नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2017 | 02:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी अमेरिकाको इतिहासमा अहिले सम्मकै ठुलो मुल्यको चिठ्ठा जित्ने महिलाले करिब ७५ अर्ब ८७ करोडको पुरस्कार हात पारेपश्चात जागिर छोडेकी छिन। 

५३ बर्षिय माविस वाकजिक दुई सन्तानकी आमा हुन। उनले म्यानसेचुसेट्सको शिकोपीमा एक पेट्रोल स्टेशनबाट टिकट खरिद गरेकी थिइन। माविसले चिठ्ठा जिते पश्चात आफुले जागिर छोडेको प्रतिक्रिया दिएकी छिन। उनको भाग्यमानी नम्बर ६,७,१६,२३,२६ र ४ थियो। 

यस अघि गत जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १ खर्ब ७४ अर्ब को चिठ्ठा निकालिएको थियो। यो राशी तीन टिकट धारकबीच बाडिएको थियो।  

म्यानसेचुसेट्स स्टेट चिठ्ठाले बुधबार राती टिकटहरुको ड्रा निकालेको थियो। चिठ्ठा जितेकोमा माविसले भनेकी छिन,'पहिलो काम जुन म गर्न चाहन्छु त्यो हो घरमा बस्ने अनि आराम गर्ने। मेरो यो सपना थियो जुन पुरा भएको छ।'

माविसले आफुले आफ्नो नातेदारको जन्मदिनको आधारमा चिठ्ठा नम्बर छनौट गरेको बताएकी छिन। उनले भनिन,'मैले ३२ बर्ष सम्म मेडिकल सेन्टरमा जागिर गरे। मैले उनीहरुलाई अबदेखि काममा नआउने जानकारी गराएको छु। अब म बिस्तारामा रहीरहनेछु।' 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved