'मर्जर नै रामबाण होइन, फाइदासंगै अप्ठ्यारा पनि छन' सेन्चुरी बैंकका सीईओसंगको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2019 | 08:35:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई बिग मर्जरको लागि तयार रहन निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंकका सीइओ र अध्यक्षलाइ डाकेर छलफल समेत गरेको छ। 

असार तेस्रो साता मौद्रिक नीति ल्याउने तयारिमा रहेको राष्ट्र बैंकले हप्ता दश दिनमै आफुलाई सुहाउँदो पार्टनर खोज्नलाई निर्देशन दिएको छलफलमा सहभागीहरुको भनाई छ। बैंकहरुको मर्जरको लागि तयार रहे मौद्रिक नीति मार्फत प्रोत्साहनका कार्यक्रमहरु ल्याउने राष्ट्र बैंकले आश्वासन दिएको छ।  सरकारले बजेटमा नै ठुला बाणिज्य बैंकलाई मर्जमा लैजानलाई प्रोत्साहन नीति लिने बताएसंगै राष्ट्र बैंक बिग मर्जरको लागि हौसिएको छ। 

तर बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्र बैंकले भनेजस्तो हप्ता दश दिनमै पार्टनर खोज्न सम्भव नभएको बताएका छन। चालु आर्थिक बर्षको अन्तिम महिना जारि रहेकाले क्लोजिङ, आगामी बर्षको बजेट, योजना, ऋण असुली जस्ता बिषयमा ब्यवस्त रहनुपर्ने भएकाले यो  मर्जका लागि उचित समय नभएको बैंकका सीईओहरुको भनाई छ। 

राष्ट्र बैंकले भनेझैं हप्तादश दिनमा आफु अनुकुल पार्टनर खोज्न बैंकहरुलाई कति सहज छ ? लगानीयोग्य रकमको अभाब र ब्याजदरमा तिब्र प्रतिस्पर्धा लगायतका समस्या मर्जर नीतिले समाधान गर्न सक्छ ? अहिलेको आवश्यकता मर्जर हो वा अरु नै केहि छ ? मर्जरको प्रभाव वित्तीय क्षेत्रमा कस्तो रहन्छ ? जस्ता बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलि र बिजय पराजुलीले सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो  अंश:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved