12 Dec, 2017 | २६ मंसिर २०७४ | मङ्गलवार


Bizpati Reporter

Follow us on

नियमनको दायरामा ढिलो आएपनि कमोडीटि बजारले शतप्रतिशत राजश्व तिरेको छ, नीरव पुडासैनीसंगको अन्तर्वार्ता

कमोडीटि बजार सबैका लागि होइन

Posted on:November 16, 2017

बस्तु विनिमय बजारसम्बन्धि बिधेयक राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा प्रमाणीकरण भएसंगै १० बर्षपछि कमोडीटि बजार नियमनको दायरामा आएको छ। अहिलेसम्म नेपाल स्टक एक्सचेन्जको नियमन गर्ने जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्डलाई वस्तु बजारको समेत नियामकको रुपमा तोकेको छ।

राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएको ९१ दिनपछि विधेयक कार्यान्वयनमा आउने छ। धितोपत्र बोर्डले मङ्सिर १३ गतेसम्म यस सम्बन्धि बिधेयक कार्यन्वयनमा ल्याइसक्नु पर्नेछ। यसका लागि बोर्डले बस्तु विनिमय बजार सम्बन्धी प्रस्तावित नियमावली पेश गरेको छ। 

बोर्डद्वारा प्रस्तावित नियमावलीमा भएका व्यवस्थाले कमोडीटि बजारमा पर्ने असर, बस्तु बजारको अहिलेको अवस्था र बोर्डले नियमावलीमा समावेश गर्नु पर्ने व्यवस्थाबारे हिमालयन क्लियरिङ कर्पोरेशनका निर्देशक तथा क्यापिटल मार्केटका विश्लेषक निरब पुडासैनीसंग बिजपाटिका मोहम्मद अज्मत अलिले गरेको कुराकानीको सम्पादित अंश:

बस्तु विनिमय बजारको अहिलेको अवस्था के हो ? 

बस्तु विनिमय बजारले झन्डै एक दशक पछि अभिभाबक पाएको अवस्था हो। यी १० बर्षको अवधिमा नेपालमा ७ वट कमोडिटी एक्सेन्चज दर्ता भएका छन। त्यस्तै २०० जति ब्रोकरहरु दर्ता छन। दर्ता भएका कमोडिटी एक्सेन्चज मध्ये ३ वटा जति सक्रिय छन भने २०० ब्रोकरमा १०० को हाराहारीमा सक्रिय छन। 

जस्तो यहाँ हिमालयन क्लियरिङ हाउसमा हुनुहुन्छ, तपाई अन्तर्गतको ब्रोकरको अवस्था के छ ?

हामि अन्तर्गत १२० वटा जति ब्रोकर दर्ता छन। ति मध्य ६५ वटा ब्रोकरले दैनिक रुपमा कारोबार गरिरहेका छन। क्लियरिङको हकमा अहिले एउटा मात्र छ। मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड। यहि अन्तर्गत हिमालयन क्लियरिङ हाउस छ। जसले सेटलमेन्ट र क्लियरिङको काम गर्छ। हामीले सफ्टवेयर, सेवा सम्बन्धमा पूर्ण रुपमा काम गरिरहेका छौं। त्यसमा पनि ब्रोकर र ग्राहकहरुलाई २४ सै घण्टा सेवा दिरहेका छौं। त्यस्तै ८-१० वटा व्यक्तिगत मार्केट मेकर छन। उनीहरुबाट नपुगेको लिक्वीडीटि हामीले उपलब्ध गराउछौं। 

नियमनको दायरा बिना नै कमोडोटी बजार १० बर्ष देखि चल्दै आएको छ, कहाँ दर्ता भएर काम भएको थियो र राजश्व तिर्ने जस्ता काम कसरी भईरहेका थिए ? 

बस्तु बिनिमय बजारका सरोकारवाला क्लियरिङ, एक्सचेन्ज र ब्रोकरहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छन्। सबैले भ्याटमा नै कारोबार गर्छन र सबैसंग भ्याट नम्बर छ। कमिसन बस्तु अनुसार फरक हुन्छ। स्टक एक्सचेन्जमा प्रतिशतका आधारमा हुन्छ भने बस्तु विनिमय बजारमा कमिशन फ्ल्यागको आधारमा हुन्छ। यहाँ १७-१८ वटा कमोडीटिलाई २४-२५ वटा कन्ट्रयाकमा ढालेका छौं। 

नियमन निकाय नभएपनि कमोडीटि बजारबाट नियम संगतबाट कर उठिरहेको छ र राज्यलाई शतप्रतिशत कर तिरिरहेका छौं भन्ने आत्मविश्वास छ हामिसंग। राज्यलाई तिर्नुपर्ने राजश्वमा एक पैसा छली भएको छैन। 


स्टक एक्सचेन्जमा प्रतिशतका आधारमा हुन्छ भने बस्तु विनिमय बजारमा कमिशन फ्ल्यागको आधारमा हुन्छ

राजश्व त शतप्रतिशत तिर्नुभएको होला तर क्यापिटल गेनको हिसाब कसरी भैरहेको छ अहिलेसम्म ?

नियमनको अभाबमा अन्य केहि कुरामा कमि कमजोरी रह्यो होला त्यसमा हामि सहमत छौं तर राजश्वको हकमा भने म दाबाका साथ भन्छु कि कुनै कमि भएको छैन। जहाँसम्म क्यापिटल गेनको कुरा छ। नियमन निकाय भएको भए त्यसको पनि उचित रुपमा नै व्यवस्थापन हुन्थ्यो भन्ने हाम्रो धारणा हो। यहाँ त क्यापिटल गेन तिर्ने कुरामा राज्यसंग न कुनै नीति छ न कुनै पद्दति। कहाँ गएर तिर्ने ? अब अबिभाबक पाएका छौँ यस सम्बन्धमा पनि अवश्य सम्बोधन हुनेछ। तर आजका दिनसम्म हरेक महिनाको अन्तिममा आम्दानीको फ्ल्याग टिडीएस तिरिरहेका छौं।

न्युनतम मापदण्ड पुरा नगरी ब्रोकरहरु खुले भनिएको छ, अहिले भईरहेका ब्रोकर र क्लियरिङको हाउसको  चुक्ता पुंजी र अन्य आर्थिक अवस्था कस्तो छ ? 

सुरुका दिनमा  अर्थात २०१०-१२ तिरसम्म ब्रोकरहरुको २५ लाख पुंजी भन्दा तल भए हामीले अस्विकार गर्थ्यौं। उनीहरुले हामीले भनेको सिस्टम अनुसार परिक्षा पास गरेर  न्युनतम चुक्ता पुंजीको मापदण्ड पुरागरेपछि ब्रोकर लाइसेन्स पाउथे। तर सन २०१३ तिर आईपुग्दा यहाँ क्लियरिङ र एक्सचेन्ज हाउस स्थापना हुने क्रम बढ्यो र त्यहि अनुसार ब्रोकरको संख्या पनि बढ्यो। त्यहाँनेर न चुक्ता पुंजीको मापदण्ड तोकियो न त अन्य प्रक्रिया बलियो बनाइयो। त्यस्तो समयमा पनि हामीले आफ्नो सिस्टम अनुसार परिक्षा पास गरेपछि मात्र लाइसेन्स दिने प्राबधान राखेका थियौं तर बढ्दो प्रतिस्पर्धाका कारण चुक्ता पुंजीमा सम्झौता भएको हो। 

त्यसैले यो उद्योगमा अहिले ५ लाख देखि ५० लाखसम्म चुक्ता पुंजी भएका ब्रोकरहरु छन। त्यस्तै एक्सचेन्जको हकमा ३ करोडसम्म चुक्ता पुंजी छ।

 

यो उद्योगमा अहिले ५ लाख देखि ५० लाखसम्म चुक्ता पुंजी भएका ब्रोकरहरु छन। त्यस्तै एक्सचेन्जको हकमा ३ करोडसम्म चुक्ता पुंजी छ। 

५ लाख चुक्ता पुंजी भएका ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको २ करोड पुर्याएर यहि बजारमा टिक्लान ? 

यो कुरालाई हामीले पनि बुझाउने प्रयास गरिरहेका छौं। हामी स्टक एक्सचेन्जका ब्रोकरहरुको चुक्ता पुंजी २ करोड नपुगेको अवस्थामा बस्तु बजारका ब्रोकरहरुलाई २ करोड किन चाहियो भन्ने कुराको जवाफ चाहन्छौं। 

मानौं ब्रोकर तयार छन चुक्ता पुंजी २ करोड पुर्याउन। ल हामीले हामीसंग भएका ६० वटा क्रिम ब्रोकरहरुलाई चुक्ता पुंजी २ करोड पुर्याउन भन्यौं तर उनीहरुले के को लागि २ करोड पुर्याउने भन्ने कुराको जवाफ त चाहियो। उनीहरुले आफ्नो २ करोड कहाँ लगानी गर्ने । यत्तिकै फ्रिज राख्ने कि केहि लगानी गर्न पाउने ? यो कुराको उत्तर स्पष्ट हुनुपर्यो। 

बैंकमा लगेर थुपार्नका लागि मात्र २ करोड चुक्ता पुंजी चाहिने हो या उनीहरुले अरु नै क्षेत्रमा लगानी गर्न पाउने हो। अहिलेको हाम्रो स्टक्चर अनुसार ब्रोकरको कार्यविधिलाई तलमाथि गर्नुपर्छ भन्नेमा हामि छैनौँ। भारतको बजारलाई हेरेर यहाँको ब्रोकरलाई चुक्ता पुंजी बढाउँ पर्यो भन्नु 'लजिकल' हुँदैन ।

अर्को कुरा धितोपत्र बोर्डले आफ्नो कार्यबिधिमा बैंकिङ च्यानल मार्फत कारोबार गर्नुपर्छ भनेको छ। तर अहिलेको अवस्थामा बैंकिङ च्यानलबाट गर्ने चिज एक्सचेन्ज र क्लियरिङ हाउसले होल्ड गर्न सक्ने सेग्रीगेट खातामा जम्मा हुन्छ भने देखि उनीहरुलाई केहि अधिकार त हुनुपर्यो। 

ठिक छ उनिहरुको २ करोड चुक्ता पुंजी जस्टिफाई हुनेगरी लगानी गर्न पाउने पाउने क्षेत्रको बिकास हुन्छ वा उनीहरुले पनि शेयर ब्रोकरको काम गर्न पाउने अवस्था आउँछ वा कुनै त्यस्तो क्षेत्र जहा उनीहरुको पुंजी जस्टिफाई हुन्छ भने धितोपत्र बोर्डले तोकेको चुक्ता पुंजी २ करोड ठिक छ अन्त्यथा यो ठिक छैन।


पुंजी जस्टिफाई हुन्छ भने धितोपत्र बोर्डले तोकेको चुक्ता पुंजी २ करोड ठिक छ अन्त्यथा यो ठिक छैन।

२ करोड चुक्ता पुंजी जस्टिफाई भए यो व्यवस्था ठिक छ अन्यथा ठिक छैन भन्न खोज्नु भएको हो ?

हो, जस्टिफाई हुन नसके चुक्ता पुंजी २५ देखि ५० लाखको रेन्जमा नै ठिक छ।

बस्तु विनिमय बजार सम्बन्धि प्रस्तावित नियमावलीबारे तपाईको धारणा के छ ? 

प्रस्तावित नियमावलीमा सेबोनले सेवा शुल्कको बारेमा बोलिदिएको भए हामिलाई आफ्नो धारणा दिन सहज हुन्थ्यो भन्ने हो। सेबोनले लिने कमिशन कहाँबाट कति र कसरी लिने हो भन्ने केहि भएको भए हुन्थ्यो भन्ने हो। 

अर्को कुरा नियमन आएको भोलिपल्ट लाइसेन्स लिएर कारोबार गर्ने हो या कारोबार गरिरहेर लाइसेन्स लिने हो त्यसबारेमा पनि केहि स्पष्ट छैन। त्यस सम्बन्धमा केहि बोलिदिएको भए सहज हुन्थ्यो हामीलाई आफ्नो सुझाब दिन। लाइसेन्स लिएर शुन्यबाट सुरु गर्ने हो या अहिलेको लाइसेन्सलाई नै निरन्तरता दिने हो त्यो पनि स्पष्ट छैन। 

लाइसेन्स लिएको ६ महिना भित्र पुर्वधार तयार गर्नुपर्छ भनिएको छ। तर लाइसेन्स लिन पनि त प्रक्रिया त हुन्छ। यदि लाइसेन्स लिन नै ६ महिना लाग्ने हो या लाइसेन्स लिएको भोलिपल्ट बाट नै कारोबार गर्न पाउने हो। यो बारे स्पष्ट धारणा बाहिर आएको भए हामीलाई पनि त्यहि अनुसार व्यवस्थापन गर्न सजिलो हुन्थ्यो।

एक्सचेन्जलाई ५० करोड चुक्ता पुंजी तोकिएको छ, कतिवटा एक्सचेन्ज रहलान ? 

यस सम्बन्धमा हामीले केहि नबोल्दा नै ठिक हुन्छ। नियमन निकायले नै यो बारे केहि गर्न नसक्ने भएपछि मेरो भनाई भनेको जसले ५० करोड पुर्याउँछ उ बस्छ। जसले पुर्याउँदैन उ जान्छ। 

बस्तु विनिमय बजारलाई सर्वसाधारणको पहुँचमा पुर्याउन के गर्नुपर्छ ? 

हेर्नुस, हामीले बुझ्नुपर्ने कुरा के हो भने कमोडीटि बजार सबैका लागि होइन। १ करोड लगानी गरेर साथमा ५ करोड जगेडा राख्न सक्नेका लागि यो बजार हो। यहाँ मार्जिन कल आयो भने तिर्न सक्ने हैसियत हुनुपर्छ। त्यस्तो हुन नसक्दा भएको लगानी पनि शुन्य हुन्छ। त्यसैले ट्रेड गर्नका लागि यो बजार सबैका लागि होइन। 

हो, यदि राज्यले कृषि पैदावार बजारलाई बढावा दिन्छ र त्यसलाई प्रोत्सहान गर्छ भने यो बजार सर्वसाधारणको पहुँचमा पुग्छ। गोदाममा भएका किसानका उत्पादनमा ट्रेडरले कारोबार गर्छन। तर राज्यले गोदामसम्म किसानको उत्पादन पुर्याईदिने भूमिका त निभाउन पर्यो। यसो हुँदा किसानको पहुँचमा बस्तु बजार पुग्छ। किसानको उत्पादनको सुरक्षा दिन बिमा कम्पनी पुग्छन। त्यहाँ वित्तीय सुविधा दिन बैंकहरु पुग्छन। यसका लागि जबसम्म राज्यले बलियो साथ दिंदैन, हामि आफै मात्र कृषि पैदावार बजारसम्म पुग्न सक्दैनौं। 


हेर्नुस, हामीले बुझ्नुपर्ने कुरा के हो भने कमोडीटि बजार सबैका लागि होइन। १ करोड लगानी गरेर साथमा ५ करोड जगेडा राख्न सक्नेका लागि यो बजार हो। 

अर्थतन्त्रमा बस्तु बजारले दिएको योगदान के हो ?

राज्यलाई भारि मात्रामा राजश्व तिरी रहेको छ। त्यो पहिलो ठुलो उपलब्धि हो। त्यस्तै यस क्षेत्रमा ४ हजार हाराहारीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार पाएका छन। र भोलिका दिनमा क्यापिटल मार्केटको मार्केट क्यापिटललाइजेशन गर्न समेत ठुलो मद्दत हुन्छ। शेयर बजार र बस्तु बजार एक अर्कासंग सम्बन्धित भएकाले भोलिका दिनमा क्यापिटल मार्केटमा लगानी गर्नेहरुका लागि पुंजीबजार र बस्तु बजार बिकल्प बन्न सक्छ।




Share your thoughts!

Loading...

Trending