'बिजुली बेचिरहेका छौ,आइपीओ किन्नेले यहिबर्षदेखि प्रतिफल पाउँछ' एमडी ढुंगानाको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 24, 2019 | 12:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि सर्बसाधारणलाई शेयर निष्काशन गर्न भएको छ। कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गर्न लागिएको साधारण सेयरमध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याईएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्ने छन्। आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ। यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ। कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी २०७३ साल माघ २२ देखि बिद्युत उत्पादन गरि बिक्रि गरिरहेको छ।

आइपीओ तथा एफपीओ बिक्रिमा ल्याउने कम्पनीको वास्तविक अवस्थाबारे पाठक तथा लगानीकर्तालाई जानकारी दिने उदेश्यले बिजपाटी डटकमले सम्बन्धित संस्थाका जिम्मेवार व्यक्तिसंग अन्तर्वार्ता लिने गरेको छ। यहि क्रमलाई निरन्तरता दिंदै कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, भावी योजना र हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनीका प्रबन्ध संचालक पुष्प ज्योतिढुंगानासंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

पाँचथर पावर कस्तो कम्पनी हो ?

यो आयोजनाको २०६९ सालमा बिद्युत खरिद सम्झौता भएको हो भने २०७३ साल माघ २२ गते निर्माण सम्पन्न गरि औपचारिक रुपमा बिद्युत कारोबार अर्थात बिजुली बिक्रि गरेको हो। प्रसारण लाइनका नबनेकाले यो आयोजनाले उत्पादन गरेको बिजुली पूर्ण रुपमा बिक्रि हुन सकेको छैन। तर अब यहि फागुन अन्तिमसम्म १३२ केभी काबेली प्रसारण लाइन  बन्ने भएकाले त्यसपछि हामीले उत्पादन गरेको सबै बिजुली बिक्रि हुने अवस्था आउँछ। 

अहिले कुन प्रशारण लाइनबाट कति बिजुली बिक्रि भएको छ ?

अहिले काबेली कोरिडोर प्रसारणलाइनबाट बिजुली बिक्रि भैरहेको छ। थापाटार सबस्टेशनसम्म ३३ केभी प्रसारण लाइन मार्फत झापाको अनारमणिसम्म बिजुली पुगेको छ। 

 ३३ केभी प्रसारण लाइनमा ट्रेपिंग समस्याले गर्दा हिउँदमा उत्पादनको १५ प्रतिशत र बर्खामा ५० प्रतिशत बिजुली बिक्रि हुन सकेको छैन। उत्पादन भएको दुई बर्षमा ६५ प्रतिशत बिजुली बिक्रि गर्न सकेका छैनौँ। तर अब यसको पनि समधान हुदैछ। आइपीओ पब्लिकमा आउँदासम्म १३२ केभी प्रसारण लाइन जोडिन्छ र उत्पादन भएको सबै बिजुली बिक्रि हुन्छ। 

आयोजना प्रभावित पांचथरबासीले पांचथरको सबै आइपीओ किनेनन, कतै परियोजना र तपाई प्रमोटरहरुप्रति बिश्वास नभएको त होइन ?

हामीले आयोजना प्रभावितलाई छुट्याएको मध्ये करिब २५ प्रतिशत मात्र बिक्रि भयो तर यसको अर्थ स्थानीयले परियोजना र प्रमोटरप्रति बिश्वास नभएको भन्ने हुदै होइन। 

स्थानीयले आइपीओ नकिन्नु पछाडी धेरै कारण छन। पहिलो, हामि भन्दा पहिले त्यहाँ तीन वटा योजनाले स्थानीयलाई आइपीओ बिक्रि गरिसकेका छन तर ति आयोजना न त केहि प्रतिफल दिएका छन न त निर्माण सम्पन्न नै भएका छन। यसले गर्दा पनि पांचथर पनि त्यस्तै कम्पनी हो कि भन्ने आशंका पसेको हुन सक्छ। 

दोस्रो कारण लकिंग पिरियड पनि हो। अब स्थानीयले बुझीसकेका छन कि पब्लिक र स्थानीयलाई निष्काशन भएको सेयरबीच फरक छ। पब्लिकले सुचिकृत हुने वित्तीकै सेयर बेच्न सक्छन तर स्थानीयले ३ बर्ष कुर्नुपर्ने हन्छ। यसले पनि स्थानीयलाई आयोजनाले निष्काशन गर्ने सेयरप्रति चाँसो नभएको हुन सक्छ। यस्तो अवस्थामा पनि ६०० स्थानीयले पांचथरको आइपीओ भरेका छन। बिगतलाई हेर्दा अब लकिंग पिरियडको अवस्था हटाउनुपर्ने देखिन्छ।  

अर्को कुरा, पहिले नगद नै दिएर स्थानीयले आइपीओ भर्न सक्थे तर अहिले अनिवार्य रुपमा बैंक र डिम्याट खाता चाहिन्छ। त्यसमा पनि योजना प्रभावितले सम्बन्धित ठाउँबाटै आइपीओ भर्नुपर्ने व्यवस्था छ। काठमाडौंमा बस्ने पांचथरका स्थानीयले यहीं काठमाडौंबाटै स्थानीयले भर्न पाउने आइपीओ भर्न पाउदैन। यस्तो प्राविधिक कठिनाइले पनि स्थानीयप्रति स्थानीयलाई छुट्याएको सेयरमा आकर्षण घटेको हुन सक्छ।

पब्लिकमा पनि हाइड्रोको सेयरमा आकर्षण देखिदैन, पांचथरको आइपीओ बिक्नेमा कति विश्वस्त हुनुहुन्छ ?

आइपीओमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताले बुझ्नुहुन्छ भन्ने मेरो बिश्वास छ। पहिलो कुरा पाँचथर हाइड्रो निर्माण सम्पन्न गरि दुई बर्षदेखि बिजुली बिक्रि गर्दै आएको योजना हो। यसले आयोजना निर्माण होला नहोला भन्ने शंका गर्ने ठाउँ नै भएन। 

पब्लिकमा आइपीओ आउने बेलासम्म पांचथर हाइड्रोले उत्पादन गरेको बिजुली शतप्रतिशत बिक्रि हुन्छ र बार्षिक ४५ करोडको बिजुली कारोबार हुन्छ। 

अहिले हाम्रो ऋण भनेको १ अर्ब ७५ करोड मात्र हो। पब्लिकले आइपीओ भरेर आएको पैसाले हामीले बैंकको ऋण तिर्ने हो। यसले हाम्रो ब्याज खर्च घट्छ। त्यसमा पनि मलाई लाग्छ, यो योजना अहिलेको सस्तो योजना मध्ये हो। हाम्रो प्रति मेगावट लागत १७ करोड ५३ लाख छ। जबकी बजारमा औषतमा प्रति मेगावाट लागत भनेको २१-२२ लाख हो। प्रति मेगावाट लागतनै कम भएपछि यसले दिने प्रतिफल पक्कै पनि बढी हुन्छ। 

हामीले निर्माण सम्पन्न भई बिजुली बेच्न थालेको २ बर्षपछि मात्र सर्वसाधारणलाई आइपीओ बिक्रि गर्दैछौं। त्यसैले पनि हामीसंग यहि बर्षदखि प्रतिफल दिन सक्ने क्षमता छ। प्रसारण लाइन बनेको हुन्थ्यो भने अहिलेनै झन्डै डबल डिजिटको नगद लाभांश दिन्थ्यौं तरपनि यो बर्ष केहि भएपनि प्रतिफल दिन्छौं र अर्कोबर्ष १०-१५ प्रतिशत नगद लाभांश ढुक्कले दिन्छौं। 

हामि यस्तो संस्था हौँ जसले सर्वसाधारणलाई आइपीओं भर्न हिच्किचाउनु पर्दैन, ढुक्क भएर लगानी गर्नुहोस, यहि बर्षदेखि प्रतिफलको ग्यारेन्टी दिन्छौं भन्न सक्छौं। हामीले जनताको पैसा आयोजना निर्माण गर्न नभई बैंकको ऋण तिर्न उपयोग गर्ने भएकाले र यहिबर्षदेखि प्रतिफल दिने भएकाले पनि सर्वसाधारणले आइपीओ किन्छन र अत्यधिक आबेदन पर्छ भन्नेमा बिश्वस्त छौं। 

अरुले आयोजना निर्माणकै क्रममा सर्वसाधारणलाई आइपीओ बेचेर पैसा संकलन गर्छन, तपाइँहरु बिजुली उत्पादन गरेको दुई बर्षपछि मात्र आइपीओ बेच्दै हुनुहुन्छ, यो तपाइँको रणनीति हो या अरु केहि कारण छ ? 

हामि यहि आयोजनामा मात्र सिमित छैनौँ। हामि बिभिन्न आयोजना निर्माणको क्रममा छौँ। यहि टिमले सुपर मादी बनाउदैछ भने उता अध्यक्ष उमेश श्रेष्ठको टिमले सुदूरपश्चिममा कालंगा हाइड्रोपावर बनाउदै हुनुहुन्छ। 

आयोजना निर्माण सम्पन्न गरि त्यसको प्रतिफल जनतालाई दिनुपर्छ भन्न उदेश्यले नै बिजुली बिक्रि गरेपछि मात्रै सर्वसाधारणलाई आइपीओ बिक्रि गर्न खोजेका हौँ। पब्लिकबाट पैसा उठाएर निर्माणतर्फ लाग्दा प्रतिफल दिन ढिलाई हुन्छ र पब्लिकको पैसा पनि होल्ड हुन्छ। त्यसैले निर्माण सम्पन्न भैसकेपछि छिटो प्रतिफल दिन सकिन्छ भनेर निर्माण सम्पन्न भएको दुई बर्षपछि मात्रै सर्वसाधारणमा आइपीओ बिक्रिमा ल्याएका हौँ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved