उत्पादनको क्षेत्रमा गोल्यान ग्रुपको वर्चश्व: १० अर्बको कृषिजन्य बस्तु निर्यातको लक्ष्य (अन्तर्वार्ता)

विजय पराजुली

विजय पराजुली

Jun 28, 2019 | 05:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको निर्यातमा महत्वुर्ण हिस्सा धागो र पस्मीनाले ओगटेको छ। निर्यातको प्रमुख हिस्सा ओगटेको उत्पादनमुलक क्षेत्र विगतको वर्षहरुमा सरकारको प्राथमीकतामा परेको छैन। १० बर्ष अगाडीको र अहीलेको निर्यातमा ठुलो अन्तर छ। 

विगतका वर्षहरुमा सरकार राजश्वमुखी हुँदा निर्यात उद्योगलाइ कसरी प्रवद्र्धन र विकास गर्ने भन्ने बिषयमा सरकारले ध्यान दिन नसकेको  गोल्यान ग्रुपका अध्यक्ष समेत रहेका धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान बताउँछन। निर्यात उद्योग सरकारको प्राथमीकतामा नपर्दा धागो तथा पस्मीना लगायत निर्यातयोग्य उद्योगहरु क्रमश सुस्ताउँदै गएको उनको बुझाई छ ।  

विगत केही वर्ष देखि मुलुकको आयातलाई रेमिट्यान्सले धानीरहेको अवस्था थियो जसले गर्दा नेपालसंग डलर पर्याप्त थियो । अर्थतन्त्रलाई रेमिट्यान्सले धानीरहेको अवस्थमा सरकारले डलर बेचेर आयात गरिरहेको तर निर्यातलाई प्राथमीकतामा राख्न नसकेको उनि बताउँछन् । पहिलो पटक आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले उत्पादनलाई प्राथमीकतामा राखेको छ । अर्थमन्त्रीले पनि निर्यातलाई प्राथमीकतामा राखेको बताइरहेको भन्दा अव सरकारको प्राथमिकतामा निर्यात उद्योग परेको आभाष भएको उनि सुनाउँछन।  

सरकारले चालु बजेट मार्फत निर्यातलाई प्रोत्साहन दिने भनेको थियो। त्यो अब लागु गर्ने तयारी भइरहेकोले आगामी दिनमा निर्यातयोग्य उद्योगको सम्भावना बढेको उनि बताउँछन् । 

वाणिज्य मन्त्रालयले हालै मात्र अबको दुई वर्षमा धागोको निर्यात ५० प्रतिशत बढाउँछौ भनेर तथ्याङ प्रकाशित गरेको छ । तर उत्पादकसँग छलफल नै नगरी निर्यात कसरि बढ्छ भन्ने उनको शंका छ।  

‘हामीले सरकारलाई एउटा रिपोर्ट बुझाएका छौ, उक्त रिपार्टमा भएको कुरा सम्बोधन गर्ने हो भने ३ वर्षमा नै उत्पादन दोब्बर बनाउँन सक्छौ ।’ गोल्यान भन्छन् 'सरकारले टेक्सटाइल भ्यालु मिलाइदिएको खण्डमा आगामी ५ वर्ष भित्रमा ५ लाख रोजगारी सिर्जना गरि आयात प्रतिस्थापन पनि गर्छौ र निर्यात पनि बढाउँछौ भन्ने प्रतिवद्धताको साथ सरकारलाईं रिपार्ट बुझाएका छौ ।’  

त्यही पनि सरकार बाट त्यसको कार्यन्वयनको लागि कुनै प्रकृया अगाडी नबढेको गुनासो गोल्यानको छ । सरकाले बजेटमार्फत केही संबोधन गर्ने अपेक्षा लिएको तर बजेटमा केही पनि सम्बोधन नभएको गोल्यान बताउँछन् । 

अहिलेको अवस्थामा पनि कुल निर्यातको ११ प्रतिशत धागोले मात्र ओगटेको छ । यो वर्ष करिब ९ अर्वको धागो निर्यात हुने देखिने उनको भनाई छ। संघले कुल करिब १३ अर्बको उत्पादन गरिरहेको उनको भनाई छ। तर हाम्रो क्षमता यो भन्दा बढी छ। अहीलेकै क्षमताले पनि १५ अर्ब जतिको धागो उत्पादन उत्पादन गर्ने क्षमता रहेको छ। यस्तै हाल धागो उद्योग क्षेत्रमा मात्र १० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनको भनाई छ । 

अहीले नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिबाट निर्यात उद्योगलाई व्याजमा वर्किङ क्यापीटल दिने प्रावधान गरेको छ तर त्यसको उपयोग भने उद्योगीले गर्न नपाएको गोल्यानको भनाई छ । वर्किङ क्यापिटलमा आगामी मौद्रिक नीतिले मौद्रिक नीतिले कृषि कर्जाको जस्तो सहज रुपले ४.५ प्रतिशत ब्याजदरमा नै  सहुलियत कर्जा पाउने ब्यवस्था गर्नुपर्ने उनी बताउँछन्  । 

वर्किङ क्यापीटलको म्याद ६ महीना रहेको छ त्यसलाई बढाएर १ वर्ष र ट्रम लोनको लागि जति समयको हो त्यति नै समयको लागि दिने ब्यवस्था गर्नुपर्यो। यो सम्पुर्ण निर्यात उद्योगको लागि आवाश्यक रहेको र यसको सम्बोधन  मौद्रिक नीतिले नै गर्न सक्ने उनि बताउँछन।

२ बर्षमा १० अर्बको कृषिजन्य बस्तुको निर्यात

हाल गोल्यान ग्रुपले मात्र वार्षिक ६ अर्ब माथिको निर्यात गरिरहेको छ । जुन कुल निर्यातको साढे सात प्रतिशत जति हुन्छ । गोल्यान ग्रुपले विशेष गरेर धागो पस्मीना, कृषिको लागि आवश्यक पर्ने टनेल प्लास्टीक, बैंक, हाइड्रो, सोलार र कृषि उत्पादनमा लगानी रहेको एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यान बताउँछन् । गोल्यान ग्रुपले सिन्धुपाल्चोकमा निमार्ण गरिरहेको ३६ मेगावाटको अपर बलेफि जलविद्युत आयोजना निमार्ण अन्तिम चरणमा रहेको छ । त्यस्तै बलेफीमा नै ४६ मेगावाटको बेलेफी जलविद्यु आयोजना पनि निमाण गरिरहेको छ भने ९७ मेगावाट क्षमताको इसुवाखोला जलविद्युत आयोजना पनि निमार्ण गर्ने चरणमा रहेको अध्यक्ष गोल्यान बताउँछन् । 

ग्रुपले २०० मेगावाट क्षमताको सोलार पनि निमार्ण गर्ने तयारी गरिरहेको छ । झापामा २०० विगाहा जग्गामा कृषि फार्म पनि संचालन भइरहेका गोल्यान बताउँछन् । 

गोल्यान ग्रुपले नेपालको अर्गानिक कृषिजन्य उत्पादन विदेश निर्यात गर्ने तयारी गरिरहेको र अबको ६ महीना भित्रमा निर्यात सुरु हुने उनको भनाई छ । आगामी आर्थिक वर्षमा १ अर्बको र २ वर्षमा १० अर्व भन्दा बढीको कृषिजन्य उत्पादन निर्यात गर्ने तयारी भइरहेको गोल्यान बताउँछन् । 

नेपालमा वर्षेनी २० अर्ब भन्दा माथिको विउ आयात भइरहेको भन्दै विउविजन आयात प्रतिस्थापन गर्दै निर्यात गर्ने योजना पनि रहेको उनले बताए । गोल्यान ग्रुपले हाल कस्तो क्षेत्रमा लगानी गरिरहेको छ र आगामी दिन कुन क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको छ यि र यस्तै विषयमा रहेर बिजपाटी डटकमका बिजय पराजुलीले एनमबी बैंकका अध्यक्ष समेत रहेका गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानसँग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादीत भिडियो अंश: 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved