उन्नति माइक्रोफाइनान्सको लिलामको सेयरमा आबेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 09:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स Unnati Microfinance Bittiya Sanstha Limited बैशाख २६ गतेदेखि हकप्रदमा अवितरित ८ हजार ८ सय ९५ कित्ता शेयर लिलाम गर्ने भएको छ  । कम्पनीले फागुन १३ गतेदेखि ५:१ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको १ लाख १० हजार कित्ता मध्ये १ लाख १ हजार १ सय ५ कित्ताको लागि मात्र आवेदन परेको थियो ।  बाँकि शेयर कम्पनीले लिलाम गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताले जेठ २ गते भित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या , र प्रतिकित्ता रकम उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । बोलपत्र पेश गर्दा प्रति कित्ता एक सय रुपैयाँबाट कम नहुने गरि  आवेदन दिनु पर्ने छ । इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, उन्नति माइक्रोफाइनान्सको कार्यालय रुपन्देही, सिद्धार्थ बैंकको बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा , नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही , नेपालगंज , सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट समेत आवेदन दिन सक्ने छन् । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ४०.५० प्रतिशत बोनस प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पुंजी ८ करोड ८० लाख पुग्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved