सतह मै देखियो भारत चीन विवाद, २ देशका सुरक्षाकर्मीबीच सीमामा झडप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 03:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank पश्चिमी हिमाली क्षेत्रस्थित एक विवादित सीमा भूभागमा भारतीय र चिनियाँ सेनाको मूठभेड भएको भारतीय अधिकारीहरुले बताएका छन्। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया पीटिआईका अनुसार लद्दाखस्थित पांगोग ताल नजिकैको भारतीय भूभाग निर चिनियाँ सैनिकहरु छिर्ने कोशिश गरेपछि ढुंगा प्रहार गरिएको थियो जसका कारण दुवै पक्षका सैनिकलाई सामान्य चोटपटक लागेको थियो।

बेइजिङले आफ्नो सेना चिनियाँ भूभागभित्रै थियो भनेर बताएको छ।

चीन, भारत र भूटानको त्रिदेशीय सीमामा पर्ने डोक्लामलाई लिएर भारत र चीन टकरावको स्थितिमा छन्।

भारतीय सैन्य अधिकारीहरुलाई उद्भृत गर्दै पीटिआईले भनेको छ - पछिल्लो पटकको मूठभेडमा भारतले दाबी गरेका भूभागहरु र लद्दाख नजिकको क्षेत्रमा चिनियाँ सैनिकहरुलाई जबर्जस्ती प्रवेश गर्नबाट रोक्न भारतीय सैनिकहरुले

मानव साङ्लो बनाउनु परेको थियो।

ती भूभागहरु आफ्नो भएको चीनले दाबी गरेको छ।

एक भारतीय अधिकारीले यी विवरणहरुलाई उनले पुष्टि गर्न वा अस्वीकार गर्न नसक्ने तर "यस्ता घटनाहरु हुने गरेको" र 'यस्तो किसिमको घटना भएको यो पहिलो पटक नभएको' बताएका छन्।

चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भारतीय पक्षले तत्कालै र विना शर्त चिनियाँ भूमिबाट आफ्नो सबै सेना र उपकरणरु फिर्ता लैजानुपर्ने भनेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा भने भारत र चीनको सिमानामा रहेको वास्तविक नियन्त्रणको सीमारेखा वा लाईन अफ एक्चुअल कन्ट्रोल स्पष्ट र साझा रुपले खिंचिएको छैन भनेको छ।

यही कारणले भिन्नताहरुको स्थिति उत्पन्न भएको उसले बताएको छ।

सन् १९६२ मा भारत र चीनले सीमा विवादका कारण युद्ध लडेका थिए र कैयौ स्थानका विवाद सुल्झिन अझै बाँकी छन् जसका कारण समयसमयमा तनावहरु उत्पन्न भइरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved