सियरा लिओनको पहिरोमा ३ सयभन्दा बढी व्यक्तिको मृत्यु, कैयौं बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 08:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सियरा लिओनमा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार (आज) ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाएअनुसार सोमबार (आज) साँझ समाचार तयार पार्दासम्म ३१२ जनाको मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्‍याइएको छ ।

सियरा लिओनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् ।

व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाए । पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको छ, फोहले बताए ।

घटनामा थुप्रै अन्य मानिस परेको हुनसक्ने जनाइएको छ ।पहिरोबाट ३०० भन्दा बढी लासहरू उद्धार गरी कोन्नाट अस्पतालको मूर्दा घरमा पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ ।

उद्वारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सियरा लिओनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ ।घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका बेला घरभित्र पुरिएका थिए । रासस/ एएफपी /एपी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved