शिब धिताल/बिजपाटी     Aug 26, 2017 | 06:47:54 PM


tansen

चीन सरकारले आउँदो सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैर कानुनी कोइला खानी बन्द गर्ने भएको छ । कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सन् २०१६ देखि नै सुरु गरिएको अधिकारीहरुले बताएका छन् । 

सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हुँदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ ।

अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गर्ने, सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्र बनाउने, मजदुरहरुको सुरक्षाका मापदण्ड बनाउनेलगायतका कार्य गरिने भएको छ । कोइलाखानीमा उद्धार टोली पुनःगठन गर्ने र अनुसन्धानबाट प्राप्त विवरणलाई सार्वजनिक गरी सुधार गराउने कार्य पनि गर्ने अधिकारीले बताएका छन् । 

चीनले कार्यक्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागि निकै महत्व दिएको छ । गत जनवरीदेखि जुलाइसम्ममा २७ हजार ४७८ वटा दुर्घटना गएको अधिकारीले बताएका छन् । 


Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital