'चिनियाँ समान बहिष्कारले चीन-भारत दुवैलाई बेफाइदा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 08:41:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र चीनबीच केही सातायता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिष्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत)लाई क्षति हुने सोमबार भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तनाव जारी रहेका समय भारतीय राष्ट्रवादी शक्ति तथा केही संघसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिष्कार गर्न आग्रह गरेपछि सञ्चारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन् । गत जुन १८ गते चीन-भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डाकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो ।

यसै विषयलाई लिएर गरिएको बहिष्कारलाई भारतीय दैनिक पत्रिका 'न्यु इन्डियन डेली'ले 'आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान' भनी आफ्नो सोमबारको अंकमा आलोचना गरेको छ । भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिष्कारको) नीतिले चीनमाथि दबाव पर्छ भन्ने कुरा 'गलत' सोचमात्र भएको र 'यसले भारतलाई क्षति पुग्ने' जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ ।

चिनियाँ भन्सार कार्यालयको तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्ब ३२ करोड अमेरिकी डलर रहेको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्ब २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ ।

तर गतवर्ष भारतबाट चीनतर्फ ११ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र त्यस वर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्ब ५६ करोड अमेरिकी डलर रहेको छ । भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ । -रासस/सिन्ह्वा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved