‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्दै छ । कम्पनीले हाल जारि पुंजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ। बाँकि रहेको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन। लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ । यस आईपिओमा पहिलो शेयर आफुले हाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरि सकेका छन् ।
आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ । बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत कम्पनीले शेयर निष्काशन गर्न लागेको हो । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा सहित सरकारले यो कार्यक्रम सुरु गरेको हो। यसको लागि धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन पनि गरिसकेको छ । बोर्डले यस योजना अन्तर्गत निष्काशन हुने आईपिओको क्रेडिट रेटिंग गर्नु नपर्ने छुट समेत दिएको छ ।
यसै सिलसिलामा जनताको जलविद्युत योजना, कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, भावी योजना र हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनीका प्रबन्ध निर्देशक मोहन गौतमसंग कुराकानी गरेको छ ।
हेर्नुस भिडीयो ।
यो पनि :