Exclusive: भ्रमण बर्ष २०२० बारे पर्यटनमन्त्री योगेश भट्टराइसंगको कुराकानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2019 | 10:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई मन्त्रीका रुपमा नियुक्त भएको पहिलो हप्ता सकिएको छ । उनी यो हप्ताभर पर्यटन सम्वद्ध जानकारी लिने दौडमा केन्द्रीत रहे । आफू विलकुलै नयाँ भएकाले तुरुन्त एक्सनमा जान नसकिएको स्वीकार गर्दै उनले आफू सिकारी नभई सिकारु भएको बताउने गरेका छन् । 

शुक्रबार पनि मन्त्री भट्टराईले पर्यटन व्यवसायीसँग सुझाव माग गरे । चुनौती के के छन्, समाधानका उपाय के हुन सक्छन् ? भ्रमण वर्ष २०२० कसरी सफल पार्न सकिन्छ लगायतका विषयमा उनले व्यवयासीका राय लिएका छन। सोही कार्यक्रममा सहभागी हुन आएका मन्त्री  भट्टराईसंग बिजपाटी डटकमका लागि निरोज कुमार थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

भिजिट नेपाल २०२० को सुरुवात कहाँबाट गर्नुहुन्छ ?

सुरु भईसकेको छ । मैले यहाँभन्दा अगाडी पनि यो कार्यक्रममा निकै चासोका साथ अपडेट राख्ने गर्थे । अब त झन नेतृत्वमा नै आएको हुनाले पछाडी फर्किने कुरा छैन । हिजो बनेका योजना अध्ययन गरेर र नयाँ थप गरेर कम्तीमा १५ दिन भित्रमा हामी नयाँ योजना सार्वजनिक गर्छौँ ।

म यसको लागि तयार छु । भाग्ने कुरा छैन, भागेर काहीँ पनि पुगिँदैन ।

भ्रमण वर्षकै लागि आएका पर्यटक हुन भन्ने तथ्यांक कसरी राख्नुहुन्छ ? 

नेपाल पर्यटन बोर्डले डिजिटल स्याटेलाइट बनाएको छ । काम लगचग सुरु हुने चरणमा छ । योबाट पनि यकिन तथ्यांक आउँछ । अर्को भनेको नेपाल आउने एयरलाईन्ससँगको सहकार्यमा टिकटमै भ्रमण अंकित लोगो वा छाप प्रयोग गर्ने योजना छ । यो म डिटेलमा पछि भनौला ।

यकिन तथ्यांक राख्न हामी तयार छौँ भनेर बुझन् आग्रह गर्छु । 

२० लाख पर्यटक भित्र्याउने भनेर संख्या तोकिएको छ । विदेशमा संख्यासँगै मुद्रा आम्दानीको लक्ष्य पनि राखिन्छ । हाम्रोमा चाँही आम्दानीको लक्ष्य नराखिएको हो ?

नराखिएको भन्ने पक्कै होईन । सन् २०१८ मा पर्यटक आगमनको तथ्यांक हेर्दा हाम्रोमा ३ मिलियन डलरभन्दा धेरै आम्दानी भएको तथ्यांक छ । अहिले कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशतको हाराहारीमा देखिन्छ । यसलाई बढाएर १० प्रतिशत पुर्याउने भनिएको छ । यो नै लक्ष्य हो, आम्दानीको लक्ष्य राखिएन भन्ने हैन ।


भ्रमण वर्षकै लागि १०० गन्तव्य छानिए । ५०/५० लाख पैसा गयो । सुधार भए नभएको बारे कत्तिको अपडेट हुनुहुन्छ ?

यो बारे मैले बुझ्दै छु । भएको भए अझ सुधार गर्ने र काम नभएका गन्तव्यमा पनि द्रुत गतिमा काम गर्न विभिन्न सरोकारवालासँग समन्वय हुन्छ । नयाँ नयाँ गन्तव्यको विकासमा पनि हामी केन्द्रित हुन्छौँ ।

फाट्टफुट्ट नेपाल बन्द पनि हुन थालेको छ आजकाल । यसले पनि असर गर्ला । कम्तीमा १ वर्ष बन्द नहुने वाताबरण मिलाउन मन्त्रालयले केही योजना बनाउने तयारी गरेको छ कि ?

एक वर्षमात्रै होईन, बन्द हुनै हुँदैन । अब हाम्रो बाटो भनेको देशलाई आत्मनिर्भर र आर्थिक रुपमा समृद्ध बनाउनु छ । त्यसको लागि उपर्युक्त माध्यम पर्यटन हो । हामीकहाँ धेरै सम्भावना छ । 

म बन्द गर्ने, आन्दोलन गर्ने काम नगर्न साथीहरुलाई आग्रह गर्छु । यसले मूलुकको समृद्धिको यात्रा विथोलिन्छ । 

प्रधानमन्त्रीको उपस्थितीमा सकेसम्म धेरै व्यवसायीलाई एकै ठाउँमा भेला गराएर, कहाँ सकिन्छ टुडिखेलमा सकिन्छ कि त्यस्तै ठाउँ अन्यत्र कतै छ कि । त्यस्तो ठाउँमा राखेर सामूहिक सपथ खुवाउने कुरा पनि सोचेको छु । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved