'धेरै लोभ नगरेकाले बजार मूल्य भन्दा सस्तो भएको हो' सस्तोडिल डटकमका सीईओसंगको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 11:14:58 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर पारेर विभिन्न अनलाइन सपिङ साइटहरुले आकर्षक छुट योजना ल्याईरहेका छन। यसै क्रममा सस्तोडिल डट कमले ५ रुपैयाँमा नै ईयरफोनको अफर ल्याएर सबैलाई चकीत पारेको छ। यसै सिलसिलामा हामीले सस्तोडिलका सीइओ अमुन थापासंग बिजपाटीका शिब धितालले दशैँ अफर र कम्पनीको भावी योजनाबारे कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश  ।

अरु सामानमा घाटा खाएर ५ रुपैयाँमा ईयारफोन बेच्नु भएको हो ?

ईयरफोन नराम्रो होइन, दुवैपटि ईयर बड छ, क्वालिटी ईयरफोन हो । बजारमा १५० देखि २ सय सम्म पर्छ त्यसलाई । हामीले धेरै बर्ष यो क्षेत्रमा कम गरेर धेरै नेटवर्क बनाएका छौ। यस्तो क्याम्पेनको बेला धेरै साथीहरुले सहयोग गर्नुहुन्छ । यो पनि एकजना साथीले सहयोग गर्नु भएको हो।

बजार मूल्य भन्दा सस्तोमा सामान बेच्न कसरि सम्भव हुन्छ ?

हाम्रो बिगतको प्रदर्शन, हाम्रो बजारसँगको सम्बन्धले गर्दा हामीले अन्य भन्दा सस्तोमा सामान पाउछौ। धेरै लोभी नभई जानी बुझी मूल्य घटाएको हो। कुनै पनि समानको अधिकतम मूल्य र वास्तविक मूल्यबीचको एउटा अन्तर हुन्छ  । हामी त्यसलाई नै आधार मानेर बजारमा पाइने अधिकतम मूल्य भन्दा सस्तो दिन सफल भएका हौ  ।

मूल्य कसरि तय हुन्छ ?

हामीले कहिल्यै पनि कुनै पनि सामान न त् आयात गरेका छौ। न त् खरिद गरेका छौ  । हामी खरिदकर्ता र बिक्रिकर्ताबीचको एउटा माध्यम मात्र हो । हामी मार्केट प्लेस हो, यहाँ विभिन्न बिक्रिकर्ताले आफ्नो सामानको मूल्य तोकेर बिक्रिमा राख्नु हुन्छ, राम्रो अफर रहेछ भने बिक्रि हुन्छ, नत्र बिक्रि हुदैन  । हामीले हाम्रो डाटाहरु र एनालेटिक्स हेरेर यति मूल्यसम्म बिकीमा राख्दा धेरै बिक्रि हुन् सक्छ भनेर सुझाव मात्र दिन्छौ  । मूल्य तोक्ने हामीले होइन  । यो सबै बिक्रिकर्ता मै भर पर्छ  ।

उपत्यका बाहिर कहाँकहाँ सम्म होम डिलिभरी गर्नु हुन्छ ?

नेपालको सबै जिल्लामा हामी पुगेका छौ, उपत्यका बाहिर कुरियर कम्पनी मार्फत हामी सेवा दिन्छौ, एकदमै विकट वा कुरियर कम्पनी नजाने स्थानमा बाहेक हामी नेपालभरी नै पुगेका छौ  ।अहिले उपत्यका बाहिर सामान लैजादा एक केजीको सय रुपियाँको दरले लिएका छौ  । यो मूल्य ग्राहकले तिर्नु पर्छ  । आगामी २ बर्ष भित्र नेपालको कुनै पनि स्थानमा हामिले होम डिलिभरी गर्ने छौ  ।

स्थापनादेखि हिलेसम्म आईपुग्दा यस सेक्टरमा के फरक पाउनु भयो ?

मुख्य कल्चरमा परिवर्तन आएको छ  । रिटेल मार्केटको तुलनामा अनलाइन १ प्रतिशत भन्दा थोरै हो  । तर यो अन्तरालमा आम मानिसको बुझाईमा परिवातन आएको छ  । अनलाइनबाट पनि सामान किन्न सकिन्छ, अनलाइनमा पनि छुट, अफर भएर सस्तो पाइन्छ भन्ने बुझाई आएको छ  ।  अब मेरो विचारमा अबो ५ बर्षमा यो बुझाइले काम गर्न थाल्छ र उनीहरु अनलाइनमा डाइभर्ट हुन्छन  । त्यस समयसम्म कुल बजारमा अनलाइनको हिस्सा चै २० देखि २५ प्रतिशत सम्म पुग्छ भन्ने अनुमान छ  ।

अनलाइन मार्फत समान खरिद गर्दा हेर्नै मिल्दैन, ट्राई गर्नै मिल्दैन भन्छन् नि, कसरि बजार हिस्सा बढ्छ ?

हरेक बजारको आफ्नै फाइदा र बेफाइदा छन् । अफलाइन बजारमा समान किन्न जाँदा सामान मात्र प्रत्यक्ष देखिन्छ । त्यो कहाँ बनेको, के के छन् विशेषता त्यो सब थाहा हुदैन , त्यहाँको सेल्स पर्सनले पनि भन्न सक्दैन । अनलाइनबाट किन्दा त्यो समानको पुरै डिटेल त्यहा देख्न सकिन्छ, आवश्यक परे अन्य त्यस्तै समानसंग पनि त्यसको तुलना गर्न सकिन्छ । अनलाइन मै त्यसको रिभ्यु हेर्न सकिन्छ। यो सबै शो रुमा पनि सम्भव हुदैन । यो कुरा बिस्तारै परिवातन भईरहेको छ । बर्षौसम्म ठुला बजारमा केन्द्रित मोबाइल डिलरहरु पनि अहिले बिज्ञापनमा एक रुपैयाँ खर्च नगरी अनलाइन मार्फत बेच्न थालेका छन् । अनलाइन मै बिज्ञापन गर्न थालेका छन् ।

दशैँको बिशेष अफर के छन् ?

हामीले इलेक्ट्रोनिक्समा फोकस गरेर धेरै अफर ल्याएका छौ । जुत्ताहरुमा ७० प्रतिशतसम्म छुट, एसेसरिजमा ८० प्रतिशतसम्म छुट, मोबाइल ५५ प्रतिशत छुट, ल्याप्टपमा ३० प्रतिशतसम्म छुट, वासिंग मसिनमा ३२ प्रतिशत छुट, टिभीहरुमा बजार कै बेस्ट रेट हामीले दिएका छौ ।

अहिलेको चुनौती के छ ?

अफलाइन मार्केट चुनौती हो हाम्रो । अहिले ४० बर्ष मुनिका ७० प्रतिशत जनसख्या छ ।यो युवाहरुको जमात हो, स्मार्ट फोन चलाएर हुर्केका हुन् । यिनीहरुलाई सजिल्यै अनलाइन मार्केटतर्फ ल्याउन सकिन्छ । उनीहरुलाई बुझाउन सकिन्छ । यो विस्तार परिवर्तन हुन्छ । अनलाइन सेक्टरको भविष्य राम्रो छ । ग्राहकलाई घर मै बसी बसी समान आईपुग्छ भन्ने बुझाउनु छ । 

लक्ष्य के छ ?

ग्राहकलाई उत्कृष्ट सन्तुष्टि दिने स्थानिय कम्पनी बन्ने हाम्रो लक्ष्य हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved