रेष्टुरेन्टमा बन्दुकधारीको आक्रमण, १७ को हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 12:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ । आइतबार साँझ सो घटना भएको थियो । उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ । बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । 


आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो । तर आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन । 

सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । आक्रमणमा संलग्नको पहिचान पनि नखुलेको बताइएको छ । सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी ३० जनाको ज्यान गएको छ । रासस÷सिन्ह्वा 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved