'कामना सेवा धेरै फरक बनिसक्यो,बिगतमा भन्दा राम्रो लाभांश दिन सक्छौं ' सीईओ बस्नेतको अन्तर्वार्ता

विजय पराजुली

विजय पराजुली

May 14, 2019 | 04:48:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्की फाइनान्ससंग मर्ज भएर बनेको कामना बिकास बैक बुटवलको सेवा विकास बैंकसंग मिलेर कामना सेवा विकास बैंक बनेको छ। नेपालको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा बैंकिंङ कारोबार गरिरहेको यस बिकास बैकले पछिल्लो एक बर्ष कार्य क्षेत्रसंगै सेवाको गुणस्तरमा समेत ब्यापक प्रगति गरेको छ।

चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा ७ प्रतिशतले घटेर २२ करोड ८१ लाखबाट २१ करोड २१ लाख पुगेको छ। यद्दपी बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी भने करिब झन्डै १० करोडले बढेर ५९ करोड ९४ लाख पुगेको छ। 

पोखरालाई आधार बनाएर बैंकिङ गरिरहेको कामना सेवा अहिले राष्ट्रिय स्तरको अव्वल विकास बैंकमा दर्ज हुनेक्रममा छ। बैंकले निक्षेप संकलन १४ अर्ब ३७ करोडबाट बढाएर २० अर्ब २७ करोड पुर्याएको छ। यस अवधिमा बैंकको चुक्तापुंजी २ अर्ब ५० करोड छ। 

बजारमा कामना सेवाको बिस्तार आक्रामक देखिएको छ। त्यस्तै प्रविधिलाई बिशेष जोड गरेर बिभिन्न प्रोडक्ट ल्याएको छ। बैंकको गत आर्थिक बर्षको कारोबार कस्तो रह्यो ? खुद मुनाफा किन घट्यो ? अबको योजना के छन ? लगायतका बिषयमा पाठकलाई जानकारी दिने उदेश्यले बिजपाटी डटकमका लागि बिजय पराजुलीले बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको त्रैमाम देखिन्छ, कामना सेवाको अवस्था के छ ?

बजारमा तरलतामा उताचढाव देखिएकै अवस्था हो । वाणिज्य बैंकहरुमा यो अझै बढी देखियो भन्ने कुरा आइरहेको छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशत नाघेर लोन दिन नसकेको भन्ने कुराहरु पनि आइरहेका छन। तर विकास बैंकहरुको निक्षेपकर्ता स्थीर हुन्छन। 

विकास बैंकहरुले सानो सानो निक्षेपको आधारहरु छन् । धेरै ठुलो निक्षेप हुदैन। त्यसैले विकास बैंकहरु अहिलेको अवस्थामा पनि सहज छन् र कर्जा प्रवाह गरिरहेका छन् । कामना सेवाको अवस्था पनि सहज नै छ। अहिले पनि १ अर्ब भन्दा धेरै लगानी गर्न सक्ने अवस्थामा छ। आवश्यक  कगजात पुर्याएर आएकालाई कर्जा लगानी गरिरहेका छौं।

धेरै बिषयमा बैंक जस्तै प्रकृति देखिन्छ बिकास बैंकको, विकास बैंकलाई बैंकसंग प्रतिस्पर्धा कति सहज छ ?

मुलुक संघिय संरचनामा गएसँगै सरकाले स्थानीय सरकालाई दिन बजेट बैंक वाणिज्य बैंक मार्फत पठाउने नीति लियो। त्यसले प्रत्येक स्थानीय तहमा वाणिज्य बैंक पुग्नु पर्ने नीति लियो। सरकारको उक्त नीतिसँगै नेपाल राष्ट बैंकले बाणिज्य बैंकहरुलाई ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दियो। अहिले स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेसँगै ग्रामीण क्षेत्रमा विकास बैंकको जुन किसिमको बलियो अवस्थगा थियो् ग्रामीण क्षेत्रमा रहेको बैंकिङ पहुँच बाहिरका मानिसलाई बैंकिङ पहुँचमा ल्याएका थिए । उनीहरलाई बैंकिङ ज्ञान दिएका थिए त्यसमा अहिले  परिवतर्न आएको छ।   

विकास बैंकहरुले ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गरुन भन्ने परिकल्पना गरिएको भएपनि वाणिज्य बैंक स्थानीय तहमा गएसँगै केहि अन्योलता आएको थियो । अहिले त्यो अन्योलता अन्त्य भइसकेको जस्तो लाग्छ । सेवाग्राहीले अहिलेको उत्तरचढावको अवस्थामा पनि  विकास बैंक कति ग्राहकमैत्री छन् भन्ने बुझिसकेका छन् । अहिले विकास बैंकले कारोबारहरु सहज रुपममा राम्रोसँग वृद्धि गरिरहेका छन् । 

कामना सेवा विकास बैंकले प्रकाशित गरेको चैत्र मसान्तसमको विवरणमा खुद मुनाफा घटेको देखिन्छ, यस्तो किन ? 

हामीले भविष्यको लागि लगानीमा धेरै केन्द्रित भयौं। जस्तो आइटी पुर्वाधारलाई सबल बनाएका छौ। हाम्रो प्रोडक्टमा पनि धेरै लगानी गरेका छौं । शाखा सञ्जाल बढाउनको लागि लगानी गरेका छौ। 

बैंकलाई ब्यवसायिक गति दिन उच्च ब्यवस्थापनलाई पनि मजबुत बनाएका छौ । चालु आर्थिक वर्ष कामना सेवाको लागि लगानीको वर्ष रह्यो । यसो विभिन्न लागत आए। यहि लागतले हाम्रो नाफा गत बर्षको भन्दा बढ्न सकेन त्यहि हाराहारीमा मात्र रह्यो। अब हामी धेरै फरक भइसकेका छौ । ठुलो शाखा सञ्जाल भएको छ । ब्यवसायको आकारमा पनि ठुलो परिवर्तन आइसकेको छ । चालु आर्थिक वर्षमा मात्र हामीले निक्षेप र कर्जा दुबै तर्फ ५ ÷५ अर्ब भन्दा बढीले वृद्धि गरेका छौ । शाखा सञ्जाल ५० वटाको हाराहारीा रहेकोमा यहि आर्थिक वर्ष भित्रमा १०० वटा पुर्याउदै छौ । त्यस्तै आधुनिक बैंकिङका सम्पुर्ण सेवा प्रदान गर्नेगरि अगाडी बढीरहेका छौ । बैंकको सेवाग्राहीको सख्या २ लाख ५० हजार माथि पुगिसकेको छ । यि सबै बिषयलाई हेर्दा कामना सेवाको उज्जवल भविष्य प्रति हामि आसावादि छौ र आगामी वर्ष गुणस्तर र संख्यात्मक दुबै तरिकाले ठुलो फड्को मार्न सफल हुन्छौ भन्ने छ।  

जनताले कामना सेवा नै रोज्नुपर्ने बिशेषता के छन ?

सबैभन्दा महत्वपुर्ण हामी भिजन २०८० लिएर आगाडी बढीरहेका छौ । हामीले बैंकलाई पुनर्संरचना गरेका छौ । पुनर्संरचनाको केन्द्रविन्दुमा सेवाग्राही रहेका छन् । बैंकको एउटै मात्र मुख्य उद्देश्य कसरी सेवाग्राहीलाई खुशि पार्ने गरि सेवा प्रदान गर्न सकिन्छ भन्ने हो। बैंकले प्रोडक्ट बनाउँदा सेवाग्राहीलाई मध्यनजर गरेर सहज हुने प्रोडक्ट बनाउँछ। 

दोस्रो भनेको यो प्रोडक्टलाई डेलिभरी माध्यमहरु छन् त्यसमा बैैंकको आफ्नो बाध्यता छ, नेपाल राष्ट्र बैंकको ब्यवस्थाहरु छन् त्यसलाई मध्यनजर गरेर सकेसम्म सहज बनाउने कोसिस गछौं। कर्मचारिहरुको तालिमलाई पमि प्राथमिकता दिइरहेका छौ । कर्मचारिले बैंकका ग्राहकहरुलाई कसरी खुसि बनाउन सक्छन् भन्ने कुरामा ध्यान दिएका छौ । यि कुराहरुले गर्दा हामी ग्राहकमैत्री छौ जस्तो लाग्छ ।

हामीले स्वर्णीम सुरक्षीत नामको बचत खाता ल्याएका छौ । यो खाता न्युनतम १ हजार रुपैयाँ खोल्न सकिन्छ । यो खाता खोल्दा ७ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको मेडीकल इन्स्योरेन्सको सेवा उपलब्ध रहेको छ । यस्तै सिमिरल प्रोडक्टहरु अन्य बैंकले हजारौं देखि लाख सम्मको न्यूनतम मौज्दात ल्याएका छन् । हामीले  केहि फरक किसिमका प्रोडक ल्याएका छौ । हामीले अहिलेको अवस्थामा पनि कर्जामा होम लोन ११ दशमलव ९९ प्रतिशतमा दिइरहेका छौं । साना तथा मझौला कर्जा १२ दशमलव ४९ प्रतिशतमा कर्जा दिइरहेका छौ । आधा भन्दा धेरै बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको बेलामा पनि कामना सेवाले ग्राहकलाई न्युनतम दरका प्रोडक्ट ल्याएका छौ । कामना सेवा लामो समयको ब्यवसायिक सम्बन्ध विस्तारा लागेको छ । 

बाणिज्य बैंकलाई मात्र स्थानीय सरकारको खाता चलाउन पाउन अधिकार छ, यस्तो नीतिले विकास बैंकको व्यवसाय कसरी प्रभावित भएको छ ?

सरकारी खाता विकास बैंकले चलाउन नपाउने भन्ने सरकारको नीतिले विकास बैंकलाई उपेक्षा गरेको महसुस भएको छ। एउटै नियामकले लाईसेन्स दिएको र वित्तीय कारोबार नै गर्न अनुमति प्रदान गरेको संस्थाहरु र २ वर्ष पहिलेको वाणिज्य बैंकको तुलनामा कुनै किसिमले कम्जोर नरहेको वित्तीय संस्थालाई सरकारी कारोबार गर्न नदिने भन्ने कानुनत सहि हो जस्तो लाग्दैन । अझैं महत्त्वपूर्ण कुरा ग्रामीण परिवेसमा बसेर ग्राीण क्षेत्रका  मानिसलाई बैंकिङ सेवा प्रदान गरिरहेको संस्थाहरुलाई त्यहि ग्रामिण क्षेत्रमा सरकारी खाता संचालन गर्न रोक लगाउनु कानुनी रुपमा सहि हो जस्तो लाग्दैन । बिभिन्न कार्यक्रमहरुमा यस विषयमा पर्याप्त छलफल भईसकेको छ । नियामक तथा सम्बन्धित निकायमा यो कुरा पुगिसकेको छ । चाँडै नै यसमा केहि परिवर्तन हुनेमा आशाबादी छौं।

ब्यवसायमा यसको असर कतिको परेको छ ?

यसले व्यवसायमा ठुलो प्रभाव पारेको छ । कतिपय कम्पनीहरुले यसलाई पालना गरेर विकास बैंकमा निक्षेप नराख्नेकुरा आइरहेको छ। जस्तै कर्मचारी सञ्चय कोष, नागरीक लगानी कोष, नेपाल टेलीकम लगायत अन्य विभिन्न संस्थानहरुले विकास बैंकमा निक्षेप राख्दैनन् जसल गर्दा निक्षेपकर्ता र विकास बैंक दुवैलााई घाटा भएको छ जस्तो लाग्छ । अरु बैंकले भन्दा विकास बैंकले बढी ब्याज दिँदा ति संस्थानलाई पनि उच्च ब्याजदर बाट फाइदा हुन्थ्यो । विकास बैंकले निक्षेपको रुपमा त्यो रकम लिएपछि परिचालन गर्न पाउँथ्यो जसले गर्दा सकारात्म ग्रोथ हुन्थ्यो त्यो दुईवटै अवस्था छैन यसमा चाँडै नै नितिगत परिवर्तन हुन्छ भन्ने अपेक्षा छ । 

अहिले ११ वटा राष्ट्रिय स्तरका विकास बैंक छन् । त्यसमा सबैको आ आफ्नो प्राथमिकता प्राप्त क्षेत्र होला त्यसमा कामना सेवाले कुन क्षेत्रलाई जोड दिएको छ ? 

कामना सेवा पुर्ण रुपमा रिटेल तथा कस्टुमर बैंक हो । कामना सेवाको ग्राहक रिटेल कस्टुमर छन्। हामीले ठुला पवरियोजनामा लगानी गर्ने भन्दा पनि छरिएर रहेका उत्पादनमुलक क्षेत्रमा काम गरिरहेका उद्यमी ब्यवसायीलाई लगानी गर्ने गरि प्रोडक्ट बनाएका छौं । त्यसो भन्दै गर्दा केहि टुलो लगानी पनि गरेका छौ तर फोकस भनेको रिटेल कस्टुमर नै हो।

चालु आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताले कति प्रतिशत सम्म लाभांशको अपेक्षा गर्दा ठिक हुन्छ ? 

हाम्रो गत आर्थिक वर्षको नै साधारणसभा हुने क्रममा रहेको छ। गत बर्षको मुनाफाबाट हामीले ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेका छौं । त्यसमा ८ प्रतिशत नगद र १ दशमलव ५ प्रतिशत बोनसको लागि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएका छौं । राष्ट्र बैंकले स्वीकृती दिएसँगै साधारण सभाले पारित गरेसँगै वितरण गर्नेछौ। 

हाम्रो लागि चालु आर्थिक वर्ष ठुलो लगानीको वर्ष भयो। धेरै संस्थागत लगानी गरेका छौं । त्यो हुँदा हुँदै पनि ठुलो ब्यवसायीक उपलब्धी हाँसिल भएको छ । जहाँ सम्म यो वर्षको मुनाफाबाट बोनसको कुरा छ । गत वर्षको मुनाफाको भन्दा कम नहुने गरि दिन सक्छौ भन्ने लागेको छ । 

शेयर लोन दिनु भएको छ कि छैन ? दिनुभएको छ भने कति प्रतिशत सम्ममा पाउन सकिन्छ ? आजको दिनमा पनि ऋण पाउने सम्भावना कतिको छ ?

हामीले शेयर लोन पनि प्रदान गरिरहेका छौं ।  न्युनतम १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा दिइरहेका छौ । सहज प्रक्रियामा छिटो नै स्वीकृत गर्ने गरेका छौँ। धेरै वाणिज्य बैंकका ग्राहक पनि कामना सेवामा आएर शेयर कर्जा लिइरहेका छन् । लोन पाउने भनेको ग्राहकको रिक्वायरमेन्ट र डकुमेन्ट अनुसार हो । कर्जा दिन्छु भन्न सजिलो छ । कर्जा दिन्छु भन्दा मानिस लाईन लागेर आउलान तर मुख्य कुरा त्यो कर्जा कुन प्रयोजनको लागि लिने भन्ने अध्ययन गछौ र त्यो अध्यनको आधारमा राम्रो उदेश्य र प्रस्ताव आएमा लोन दिन्छौ । र त्ये प्रकृया अहिले पनि नियमित छ। हामीले लोन रोकेको अवस्था छैन।

नेपालमा रहेका विकास बैंकहरु मध्ये पश्चिमलाई वेश बनाएर आएका विकास बैंकहरु तुलनात्मक रुपमा सफल देखिन्छन् । के कारणले हुन सक्छ ?  

यसलाई अलि फरक तरिकाले हेर्छु। पश्चिमको पुर्वको भन्दा पनि संस्था कसरी चलाएको छ, त्यसमा नै सफल हुने नहुने निर्भर गर्छ। तर औषतमा हेर्दा पश्चिम आधारित विकास बैंक सफल भने देखिएका छन। संस्थागत सुशासनलाई मुल मन्त्र बनाएर सेवाग्राहीलाई कसरी राम्रो सेवा प्रदान गर्ने भन्ने कुरालाई ध्यानमा राखेर अगाडी बढेकोले पश्चिमका विकास बैंक सफल भएको हुन सक्छ । 

अर्को भनेको पश्चिम क्षेत्र निक्षेपको लागि राम्रो देखिएको छ। तुलनात्मक रुपमा कर्जा भन्दा निक्षेप पनि बढी रहेको छ । यस्तो वातावरणले गर्दा स्रोत परिचालन सजिलो हुने भएकोले पनि सफलता आएको हुन सक्छ। 

त्यस्तै सेवाग्राहीलाई चेतनाको कुरा, सेवाग्राहीलाई प्रदान गर्ने सेवाको कुरामा पनि पकेट क्षेत्रहरु पोखरा बुटवल नाराणगढ ठुलो बजार क्षेत्र भएकोले पनि सफल भएको जस्तो लाग्छ। तर विशेष ठाउँ भन्दा पनि सफलताको लागि विश्वास हो जस्तो लाग्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved