छोरालाई बिश्वास गर्दा फुटपाथमा पुगे यी भारतीय अर्बपति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 02:39:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रमुख उद्योगपती मध्य एक मानिने विजयपत सिन्घानिया बेघर भएका छन। प्रख्यात ब्यापारिक समुह 'रेमण्ड' का पुर्वमालिक बिजयपतले आफ्नो सम्पूर्ण सम्पती छोरालाई दिएपछी उनको यस्तो अवस्था आएको हो। 

बिजयपतले आफ्ना छोरा गौतमको नाममा सारा सम्पत्तिको स्वामित्व सुम्पिएपछि कष्टकर जीवन बिताउन बाध्य हुनु परेको भारतीय संचार माध्यमले जनाएका छन।   

रेमन्ड समूहसहित विजयपत सिंहानियाको सम्पूर्ण सम्पत्ति उनका छोरा गौतमको नाममा छ। बिजतपत सिंहानियाले १ हजार करोडको बराबरको सम्पती छोरालाई सुम्पिएपश्चात उनि यो अवस्था आइपुगेका हुन।

केही अघि विजयपतले नै गौतमको नाममा सम्पूर्ण सम्पत्ति पास गरिदिएका हुन् । तर गौतमले पिताका लागि खर्चको प्रवन्धसमेत गर्न छोडेपछि पारिवारिक विवाद सार्वजनिक भएको हो ।

कुनै बेला महँगो घर चड्ने र आलिसान बंगलामा बस्ने बिजयपत अहिले पदैल गल्लि गल्ली हिड्न बाध्य हुनु परेको छ भने सामान्य खर्चको रकम जोहो गर्नु समेत नसक्ने अवस्थामा पुगेका छन।  

विजयपतका वकिलले गौतमविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । ७८ बर्षिय विजयपतका साथ रहेको गाडी र चालकसमेत उनका छोरा गौतमले खोसेपछि विजयपतको दैनिक जीवन निकै कष्टकर भएको बताइएको छ । उनका लागि घर खर्चको प्रवन्धसमेत छोराले गरेका छैनन् । हाल विजयपतले दक्षिण मुम्बईको ग्रेण्ड पराडी सोशाइटीमा एउटा घर भाडामा लिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved