Announcement IPO Result



शिब धिताल/बिजपाटी     Apr 02, 2019 | 05:27:59 PM



shivam cement

हिमालय उर्जा विकास कम्पनीले चैत्र २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

आईपिओ निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले छिटोमा चैत्र २५ र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

यसै सिलसिलामा कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, र हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनीका संचालक तथा हेड अफिस निर्देशक प्रा. डा. भिम प्रसाद न्यौपानेसँग कुराकानी गरेको छ । 

हेर्नुस कुराकानी । 

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital













Close in 7