जापानमाथिको आकाश हुदै उडेको १,०६५ सेकेण्डपछि अमेरिकामा रकेट आक्रमण : उत्तर कोरिया

यहि साता भित्र आक्रमण योजना
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 12:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ-१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रशान्त महासागरमा रहेको गुआम टापुभन्दा लगभग ३० किलोमिटर नजिकै समुद्रमा खस्नेछन्।

बिबिसीका अनुसार अबको एक साताभित्र तयार हुने भनिएको सो योजनालाई राष्ट्रपति किम जोङ-अनले स्वीकृत गर्नु पर्नेछ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले सेना प्रमुख जनरल किम राक ग्योमलाई उद्धृत गर्दै भनेको छ, "कोरियाली सेना 'केपीए'ले प्रहार गर्ने ह्वासोङ-१२ रकेटहरु जापानको शिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकास काटेर जानेछन्।"

"ती रकेट ३,३५६.७ किलोमिटर उडेर १,०६५ सेकेण्डपछि गुआमदेखि ३०-४० किलोमिटर परको पानीमा खस्नेछन्।"ह्वासोङ् क्षेप्यास्त्र उत्तर कोरियाले आफैं बनाएको मध्य र लामो दूरीसम्म मार हान्न सक्ने हतियार हुन्।

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उत्तर कोरियाविरुद्ध "भीषण आक्रमण" गर्ने चेतावनीलाई "ठोस कारण बिनाको" अभिव्यक्ती भनेको छ।

अमेरिकाले चाहिँ उत्तर कोरियाका क्रियाकलापले उस्को "शासन-सत्ता नै समाप्त" पारिदिन सक्ने चेतावनी दिएको छ।

अमेरिकी रक्षा मन्त्री जीम माटिसले प्योङयाङ र मित्रशक्ति सहितको अमेरिकाबीच सैन्यशक्तिका हिसावले कुनै तुलना हुन नसक्ने बताएका छन्।

उनले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिंदै अन्यथा उत्तर कोरियाको शासन-सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved