मेरो माइक्रोफाइनान्सको हकप्रद भर्नु भयो ? यस्तो छ सेयरधनीलाई लघुवित्तको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 09:02:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स  Mero Microfinance Bittiya Sanstha Limited  ले फागुन १९ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ ।  कम्पनीले १ बराबर १ कित्ताको अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको हो।

हकप्रद निष्काशनको लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेकाले माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन। हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

माघ २३ गतेसम्म कायम सेयरधनिहरुले लघुवित्तको रजिष्टर्ड कार्यालय तथा बिभिन्न ३० वटा शाखा कार्यलयबाट र सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्नेछन। मेरोशेयर मार्फत अनलाइन बाट सिधै पनि हकप्रदको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले यहि चैत २४ गतेसम्म हकप्रद भर्न सक्ने छन।  

हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved