टर्यो युद्दको खतरा, डोकलामबाट सेना हटाउन भारत र चीन तयार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 12:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र चीनबीच पछिल्लो केहि महिना यता डोकलाममा जारी विवाद हल गर्न त्यहाँ तैनाथ दुवै देशका सैनिक हटाउने समझदारी बनेको छ। भारतीय विदेशमन्त्रालयका अनुसार दुवै देश डोकलामबाट सैनिक हटाउन तयार भएका छन्। भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, "हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ। यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ।"

सीमा विवादलाई लिएर हालैका केहि महिनामा भारत र चीनबीच तनावको वातावरण चलिरहेको थियो। दुई देशले सन् १९६२ मा सीमा विवादकै कारण युद्ध समेत गरेका थिए र अहिले पनि सीमा विवाद देखिने वितिक्कै दुई देशबीच तनावको वातावरण बन्ने गर्छ।

गएको मे महिनामा डोकलामलाई लिएर शुरु भएको तनावका मझ चीनले सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको थियो। उसले भारतलाई आफ्ना सैनिक फिर्ता गर्न भन्दै आएको थियो। भुटानसँग सीमा जोडिएको भारतको उत्तर पूर्वमा अवस्थित सिक्किमको नजिकै पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो।

उक्त क्षेत्रलाई भारतमा डोकलाम र चीनमा डोंगलोंग भन्ने गरिन्छ। भुटान र चीन दुवैले उक्त इलाकालाई आफ्नो भनेर दाबी गर्छन्। भारतले भुटानले डोकलाममाथि प्रस्तुत गरेको दाबीलाई समर्थन गर्दै आएको छ। भारतले उक्त सडकको निर्माण पुरा भएको आफ्नो उत्तर पूर्वी क्षेत्र जोड्ने २० किलोमीटर चौडा 'चिकेन्स नेक' भनिने कुखुराको घाँटी आकारको क्षेत्रमा चीनको पहुँच बढ्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ। 'सेभन सिस्टर्स' पनि भनिने उक्त क्षेत्र भारतका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण मान्ने गरिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved