शक्तिशाली भूकम्पपछि आधा दर्जन परकम्प,२१ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 01:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

 

इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाए अनुसार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समय अनुसार बिहान ३: ३६ बजे भूकम्प गएको हो ।

त्यसपछि ७ पटक परकम्प महशुश भएको सिएनएनले जनाएको छ । भूकम्पका कारण ३० सेकेन्डसम्म भवनहरु हल्लिएको बताईएको छ । भूकम्पको केन्द्र बिन्दु १० किलोमिटर मुनि रहेको थियो ।

 भूकम्पले सबै भन्दा क्षति बढी क्षति एमाट्रिस शहरमा भएको बताईएको छ । त्यहाँका अधिकांश भवनहरु भग्नावशेषमा परिणत् भएका छन् । त्यहाका मेयरले 'शहर नै बाँकी नरेहेको' प्रतिक्रिया दिएका थिए । अझै भग्नावशेषमा मुनि अनगिन्ती मानिसहरु फसेका र तिनको उद्दार जारी राखिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved