'मर्जर ६-७ दिनमा गर्ने कुरा होइन, जनता बैंकबाट भाग्न सक्छन' ड़ा गोपाल भट्टको अन्तर्वार्ता

विजय पराजुली

विजय पराजुली

Jul 07, 2019 | 05:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमा नै ठुला बाणिज्य बैंकलाई मर्जर गर्न प्रोत्साहन गर्ने भनेपछि नेपाल राष्ट्र बैंकका अधिकारीहरु उत्साहीत देखिन्छन् । मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले केहि समय पहिले बैंकका सिइओ र अध्यक्षहरुलाई डाकेर 'विग मर्जर' को नीति ल्याउने भन्दै  मौद्रिक नीतिम पुर्व नै उपयुक्त पार्टन खोज्न निर्देशन दियो। 

त्यसयता बिशेषगरि बाणिज्य बैंकहरुलाई मर्जरमा जान नैतिक दबाब परेको विश्लेषण भइरहेको छ । बाणिज्य बैंकहरुले धमामधम मर्जर कमिटि गठन गरेर उपयुक्त पाटर्नरको लागि छलफल चलाइरहेका छन् । गत शुक्रबार मात्र ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जको लागि सम्झौता गरेका छन् । अर्कोतर्फ कन्काई र ललितपुर फाइनान्सलाई एक्वाएर गर्न लागेको प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई गाभ्ने भन्दै शुक्रबार नै सम्झौता गरेको छ ।  

बैंकहरुको संख्या घटाउन राष्ट्र बैंकले थालेको कदमलाई केहिले सकारात्मक भनेका छन भने केहिले गलत अभ्यास भनेर टिप्पणी गरेका छन। बैंकका संचालक तथा सीईओमात्र नभई आम सर्वसाधारणमा समेत मर्जरको बिषयलाई लिएर बिभाजन देखिएको छ। नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट भने राष्ट्र बैंकले बैंकहरुलाई समय नै तोकेर मर्जर पार्टन खोज्न निर्देशन दिनुलाई बैंकहरुलाई दवाव र्सिजना गरेको बताउँछन् । राष्ट्र बैंकले पछिल्लो समय चालेको कदमलाई फोर्स वा स्वेच्छिक मर्जर दुबै भन्न नमिल्ने उनको भनाई छ । 

राष्ट्र बैंकले नै बैंकहरु छानेर यो बैंक यो सँग जा भनेको भए त्यसलाई फार्स मर्जर भनीने तर समय तोकेर आफै पार्टनर खोज्न भनेकोले यसलाईै स्वेच्छिक मर्जर पनि भन्न नमिल्ने उनको भनाई छ। 

स्वेच्छिक र फोर्स मर्जर भन्दा पनि पहिले मर्जर किन आवश्यक पर्यो भनेर प्रष्ट हुन आवाश्यक रहेको उनी बताउँछन्।  कुनै अनुसन्धान र रिपोर्ट  बीना मर्जरमा लैजाँदा त्यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी हुन सक्ने डा. भट्को बुझाइ छ । पहिले अध्यन भएर त्यसको आधारमा कीन मर्जर आवश्यक भयो त्यसको प्रतिबेदनको आधारमा आवश्यक भए मर्जर गर्नु पर्ने उनी बताउँछन् ।  

अध्ययन बीनाको निणर्यले बैंकीङ क्षेत्र मात्र नभएर पुंजी बजारको क्षेत्रमा प्रभाव पर्ने डा. भट्ट बताउँछन् । शेयर बजारको प्रमुख क्षेत्र बैंकीङ क्षेत्र मर्जमा जाँदा त्यको प्रभाव बारे पनि सोच्न जरुरी रहेको भन्दै हतारमा गरेको निर्णयले बजारमा खेलवाड हुने तर्फ बेलैमा ध्यान पुर्याउनुपर्ने उनको बुझाइ छ ।

विग मर्जरको चर्चा भइरहँदा यसले वित्तीय क्षेत्रमा पार्ने प्रभाव, राष्ट्र बैंकको नीति मोडालीटि तथा राष्ट्र बैंकले दिन सक्ने सहुलियत, यसले शेयर बजारमा पर्ने प्रभाव, कर्मचारी समायोजन लगायतको विषमा रहेर बिजपाटी डटकमका लागि बिजय पराजुलीले नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टसँग कुराकानी  गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश:



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved