नयाँ नेपाल लघुवित्तले ४७ हजार कित्ता बढी शेयर लिलाम गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 08:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ४७ हजार कित्ता बढी शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिर्की गर्ने भएको छ । कम्पनीले पुस १८ गतेदेखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलाम गर्ने भएको हो । यस पटक सर्वसाधारणले पनि यसमा आवेदन गर्न सक्ने छन् । 

यसअघि कम्पनीले  ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यति समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि सर्वसाधारणलाई पनि शेयर खुला गरिएको हो  । लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नागपोखरी काठमाडौं,  एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ  ।

इच्छुक लगानीकर्ताले प्रति कित्ता १०० रुपियाँ भन्दा कम नहुने गरी न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved