मोहम्मद अज्मत अलि     Aug 08, 2017 | 07:46:10 PM


tansen

चीनको सिचुआन प्रान्तमा भूकम्प गएको छ। आज मंगलबार स्थानीय समय अनुसार ७ बजेट १९ मिनेट जाँदा ७ रेक्टर स्केलको भूकम्प गएको चीन भूकंप सञ्जाल केन्द्रले जनाएको छ। 

भूकम्पको इपिसेन्टर जिउझाइगाओ नजिकको समुन्द्री सतहदेखी २० किलोमिटर गहिराईमा रहेको चीन भूकंप सञ्जाल केन्द्लाई उदृत गर्दै चाइनाडेली डटकमले समाचार लेखेको छ। भूकम्पको केन्द्रविन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको जनाइएको छ।  

पर्यायजसो भूकम्प गईरहने उक्त क्षेत्रमा गएको भूकम्पले के कती क्षति भएको छ भन्नेबारे यकिन जानकारी आइनसकेको बताइएको छ।सिचुआन प्रान्तको वेनचुवानमा सन २००८ मा गएको बिनाशकारी भूकम्पमा परि करिब ७० हजारको मृत्यु भएको थियो। शानदार झरना र कार्स्ट संरचनाहरूले सजिएको जिउजहाईगो राष्ट्रिय पार्क हो। त्यहाँ बर्षेनी लाखौँ पर्यटक घुम्न जानेगर्छन।           

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief