'मर्जरको लागि स्वदेशी, बिदेशी र सरकारी लगानीका बैंकलाई एकै नीति हुदैन' (अन्तर्वार्ता)

विजय पराजुली

विजय पराजुली

Jul 03, 2019 | 10:55:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमा नै ठुला बाणिज्य बैंकलाई मर्ज गर्न प्रोत्साहन गर्ने भनेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल उत्साहीत देखिन्छन। मौद्रिक नीतिको तयारिमा रहेको राष्ट्र बैंकले बैंकका सीईओ र अध्यक्षको भेला राखेर मर्जरका लागि पार्टनर रोज्नलाई सुझाब समेत दिईसकेको छ।

चार बर्षअघि २०७२ सालमा ४ गुणाले चुक्तापुंजी वृद्धि गरेर बैंक वित्तीय संस्थाको संख्या घटाउने उदेश्य लिएका गभर्नर नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति मार्फत पुरा गर्ने तयारीमा देखिन्छन।   

त्यसयता बाणिज्य बैंकहरुलाई मर्जरमा जान नैतिक दबाब पर्न थालेको विश्लेषण गरिएको छ। त्यसमा पनि बैंकहरुलाई मौद्रिक नीति पुर्व नै आफु अनुकुलको पार्टनर रोज्न सुझाब भएपछि मौद्रिक नीतिमा बैंकको संख्या घटाउने गरि बिशेष नीति आउने अपेक्षा गरिएको छ।

बैंकहरुको संख्या घटाउन राष्ट्र बैंकले थालेको कदमलाई केहिले सकारात्मक भनेका छन भने केहिले गलत अभ्यास भनेर टिप्पणी गरेका छन। बैंकका संचालक तथा सीईओमात्र नभई आम सर्वसाधारणमा समेत मर्जरको बिषयलाई लिएर बिभाजन देखिएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भने यसलाई बैंकिङ क्षेत्रको एउटा चरण भएको बताउँछन् । बैंकहरुको संख्या घटाउनु अहीलेको आवाश्यकता रहेको उनको दाबि छ। अन्य भन्दा बैंकिङ क्षेत्र चाँडो परिर्वतन हुने भन्दै ६० को दशकमा उदार आर्थिक नीतिको कारणले वित्तीय पहुँच बढाउन बैंकहरुको संख्या बढेको तर अब बैंकहरुको गुणात्मक विकासको लागि विग मर्जर आवश्यक भएको उनको भनाई छ । 

बजेटले नै विग मर्जको विषय उठाएकाले राष्ट्र बैंकले मौद्रिक नीतिबाट बैंकहरुलाई विग मर्जरमा लाने तयारी गरिरको तर त्यसको माध्यम कस्तो हुन्छ भन्ने छलफल भइरहेको उनको भनाई छ । विग मर्जमा लैजाँदा संयुक्त लगानी र नेपाली लगानीको बैंकहरुलाई केही नीतिगत भिन्नता आउन सक्ने उनले बिजपाटी संगको अन्तर्वार्तामा बताएका छन। 

नेपाली लगानीका बैंकहरुलाई विग मर्जको पहीलो प्राथमीकतामा रहने उनको् भनाई छ। त्यसपछि २० प्रतिशत विदेशीको लगानी रहेका बैंकहरुलाई मर्जको प्रक्रियामा लैजाने राष्ट्र बैंकको तयारी रहेको उनले बताए। 

राष्ट्र बैंकले मौद्रिक नीतिमा विग मर्जरको तयारी मर्जको आवश्यकता लगानीयोग्य रकमको अभाब र ब्याजदरमा तिब्र प्रतिस्पर्धा लगायतका समस्या मर्जर नीतिले समाधान गर्न सक्छ ? अहिलेको आवश्यकता मर्जर हो वा अरु नै केहि छ ? मर्जरको प्रभाव वित्तीय क्षेत्रमा कस्तो रहन्छ ? जस्ता बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलि र बिजय पराजुलीले नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलासँग कुराकानी गरेका छन । प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved