भारतको हिमान्चल प्रदेशमा पहिरोले यात्रु बस बगाउदा ५० बढी मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 10:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको हिमान्चल प्रदेश राज्यमा पहिरोले केहि सवारीसाधन बगाउंदा ५० जना भन्दा बढीको मृत्यु भएको छ । हिमाचल प्रदेशको मंडी जिल्लामा आइतबार राती रोकि राखेको २ बस सहित केहि साना सवारीसाधन माथिबाट खसेको पहिरोले बगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।  

टाइम्स अफ इन्डियाका अनुसार स्थानीय समय १२:२४ बजे नास्ताको लागि बस रोकेको बेलामा पहाड नै खसेर गाडीहरु बगाएको हो । पहिरोले पुरिएर अझै केहि बेपत्ता भएको बताईएको छ  । पुरिएको बस हिमाचल सड़क परिवहन निगमको थिए ।

दुर्घटमा परेको बस मध्ये एक बस मनाली र अर्को बस जम्बु जादै थिए । 


नेपाल जस्तै यतिबेला भारत पनि बाढी र पहिरोले ग्रसित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved