साउदीया एयरलाइन्समा ‘ड्रेस कोड’ लागू, अंग देखिने गरि पातलो वा टाइट कपडा लगाउन नपाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 11:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदीया एयरलाइन्सले आफ्ना यात्रुका लागि ड्रेस कोड लागू गरेको छ। ड्रेस कोडको उल्लङ्घन गर्ने यात्रूलाई उडानमा रोक लगाउन सकिने तथा बिमानबाट उतार्न सकिने साउदिया एयरलायन्सले जनाएको छ। 

आफ्नो वेबसाइटमामा ड्रेस कोडबारे उल्लेख गर्दै साउदियाले लेखेको छ, 'अन्य यात्रूलाई असर पार्ने पोशाक, महिलाले आफ्नो खुट्टा,शरीर देखिने, पातलो वा टाइट कपडा लगाएको अवस्थामा त्यस्ता यात्रुलाई उडानमा रोक लगाइनेछ।'  साउदियाको एयरलाइन्समा यस अघि नै अल्कोहल सेवनमा समेत बन्देज लगाइएको छ। 

बिश्वका मुस्लिम बाहुल्य राष्ट्र मध्यको एक साउदीले सुन्नी इस्लामको वहाबिजमलाई पछ्याउने गर्दछ। साउदिया एयरलाइन्स साउदी अरबको राष्ट्रिय ध्वजाबाहक विमान हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved