पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को साधारणसभा भदौ २० मा हुँदैछ । यो सधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । टानमा विभिन्न पदका आकांक्षीहरु आफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।
आगामी साधारणसभाबाट नयाँ अध्यक्ष आउने भएपछि १८ सय भन्दा बढी सदस्य भएको टानमा नेतृत्वको दावेदारी प्रस्तुत भईरहेको छ । कसैले विज्ञप्ति र कसैले सामाजिक सञ्जालबाट उम्मेद्वारी घोषणा गरिरहेका छन् । सबै उम्मेद्वारले टानको वेथिति हटाउने, पदयात्री सूचना प्रणाली (टिम्स) को प्रभावकारी कार्यान्वयन गर्ने र टिम्स वापत टानले पाउनुपर्ने पैसा दिलाउने लगायतका नारा फेरि घन्काउन थालेका छन् । त्यसो त टानको यसअघिको निर्वाचनमा पनि यी नारा नगुञ्जिएका होईनन् । जब नेतृत्व चयनको समय आउँछ, तब विगतका नारा फेरि घन्किन्छन् ।
टानको वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष खुम सुवेदी अहिले अध्यक्षका मुख्य प्रत्यासी हुन् । माउन्टेन टुरिजमका क्षेत्रमा २६ वर्ष लामो अनुभव भएका उनी आफू अध्यक्ष बन्ने दाबी गर्छन् । युवा र नयाँ पदयात्रा व्यवसायीसहित हिजोका नेतृत्वको सहयोग आफूलाई हुने उनको विश्वास छ । टानमा देखिएको भद्रगोल हटाउन उनी टानको ‘क्याप्टेन’ बनेर संगठनलाई कता लैजाने भन्ने दिशा निर्देश गर्न चाहान्छन् । उनले निर्वाचित भएको तीन महिनाभित्र ‘टिम्स’ विवाद कि ‘एस’ कि ‘नो’ गर्ने दावी पनि गरेका छन् ।
टानको वर्तमान कार्यसमितिले गरेका काम, आगामी निर्वाचन लगायतका विषयमा केन्द्रित रही विजपाटीका निरोज कुमार थापाले टानका बरिष्ठ उपाध्यक्ष एवम् आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी खुम सुवेदीसँग गरेको भिडियो कुराकानी हेरौँः