इटाली भूकम्प : मृत्यु हुनेको संख्या २ सय ६० नाघ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 26, 2016 | 10:54:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या बिहीबार करिब २६० नाघेको छ । उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि कैयौँ व्यक्ति पुरिएर रहेका छन् । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि तर धनजनको क्षतिको पूर्ण विवरण आइसकेको छैन । 



अमात्रिसमा मात्र २ सयभन्दा बढी व्यक्तिको मृत्यु त्यहाँ मेयर सर्गीओ पिरोजीले बताएका छन् । इटालीको अमात्रिसको गाउँको जनसङ्ख्या करिब २ हजार ५ सय मात्र रहेको भएता पनि भूकम्पले अति प्रभावित यस इकालामा पाहुनाहरू रहेका बताइएको छ । अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपक्ता भएका छन् । 

बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको हुनाले हताहत हुने व्यक्तिहरू सङ्ख्या बढी भएको बताइएको छ । सो भूकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । 

इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved