बार्सिलोनामा आतंककारी हमला: १३ जनाको मृत्यु, कारबाहीमा पाँच संदिग्ध मारिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 08:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनको बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको क्याटालोना प्रान्तका गृहमन्त्रीले जनाएका छन्। प्रहरीले झण्डै १०० जना अन्य घाइते भएको जनाएका छन्। प्रहरीले बिहीबार अपरान्ह गरिएको सो हमलाको सिलसिलामा एकजनालाई पक्राउ गरिएको बताएका छन्। प्रहरीले सो हमला 'एक आतंककारी घटना' भएको बताए।

प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन्। उनी मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताइएको छ।

प्रहरीले मानिसहरुलाई लास राम्बलास क्षेत्रबाट टाढै रहन अपील गरेका छन्। प्रत्यक्षदर्शीहरुले सुरक्षाकालागि मानिसहरु नजीकैका क्याफे तथा पसलहरुभित्र पसेको आफुहरुले देखेको बताए।

स्थानीय भूमिगत यातायात सन्जाल तथा रेलवे स्टेशनहरु बन्द गरिएको छ।

एल पायस समाचारपत्रले भ्यानलाई लगेर मानिसहरुमाथि ठोक्काएपछि भ्यानको चालक पैदलै भागेको जनाएको छ। यसअघि युरोपका विभिन्न शहरहरु तथा लण्डनमा पनि इस्लामिक उग्रवादीहरुले सडकमा मानिसहरुमाथि मोटर लगेर जोताएका घटनाहरु भएका थिए।

स्पेनको प्रहरीले क्याम्ब्रिल्समा उनीहरुकै शब्दमा बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्न चारजना मारेको जनाएको छ। प्रहरीले मानिसहरुलाई सडकमा नआउन चेतावनी दिएको छ। बार्सिलोनाको मिडियाले बन्दरगाहतिरबाट गोलीको आवाज आएको जनाएको छ।

त्यसअघि बार्सिलोनाको लस र्याम्ब्लस क्षेत्रमा बिहीबार दिउसो भएको आक्रमणमा कम्तीमा तेह्र जना मारिएका र दर्जनौं घाइते भएका थिए। 

एउटा विशाल प्रहरी कारवाहीमा गोलीप्रहार भएको र पाँचजना संदिग्ध आतंककारीहरु मारिएको अधिकारीहरुले बताएका छन्। संदिग्ध आतंककारीहरुले आत्मघाती जस्तो देखिने पेटि बाँधेको अधिकारीहरुले बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved