राख्दै गर्दा रंगे हात पक्राउ परेकी छिन् । लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दुतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन्  । तर अखवारले रकम अस्विकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।  

 

 ब्रिटेन र स्कटल्याण्डका  सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई रंगे हात भेटेको जनाईएको छ। राजकुमारीले आफ्नो उदेश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् । तर सुरक्षाकर्मिले  आपराधिक आरोप लागेका व्यक्तिहरुसंग  शारीरिक संबंध राख्नु गैरकानूनी भएको बताएका छन्। 

प्रहरीले राजकुमारी बसेको होटेलमा केहि संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो ।  राजकुमारीले गैर कानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् । राजकुमारी पूर्व प्रधानमंत्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन्  ।

 राजकुमारीले मध्यस्थ मार्फत असाधारण शारीरिक शक्ति भएका तथा   सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यस वापत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटना बारे कतारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved