'मर्जर समयको आवश्यकता हो,सबैले आ-आफ्नो स्वार्थ छाड्नुपर्छ' बैंकर संघका अध्यक्षको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2019 | 10:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमा नै ठुला बाणिज्य बैंकलाई मर्ज गर्न प्रोत्साहन गर्ने भनेपछि नेपाल राष्ट्र बैंक हौसिएको छ। मौद्रिक नीतिको अन्तिम तयारिमा रहँदै गर्दा राष्ट्र बैंकले बैंकका सीइओ र अध्यक्षलाइ डाकेर छलफल समेत गरेको छ।

राष्ट्र बैंकले बैंक, विकास बैंक र फाइनान्सका अध्यक्ष तथा सीईओहरुको अलग अलग भेला राखेर निर्देशनात्मक सुझाब समेत दिएको छ। त्यसयता बिशेषगरि बाणिज्य बैंकहरुलाई मर्जमा जान नैतिक दबाब पर्न थालेको विश्लेषण गरिएको छ। त्यसमा पनि बैंकहरुलाई मौद्रिक नीति पुर्व नै आफु अनुकुलको पार्टनर रोज्न सुझाब भएपछि मौद्रिक नीतिमा बैंकको संख्या घटाउने गरि बिशेष नीति आउने अपेक्षा गरिएको छ। 

बैंकहरुको संख्या घटाउन राष्ट्र बैंकले थालेको कदमलाई केहिले सकारात्मक भनेका छन भने केहिले गलत अभ्यास भनेर टिप्पणी गरेका छन। बैंकका संचालक तथा सीईओमात्र नभई आम सर्वसाधारणमा समेत मर्जरको बिषयलाई लिएर बिभाजन देखिएको छ।

यता 

चालु आर्थिक बर्षको अन्तिम महिना जारि रहेकाले क्लोजिङ, आगामी बर्षको बजेट, योजना, ऋण असुली जस्ता बिषयमा ब्यवस्त रहनुपर्ने भएकाले  मर्जका लागि यो समय उचित नभएको केहि बैंकका अध्यक्ष तथा सीईओको भनाई छ। 

राष्ट्र बैंकले भनेझैं हप्तादश दिनमा आफु अनुकुल पार्टनर खोज्न बैंकहरुलाई कति सहज छ ? लगानीयोग्य रकमको अभाब र ब्याजदरमा तिब्र प्रतिस्पर्धा लगायतका समस्या मर्जर नीतिले समाधान गर्न सक्छ ? अहिलेको आवश्यकता मर्जर हो वा अरु नै केहि छ ? मर्जरको प्रभाव वित्तीय क्षेत्रमा कस्तो रहन्छ ? जस्ता बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलि नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका कार्यकारी प्रमुख समेत रहेका ज्ञानेन्द्र ढुंगानासंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश:








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved