एकेडेमिक र प्राक्टिकललाई समान महत्व दिएकैलै युनिग्लोबमा आकर्षण बढेको छ' (अन्तर्वार्ता)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 08:48:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को नतिजा प्रकाशित भईसकेको छ र बिद्यार्थीहरु उच्च शिक्षाका लागि बिभिन्न कलेज भ्रमण गर्न थालिसकेका छन। कुन बिषय कहाँ पढ्ने भन्ने कुरामा बिद्यार्थीहरु जति दोधारमा देखिन्छन, अभिभावकहरुलाई पनि आफ्ना सन्तानले चाहेको बिषय कहाँ पढाउने भन्ने हुन्छ।

यतिबेला भर्खरै १२ उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरि देश भित्रैका कलेजहरुले आफ्ना कार्यक्रमहरुको तिब्र प्रचार प्रसार गरिरहेका छन भने विदेशमै अध्ययन गर्न चाहनेहरुलाई आकर्षण गर्नका लागि कन्सल्टेन्सीहरुले समेत बिभिन्न स्किम ल्याएका छन। 

नेपाली बजारमै अन्तर्राष्ट्रिय स्तरदेखि सामान्य कलेजहरु छन। ती कलेजहरुमा सम्बन्धित बिषयबारे बुझ्न बिद्यार्थी तथा अभिभावकहरु जाने क्रम बढेको छ। यतिबेला बिद्यार्थीमा के पढ्ने कहाँ पढ्ने जस्ता बिषयहरुबारे धेरै प्रश्न र जिज्ञासा हुनेगर्छ। यहि बिषयलाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल डा.नरबहादुर बिष्टसंग कुराकानी गरेका छौँ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

यतिबेला अध्ययनका लागि विदेश जानेको ठुलो जमात छ, के नेपालको शैक्षिक स्तर खस्किएर विदेश पढ्न जानेको सङ्ख्या बढेको हो ?

पक्कै पनि अध्ययनका लागि विदेश जानेको संख्या दिनानुदिन बढिरहेको छ। तर त्यसको अर्थ नेपालको शैक्षिक स्तर घट्यो भन्ने होइन भन्ने मेरो बुझाई हो। अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने कलेज नेपालमै छन। विदेशका केहि कलेज र बिश्वबिद्यालयलाई छाडेर हेर्ने हो भने विदेशको भन्दा नेपालको पढाई उत्कृष्ट छ। नेपाल र भारतका कलेजहरु र यहाँहुने पढाई बिश्वमै राम्रा कहलिएका छन। त्यसैले यहाँको शैक्षिक स्तर घटेर विदेश जानेको संख्या बढेको होइन। 

मेरो बुझाइमा अध्ययनका लागि विदेश जानेको संख्या बढ्नुमा एउटा कारण देखासिकी हो। बिश्वब्यपिकरणको खुला जमानाको कारणले गर्दा एक ठाउँबाट अर्कोमा जान सजिलो छ। मानिसहरुमा पनि नयाँ वातावरणमा जाउँ, केहि नयाँ स्वाद लिउं भन्ने छ। त्यसमा पनि साथिभाई बाहिर गए म कहिले भन्ने सोच बढिरहेको छ। 

अर्को कुरा विदेशमा पढाईको साथमा कमाई पनि हुन्छ। यो पनि अर्को कारण हो। बाहिर पढ्दा आफै कमाउने आफैं पढ्ने हुन्छ। नेपालमा परिवारलाई पनि सजिलो हुन्छ। कमाई र पढाइ संगसंगै हुनेहुँदा बिद्यार्थीको बैदेशिक अध्ययनमा आकर्षण बढेको हो। 

कमाई र पढाइ संगसंगै हुनेहुँदा बिद्यार्थीको बैदेशिक अध्ययनमा आकर्षण बढेको हो। 

उनीहरुलाई अन्तराष्ट्रिय स्तरकै अनुभब सहितको शिक्षा दिन युनिग्लोब कलेजले के गरेको छ ?

युनिग्लोब कलेजले अन्तराष्ट्रिय एक्सपोजर नेपालमै राखेर उनीहरुबाटै अध्ययापन गराउदै आएका छौँ। हाम्रा बिद्यार्थीहरुले बिदेशी शिक्षकबाटै पढ्न पनि पाएका छन,  हाम्रा बिद्यार्थी विदेश जान्छन, त्यहाँका बिद्यार्थीहरु यहाँ आउंछन। उहाँहरुले पढाउने र हाम्रा नेपालकै शिक्षकहरुले पढाउने कुरामा धेरै अन्तर नै छैन। विदेशका केहि कलेजलाई छाडेर भन्ने हो भने यहाँको शिक्षा र नेपाली कलेजका पूर्वाधार धेरै राम्रा छन। 

अन्तराष्ट्रिय स्तरको शिक्षा लिनका लागि नै विदेश जानुपर्छ भन्ने छैन। त्यो सबै नेपालमै हाम्रै कलेजमा उपलब्ध छन। यहाँ विदेशमा जस्तो कमाई नहोला तर शिक्षाको गुणस्तरमा कुनै कमि नै छैन।

कहाँ के पढ्ने भन्ने कुरामा बिद्यार्थी जस्तै अभिभावकहरु पनि दोधारमा देखिन्छन, यतिबेला राम्रो कलेज कसरि रोज्ने ? 

सबैभन्दा पहिले बिद्यार्थीको रुची के छ त्यसलाई अभिभावकले बुझ्नुपर्छ। उनीहरुको रुची अनुसार नै उच्च शिक्षा हासिल गर्न दिनुपर्छ। उनीहरुले के पढ्ने भन्ने बिषय स्पष्ट भईसकेपछि अभिभावकहरुले त्यहि अनुसार कलेज रोज्नुपर्छ। 

बिद्यार्थीले चाहेको बिषय कुन कलेजमा राम्रो हुन्छ भन्ने कुरा अभिभावकले अलिकति मेहनत गर्नै पर्छ। कुन कलेजमा पढाई राम्रो छ त्यो पत्ता लगाउनुपर्छ। कुन राम्रो कलेज भन्नलाई त्यहाँको वर्तमान र पहिलेको व्यवस्थापन, त्यहाँका शिक्षकहरु, कलेजको वातावरण तथा कलेजमा पहिले पढेका बिद्यार्थीहरुबारे जानकारी लिनु राम्रो हुन्छ। बिद्यालयका संचालक कस्तो क्षेत्रका व्यक्तिहरु छन भन्ने कुराले पनि महत्व राख्छ। 

सर्टिफिकेट राम्रो हुनुपर्छ, बढी मार्क आउनुपर्छ भन्ने कुरा राम्रै हो तर मार्क्स मात्र राम्रो भएर उसको क्षमता वृद्धि हुने शिक्षा भएन भने 'शिक्षित बेरोजगार' को संख्या मात्र बढ्छ। पढाइसंगै त्यसलाई सपोर्ट गर्ने प्रयोगात्मक शिक्षा दिने कलेज रोज्नुपर्छ। पढाई र प्राक्टिकललाई समान महत्त्व दिने कलेज रोज्दा प्रतिस्पर्धी बजारमा टिक्न सकिन्छ। 

युनिग्लोब कलेजले दिने शिक्षा अरु भन्दा के कुराले उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरको छ ? किन बिद्यार्थीले यहीं पढ्नुपर्यो ?

अहिले बिश्वनै स्पेसिफ भएर चलेको छ। एक्लो संस्थाले सबै गर्छु भनेर सम्भव नै छैन। हामीले सुरुदेखि नै व्यवस्थापन संकायमा मात्र केन्द्रित हुँदै आएका छौँ। एकेडेमी शिक्षा सबैले दिंदै आएका छन तर हामीले एकेडेमिक शिक्षालाई प्रयोगात्मक बनाउन ठुलो मेहनत गरेका छौँ। हामीले एकेडेमिक र प्राक्टिकल दुवैलाई समान महत्त्व दिएका छौँ। अन्य भन्दा हामि ७ कारणले फरक र उत्कृष्ट छौं र यसैले पनि बिद्यार्थीमा हाम्रो कलेजको आकर्षण छ। 

पहिलो, हामीले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्छौं। बिबिए र एमबिएका बिद्यार्थीलाई हरेक बर्ष अन्तराष्ट्रिय सम्मेलन गर्छौं। सम्मेलनमा हाम्रा बिद्यार्थीहरुले रिसर्च पेपर प्रस्तुत गर्छन, बिदेशी कलेजका बिद्यार्थीहरु, प्रोफेशरहरुको सहभागिता हुन्छ। 

दोस्रो, हामीले प्रत्येक बर्ष २००-३०० बिद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउछौं। हाम्रोमा बिबिए र एमबिए पढ्ने बिद्यार्थीहरुले यो अवसर प्राप्त गर्छन। जुन अन्यत्रमा सायदै छ। 

तेस्रो, बिदेशका फ्याकल्टीलाई पुरै कोष पढाउने गरि हामीले बोलाएका छौँ। हाम्रा बिद्यार्थीहरुले बिदेशका फ्याकल्टीबाट पढ्दा कस्तो अनुभब हुन्छ भन्नेकुरा सिक्छन। विदेशमा विदेशका शिक्षकले पढाउने कुराको अनुभव हाम्रा बिद्यार्थीले नेपालमै प्रत्यक्ष पाउँछन। 

चौथो, हामीले १ बर्षमा ४ थरिको एउटाको ४ वटा इस्यु गरेर १६ वटा जर्नल निकाल्छौ। त्यसमा खोजमा आधारित लेख र अनुभब हुन्छन। त्यस लेखको ठुलो हिस्सा हाम्रै बिद्यार्थीको हुन्छ। 

हामीले एकेडेमिक र प्राक्टिकल दुवैलाई समान महत्त्व दिएका छौँ। अन्य भन्दा हामि ७ कारणले फरक र उत्कृष्ट छौं र यसैले पनि बिद्यार्थीमा हाम्रो कलेजको आकर्षण छ। 

पाँचौं कुरा, बिद्यार्थीको सिप अभिवृद्धिका लागि हाम्रो कलेजले विजनेस इन्क्युवेशन सेन्टर खोलेको छ। यसले बिद्यार्थीले स्नातक सक्दा उसंग सर्टिफिकेटको साथमा कम्पनी पनि हुन्छ। यसबाट बिद्यार्थीले बिजनेश आइडिया सेयर गर्ने, योजना बनाउने र त्यो योजनालाई कार्यन्वयन गर्न कलेजले उनीहरुलाई कम्पनी नै दर्ता गरिदिन्छ र बिद्यार्थीले त्यसमा काम गर्छन। यसरि बिद्यार्थीले हाम्रोबाट पढ्दा सर्तिफीकेटको साथमा कम्पनी पनि पाउँछ। 

छैटौं, हामीले कम्युनिकेशन तथा फाइनान्स ल्याबको शुरुवात गरेका छौँ। सम्भवत: नेपालको शैक्षिक इतिहासमा यो पहिलो हो। फाइनान्स ल्याबबाट हाम्रा बिबिए र एमबिए बिद्यार्थीले वित्तसंग सम्बन्धित सम्पूर्ण तथ्यांक पाउनेछन भने खोजमुलक अनुसन्धान र प्रयोगात्मक शिक्षा समेत पाउँछन। त्यस्तै अलग्गै फ्याकल्टी राखेर कम्युनिकेशन ल्याब संचालनमा ल्याएका छौँ। यसले सूचना र प्रविधिको युगमा बिद्यार्थीहरुलाई प्रतिस्पर्धामा उत्रिन र उत्कृष्ट बन्न सघाउँछ। 

यी ७ वटै बिषय बाहेक हामीले प्रत्येक बर्ष म्यानेजमेन्ट फेस्ट को आयोजना गर्दै आएका छौँ। यसमा बिद्यार्थीहरुले १२ वटा फरक व्यवस्थापनसंग सम्बन्धित स्किल सिक्छन भने यहाँ बिद्यार्थीले आफ्नो आइडिया सेयर गर्ने, योजना एक्स्पोज गर्ने लगायतका कुराहरु बिद्यार्थीले प्रत्यक्ष सिक्न पाउँछन। यिनै कारणले गर्दा हामीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिंदै आएका छौँ भनेको हो। 

अन्य कलेजको तुलनामा युनिग्लोब कलेज कति महँगो छ ?

शुल्कको हिसाबले हामि मध्यम स्तरको हो। धेरै तल पनि छैन र माथि पनि हैन। हाम्रो जस्तो सुविधा दिन्छु भन्नेहरुको तुलनामा हाम्रो शुल्क कम नै हो तर हामीले यत्तिका सुविधा दिएपछि सामान्यको भन्दा अलि माथि हुने त भयो नै। अहिले बिबिएको शुल्क ७६०,००० र एमबिए को लागि ६८५००० छ।

जेहेन्दार बिद्यार्थीका लागि कलेजले केहि अलग्गै सुविधा दिएको छ ?

पोखरा बिश्वबिद्यालयले दश प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ ।  यो पूर्ण छात्रवृत्ति हो। यस प्रकारको छात्रवृत्तिमा फर्मको पनि पैसा तिर्नुपर्दैन। यसमा पढ्न सक्ने क्षमता भएका अति पिछडिएका, सिमान्तकृत, आर्थिक रुपमा कम्जोर लगायतका पर्छन। हाम्रोमा १५ जनाको कोटा छ। 

हाम्रोमा यसभित्र नपर्ने र नअटाउने पढ्ने चाहना र क्षमता भएकाहरुलाई पार्सियल छात्रवृत्तिको व्यवस्था छ। पढ्न तिब्र इच्छा भएका तर आर्थिक अवस्था कम्जोर भएकालाई हाम्रो तर्फबाट सक्ने सबै सहुलियत दिन्छौं। 

पढ्न तिब्र इच्छा भएका तर आर्थिक अवस्था कम्जोर भएकालाई हाम्रो तर्फबाट सक्ने सबै सहुलियत दिन्छौं। 

युनिग्लोबबाट पास आउट भएका बिद्यार्थीलाई जब प्लेसमेन्ट वा आफ्नै व्यवसाय गर्नलाई कलेजले कसरि सहजीकरण गर्छ ?

हामीले हरेक क्षेत्रमा सहजीकरण गरेका छौँ। फाइनान्समा मात्र केन्द्रित कार्यक्रम भएकाले पक्कै पनि बैंक वित्तीय संस्थामा हाम्रो सम्बन्ध राम्रो छ। त्यसमा पनि उद्योग तथा व्यवसायिक हाउसहरुमा राम्रो सम्बन्ध छ। 

बिद्यार्थीहरुमा तालिम, करियर प्लानिङ काउन्सेलीङ, एकाउन्ट लिएर पढ्नेहरुलाई अकाउन्टिंग प्याकेज लगायतका तालिमहरु दिएका छौँ। यसले पनि उनिहरुलाई जब प्लेसमेन्टमा धेरै सहयोग गरेको छ। 

हामीले प्रत्येक बर्ष जब फेयर गर्छौं, यसले पनि हाम्रा बिद्यार्थीहरुलाई जब प्लेसमेन्टमा राम्रो गरिरहेको छ। हामीले संचालन गरेको विजनेस इन्क्युवेशन सेन्टरले सर्टिफिकेटको साथमा कम्पनीपनि दिने भएकाले यसले आफ्नै व्यवसाय संचालन गर्छु भन्ने बिद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुगेको छ। 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved