'बीमामा बोनस र डबल रिटर्नको लोभ देखाउनु झुक्याउनु हो' प्राइमका सीईओको अन्तर्वार्ता

विजय पराजुली

विजय पराजुली

Aug 17, 2019 | 10:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited  ले गत आर्थिक बर्ष ४४.७१ प्रतिशतले बढाएर ३१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष २१ करोड ६३ लाख नाफा आर्जन गरेको थियो।   

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने भएकोले उनीहरुको मुनाफा बढ्न सक्नेछ। बीमा कम्पनीहरुको जिवन बीमाकोषबाट प्राप्त भएको आम्दानि सबैभन्दा धेरै हुने तर उक्त कोषबाट प्राप्त हुने आम्दानी एक्चुअरी भ्यालुएसन रिपार्ट आएपछि मात्र जिवन बीमा कम्पनीको वस्तविक मुनाफा निकाल्ने गरिन्छ । 

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या तीन लाख ५५ हजार भन्दा माथि रहेको छ । कम्पनीले हालसम्म एक अर्ब ६८ करोड २० लाख २८ हजार बीमालेख विक्रि मार्फत १५ अर्ब १४ करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ७६ रुपैयाँ ७० पैसा र मुल्य आम्दानी अनुपात २५.०३ गुणा रहेको छ।बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउन बाँकी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण गरेको छैन । 

त्यस्तै नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा कम्पनीको अभिकर्ता बन्नबाट रोक लगाएको छ। यसले बैंकको मुनाफा मात्रै नभई बीमा कम्पनीको नाफा समेत बीमाको पहुँचमा कमि आउने विश्लेषण गरिएको छ। यद्दपी बैंक तथा स्वयम् बीमा कम्पनीहरुले समेत बैंकलाई बीमा अभिकर्ता बन्न रोक लगाउनु भन्दा यसमा परिमार्जन गर्नुपर्ने औल्याएका छन। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको बैंकलाई बीमा अभिकर्ता बन्न नपाउने व्यवस्था, बीमा कम्पनी संचालनको अवस्था लगायतका बिषयमा 

बिजपाटी डटकमका लागि विजय पराजुलीले प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:  

प्राइम लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको आफ्नो प्रगतिलाई कसरी लिएको छ ? 

अघिल्लो आर्थिक वर्षसँग तुलना गरेर भन्ने हो भने हाम्रो प्रगति असाध्यै सन्तोषजनक छ। आर्थिक वर्ष २०७४÷०७५ भन्दा ०७५÷०७६ मा प्रथम बीमाशुल्क आर्जनमा ६१ प्रतिशते वृद्धि गरेका छौं । त्यही हिसाबले नविकरण बीमा शुल्क पनि उल्लेख्य रुपमा बढेको छ भने नाफा पनि करीब करिब ४५ प्रतिशतले बढेको छ ।  नाफा लगानीकर्ताको आकर्षको केन्द्रको रुपमा रहेको कुरा भयो । व्यवसाय कस्तो रह्यो आफ्नो ठाउँमा रहने भयो तर मुनाफा पनि अर्को सुचक हुन्छ त्यसमा पनि असाध्यै राम्रो प्रगति गरेका छौं । 

तर समग्र बीमा क्षेत्रको हर्ने हो भने प्रतिशतमा यति राम्रो हुँदाहुँदै पनि व्यवसायको आकारमा भने सन्तुष्ट हुने ठाउँ देखिदैन । तुलनात्मक रुपमा पनि  त्यति राम्रो गर्न सकेको देखिँदैन । एशियन लाईफ छोडेर केही समय पहिलेसम्म सँगै स्थापना भएका अन्य बीमा कम्पनीहरु बीमा पोलिशि नविकरणमा होस अथवा अन्य सूचकमा होस। सम्पुर्ण सूचकमा अगाडी थियौ तर अहिले उनिहरुले भेट्ने अवस्था आएको छ । 

यो वर्ष भने हामी सँगै आएका बीमा कम्पनी र नयाँ आएका बीमा कम्पनीले पनि प्रथम बीमाशुल्क आर्जनको हिसाबले अत्यन्तै राम्रो विजनेश गरेको देखिन्छ । यो व्यवसायलाई समग्र रुपमा तिन वटा वर्गमा बाँडेर हेनुपर्ने हुन्छ । पहिलो म्यादी बीमालेख, दोस्रो प्रथम बीमाशुल्लक र अर्को भनेको नविकरण बीमाशुल्क हो । यि तिन वटा सुचकलाई तुलना गरेर प्रथम बीमाशुल्क र नविकरण बीमा शुल्कको ब्यालेन्सलाई हेर्न हो भने प्राइम लाईफ सहित ३ वटा कम्पनीको असाध्यै राम्रो रहेको देखिन्छ । जुन कम्पनीको विगतको तुलनामा प्रथम बीमाशुल्क राम्रो हुनुको साथै नविकरण बीमाशुल्क पनि राम्रो रहेको छ । 

प्रथम बीमाशुल्कको हकमा प्राइम लाइफले दिएको तथ्याङ र अन्य बीमा कम्पनीले दिएको तथ्याङ एउटै हो अथवा होइन भन्ने एकीन छैन । कुनै कम्पनीले बैदेशिक रोजगारीको म्यादी पनि जोडेर दिएको हुनसक्छ । तर प्राइमले त्यसलाई जोडेको छैन । कसैले १०० करोड पुग्यो भन्नको लागि नवीकरणलाई जोडेर केक काटेको पनि छन् । समग्रमा २९ अर्बको प्रथम बीमाशुल्क निष्केको छ । त्यसमा बैदेशिक रोजगारी जोडेको छ की छैन र कम्पनीले आफुले पठाएकोमा नविकरण जोडेर हो अथवा नजोडी हो त्यो एकीन नभकोले सम्रग बीमा क्षेत्रलाई हेर्दा हाम्रो अवस्था के हो अहिले नै भन्न सकिदैन ।  सम्रग बीमाको हेर्ने हो भने हाम्रो अवस्था उत्साहजनक भने भएको छैन । 

प्राइम लाइफले प्रारम्भीक विवरण त प्रकाशित गर्यो तर एक्चुअरी भ्यालुएसन रिपार्टमा आएको छैन । प्रारम्भीक विवरण र विमाङकीय मुल्याङकन पछिको विवरणमा अन्तर कति हुन्छ ? 

प्रारम्भीक विवरण भनेको संचालन मुनाफा, संचालन खर्च र व्यवसायिक उपलब्धी मात्रै हो  । विमाङकीय मुल्याङकन गरेपछि मात्रै कम्पनीले जति बीमाशुल्क संकलन गर्यो त्यहि अनुपातमा दायित्व पनि बोकेर आएको हुन्छ । बीमाशुल्क अनुसारको वास्तविक दायित्व कति हो भने वास्तविक कुरा  मुल्याङकन पछि मात्र थाहा पाउन सकिन्छ । 

बीमा कम्पनीले संकलन गरेको बीमा शुल्कको एउटा भाग  जिवन बीमाकोषमा जान्छ । त्यो कोषमा पठाएको पैसा र सिर्जना गरेको दायित्व बीचको सामान्जस्ता कसरी हुन्छ भनेर मुल्याकन हेर्नुपर्ने हुन्छ । धेरै बीमाशुल्क उठएको छ तर बीमा कोषमा थोरै मात्रै पठाएको छ भने बीमाङकीय मुल्याङकनमा त्यति धेरै उत्साहकप्रद सरप्लस आउँदैन । तर बीमा शुल्कबाट प्राप्त आम्दादीमा राम्रो अनुपातमा बीमा कोषमा पठाएको छ भने त्यसको राम्रो रिजल्ट आउँछ । 

बीमाङकीय मुल्याङकनबाट आउने भनेको दायित्वलाई जति सिर्जना गराएका छौ त्यसको तुलनामा उठाएको बीमाशुल्क त्यसले कति मुनाफा दियो त भन्ने हो । त्यसैले प्रारम्भीक विवरण जति मुनाफा देखियो त्यसमा कम्पनीको नाफा बढ्छ भने अन्य सुचकहरु यथावत नै देखिन्छ । किनभने कम्पनीले खर्चजति सबै देखाइसकेको छ । अब देखाउन बाँकी भनेको भ्यालुएसनको सरप्लस हो । हाम्रो हिसाबमा प्राइम लाइफको सरप्लस राम्रो आउँछ । त्यसले वित्तीय आकार पनि राम्रो देखाउँछ । 

प्राइमको खुद बीमाशुल्क ३० र मुनाफा ४४ प्रतिशतले बढेको छ तर पनि पोलिशि होल्डरको संख्या भने करिब ४० प्रतिशतले घटेको देखिन्छ, पोलिशि होल्डर बढ्दै जानुपर्नेमा किन घट्न गएको हो ? 

पोलिशि संख्या घट्यो भन्ने कुरा सोध्नुभएको छ । यसमा केही बुझाइमा फरक परेको मात्रै हो । त्यसमा बैदेशिक रोजगारी जोडिएको छ ।  बैंदेशिक रोजगारी म्यादी बीमा माघ भन्दा पछि पुलमा गयो । पुलमा गएकोमा प्राइमको हो भन्ने संख्या आएको छैन । बैंदेशीक रोगारीको म्यादी बीमा बढीमा पाँच वर्ष सम्मको थियो । त्यसकने म्याद सकियो । अहीले गरेको ब्यवसाय कति हो भनेर जोड्न पाइएको छैन पहिले गरेको ब्यवसाय म्याद सकिएर घट्दै गएको छ  । जसले गर्दा समग्रमा घटेको देखिन पुग्यो । 

विवरण प्रकाशित गर्दा नै बैंदेशिक रोगारीको बीमालेख र समकालिन (चल्दै आएको) बीमालेख संख्या छुट्याएर लेखेको भए त्यो संख्या घट्दैन थियो । बैदेशिक रोजगारीमा बीमालेख भने कमी देखिन्छ तर समकालिन भने घटेको छैन । सबै पोलिशि एकै ठाउँमा रहेको हुनाले घटेको जस्तो देखिएको हो । 

हाल प्राइम लाइफको पुँजी १ अर्ब ७८ करोड रहेको छ । अब अगामी दिनमा बीमा समितिले तोकेको २ अर्बमा सिमित रहन्छ अथवा त्यो भन्दा बढाउँदै लैजानुहुन्छ ? 

पहिले त नियामक नियकायले तोकेको न्युनतम पुँजी कायम गर्नुपर्यो । हामीले बोनस शेयर दिएर बीमा समितिले तोकेको पुँजी पुर्याउने हो । आर्थिक वर्ष २०७३÷०७४ कै मुनाफाबाटा हाम्रो शेयर होल्डर कोषमा करिब ३४ करोड रुपैयाँ बाँकी रहेको छ । २०७४÷०७५ को वार्षिक साधारणसभा नभएकोले मैले यस्तै छ भन्दीन । गत आर्थिक वर्षमा हाम्रो ३१ करोड रुपैयाँ नाफा आएको छ । त्यसमा विमाङकीए मुल्याङन पछि अर्को ९ करोड जति नाफा जोडिछ । यसरी हेर्दा करिब करिब ७०÷७५ करोड जति शेयर होल्डरलाई वितरण गर्न मिल्ने फण्ड हामीसँग रहेको छ । 

प्रमुख कार्यकारी भएकोले त्यति नाफा ब्यालेन्स सिटमा देखाउने जिम्मेवारी मेरो भयो । २०७३÷०७४ कै मुनापाmबाट नियामकले ब्यवस्था गरेको न्युनतम पुँजी पुग्ने भएकोले बाँकी रहेको नाफा नगदमा बाँड्ने अथवा बोनसको रुपमा कम्पनीमा नै थप गर्दै जाने भन्ने कुरा लगानीकर्ता विषय भयो । कम्पनीको सिइओको हिसाबले चाँही कमाएको नाफा कम्पनीमा नै लगानी गर्दै जानुपर्छ  आज नभएपनि भोलिको दिनमा ब्यवसायको स्तर बढ्दै जाँदा पुँजी पनि बढाउनुपर्छ भन्नेर सुझाव मात्रै दिने हो । बाँकी कसरी जानुहुन्छ संचालकहरुको कुरा भयो । 

प्राइम लाइफ इन्स्योरेन्स अन्डर राइटीङमा अरु भन्दा स्ट्रङ छ भन्ने दाबी गर्नुहुृन्छ । त्यसको आधारहरु चाँहि के छन् ? 

सिद्धान्त जे पनि हुन्छ । ऐन, नियम, कानुन जसले पनि बनाउँछ । भएको कुरामा अडीग भएर कार्यन्वयन भयो की भएन भन्ने कुरा महत्वपुर्ण हो जस्तो लाग्छ ।  हाम्रो अन्डरराइटीङ पोलिशि र अन्डरराइटीङ स्टान्डर्ड राम्रो छ । अन्डरराइटीङ पेलिशिमा जे लेखिएको छ हामीले त्यही अनुसारले काम गरिरहेका छौ । त्यसो भनिरहँदा अरुले कसैले गरेन भन्ने आधार हामीसँग छैन । 

तर पनि बजारमा कुराकानी त हुन्छ । एजेन्टहरुले अरु कम्पनीमा भए यो बीमा पोलिशि पास भइसक्थ्यो तर तपाईहरुले गर्नु भएन भन्ने गरेको सुनिन्छ । यसको मतलब अरु कम्पनी भन्दा हामी अलि कडार र स्टान्डर्ड नै रहेछौ भन्ने बुझाइ हो । सर्वसाधारणकोे कुराको आधार र हामीले जे लेखेको कुराहरुलाई परिपालना गररहेका छौ । त्यहि नै हाम्रो स्ट्रङ पक्ष हो । 

अन्य जिवन बीमा कम्पनीसँग तुलना गर्दा प्राइम लाइफको स्थान कस्तो देख्नुहुन्छ ?

प्राइम लाइफ भन्दा एशियन लाईफ जिवन बीमा कोषको हिसाबले बलियो अवस्थामा छ । हामी र एशियन लाइफसँगै आएको भएपनि उसले सुरुको ४÷५ वर्ष समकालिन पोलिशमा जुन किसिमको व्यावसायिक प्रगति गरेको थियो । जिवन बीमा कोषलाई बलियो बनाउने समकालिन पोलिशीले हो बैंदेशिक रोजगारी म्यादी बीमाले होइन । तर प्राइम लाइफको फोकस चाँही सुरुको ६ वर्ष बैदेशिक रोजगारी मा भयो र  समकालिनमा राम्रो हुन सकेन जसले गर्दा जिवन बीमा कोष नै बन्न सकेन । 

तर पनि हामी सँगै आएका अन्य कम्पनीको तुलनामा आजको दिनमा हामी एशियन भन्दा मात्र पछि रहेका छौं । २०७१ साउनमा म सिइिओ भएर आउँदा हाम्रो जिवन बीमा कोष १ अर्ब ८७ करोडको मात्र रहेको थियो । अहीले म आएको पाँच वर्ष पुरा हुँदै गर्दा ८ अर्ब ९० करोड पुगेको छ । पछिल्लो पाँच वर्षमा करिब ७ अर्बले जिवन बीमा कोष बढेको छ । समकालिन पोलिशि सुरु पौथमीकतामा राखेका छौ । जुन जिवन बीमा कम्पनीहरुले सुरुबाट नै गर्नुपर्ने काम हो त्यसमा ढीलो सुरु गरेकोले हामी केही कमजोर भएको हो अब बलियो ढंगले अगाडी बढीसकेको छौं । 

जिवन बीमाको लागि प्राइम लाइफलाई नै किन रोज्ने ?

कुनै पनि व्यवसाय गर्ने अथवा सेवा प्रदान गर्ने क्रममा हेर्नु पर्ने पहिलो कुरा भनेको प्रोडक्ट अथवा सेवाको प्रकार हो । प्राइम लाइफको बलियो पक्ष भनेको प्रोडक्टको फरकपन हो । हामीसँग ४÷५ वटा यस्तो प्रोडकट रहेको छ जुन आफैमा युनिक रहेको छ । अरु कुनै कम्पनीमा त्यो प्रोडक्ट नै छैन । प्राइम लाइफले महिलाहरुको लागि मात्रै भनेर नारी जिवन भन्ने पोलिशि संचालन गरिरहेको छ ।  यो पोलिशि प्राइम लाइफमा मात्र छ । 

त्यस्तै प्राइम लाइफ पेन्सन प्लान रहेको छ, जुन नीजि क्षेत्रमा पनि पेन्सन दिने योजना हो ।  पेन्सन प्लान अन्य कम्पनीले पनि ल्याएको होला तर हाम्रो त्यसमा ६ वटा विषेशता रहेको छ । यसमा पेन्सनको धेरै विक्ल्प रहेको छ । जुन बीमा क्षेत्रको युनिक प्रोडक्ट हो । त्यस्तै गत वर्षबाट प्राइम लाइफ जिवन उपहार भन्ने पोलिशी ल्याएका छौं । जसमा एउटा पोलिशि लिएको एक वर्ष पुरा भएपछी अर्को पोलिशिको निशुल्क रिक्स कभर गरिरहेका छौ । डबल बोनस दिएका छौ । एउटा पोलिशि लिदाँ दुईवटा पोलिशि आएको छ । यो कतै पनि नभएको अत्यन्त युनिक प्रोडक्ट भयो । अर्को प्राइम सुरक्षित आवास भन्ने प्रोडक्ट रहेको छ । जुन बैंकले घर कर्जा दिँदा घर कर्जा लिने मान्छेको बीमा हुन्छ । जसमा बैंकलाई तिर्ने किस्ता मात्रै तिर्दा उसको बीमा पनि हुन्छ । उसको बैंकको ब्याज पनि तिरिन्छ भने साँवा हामीले तिरिदिन्छौ ।  

अर्को सञ्जाल पनि हो । पहाडमा दाचुर्ला बाटा ताप्लेजुङसम्म र तराईमा बेलौरीबाट धुलाबारीसम्म सञ्जाल फैलिएको छ । ति सबै सञ्जालबाट हामीले बीमाका सेवा र सुविधा प्रदान गरिरहेका छौ । त्यस्तै सेवा गुणस्तर पनि हो । हामीले बेबबाट काम गरेको हुनाले रियल टाइममा जहाँ बाट जस्तो  पनि सेवा तुरुन्तै दिन सक्ने अवस्थामा छौं । 

अब केही नितिगत कुराहरु गरौं, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बीमा कम्पनीको एजेन्ट बनेर काम गर्न रोक लगायो यसलाई कसरी हेर्नुहुन्छ ? 

कर्पाेरेट एजेन्ट आजमात्र सुरु भएको होइन । हामीले धेरै वर्ष पहिलेदेखि यो प्राक्टीस गर्दै आएको हो । प्राइम लाईफले ११ वर्ष पुरा गरिरहँदा ११ वर्ष पहिले नै बैंकलाई एजेन्ट बनाएर विजनेश गरिरहेकै हो । पछिल्लो समय आएर धेरै सँग भयो होला त्यतिबेला थोरैसँग मात्रै थियो तर यो बजारमा प्रचलनमा रहको सिस्टम हो । यतिका वर्षसम्म राम्रैसँग चलेको थियो कुनै समस्या थिएन तर विगत एक डेढ वर्षमा यसमा यति सम्मको विवाद आयो की साह्रै नै नराम्रो अवस्था भयो ।  कुनै देशको मौद्रिक नीतिमा कुनै एउटा क्षेत्रले गरेको गतिविधिलाई मुलुककको केन्द्रिय बैंकले प्रतिवन्ध लगाउनुपर्ने अवस्था आउँछ भने यसमा केही न केही समस्या थियो भन्ने हो ।  नराम्रो अवस्था नआएको भए मुलुकको मौद्रिक नीतिमा ल्याउनुपर्ने थिएन होला । 

विगतमा राम्रो सँग चलेको कर्पोरेट एजेन्ट अहीले आएर यो विकृति किन यसरी बढ्यो । यो विकृति आउनुको पछाडीको कारक तत्व के हो । नाया बीमा कम्पनीको बजार प्रवेश सँगै विकृति किन बढ्यो ।  यसलाई बन्द गर्ने भन्दा पनि के कारण भयो भनेर अध्यन गर्नुपर्ने पो थियो की । 

अर्को भनेको बैंक पनि केन्द्रिय बैंकको नियमन दायर भित्र बसेर काम गर्ने संस्था हो भने बीमा पनि बीमा समितिको नीयमन दायरा भित्र बसेर काम गर्ने संस्था हो । दुई नियमन दायरा भित्र रहेर काम गर्ने संस्था भएकोले यो बदमाशि कसले र कुन हदसम्मको भयो । त्यसको छानविन गरेर त्यसलाई कारवाही गार्द राम्रो हुन सक्थ्यो बन्द नै गर्न आवश्यक थिएन की भन्ने चाँही हो । यसको विकृतिहरु रोकेर कसरी सुधार गरेर लैजान सकिन्छ भनेर आफुले नियमन गर्ने संस्थाहरुमा यसमा ध्यानाकर्ष गराएको भए कर्पोरेट क्षेत्र हो नबुझ्ने पिक्कै थिएनन र भन्ने लाग्छ । बाँकी नियामकले विचार गरेको हुनपर्छ । 

पछिल्लो दुई वटा घटानामा बीमाको दावीको लागि हत्या सम्म भएको छ, के नेपालको बीमा पोलिशिमा त्रुटी भएर त होइन, यसलाई कसरी बुझ्नुभएको छ ?

यसलाई दुई तरिकाले हेनुपर्छ । पहिलो प्रोडक्टको हिसाबले हेनुपर्छ । किनभने अभिकर्ताले भन्यो अथवा कम्पनीको शाखा प्रमुखले भन्यो जसले भने पनि कहीँ न कहीँ विमितलाई गलत म्यासेज दिएको छ । कुनै किसिमको प्रलोभनमा उ परेको देखिन्छ । प्रोडकटको त्यस्तो फिचर जसले तुरुन्तै प्रतिफल दिन्छ भन्नेखालको प्रोडक्ट छ भने त्यो प्रोडकटको कारणले भएको हुन सक्छ । कुन कम्पनीको कुन प्रोडक्टमा त्यस्तो फ्याक्टरहरु रहेको छ जसले गर्दा यस्तो घटना हुन्छ । त्यो नियामकले हेर्नुपर्छ । प्रोडकटमा नै लालच दिने खालको कुनै फिचर हुनु हुँदैन । 

हामीले पनि बच्चाबच्चीको बीमा गरेका छौ  । आज कसैले बीमा गर्यो भने या त त्यो बच्चाको उमेर ८ वर्ष पुग्नुपर्छ या त बीमा किनेको ३ वर्ष नपुगिकन बच्चाको बीमाको जाोखिम बहन नै गदैर्नौ ।  बच्चाको मृत्यु भएमा तिरेको बीमा शुल्क मात्र फिर्ता हुन्छ । कोही मानिसले बीमा गरेर २ वर्ष पुरा नभइकन उसले आत्महत्या गर्यो भने उसको परिवारले बीमा दाबी पाउँदैन । अन्डराइटीङमा क्वालीटिको हुने हो भने यस्तो घटनाहरु हुँदैन । 

समाचारलाई आधार माने हो भने पोखराको घटनाको कुरा गर्दा जुन ब्यक्तिले श्रीमतिको हत्या गर्यो उ चिप्लेढुङ्गामा एउटा मोबाइल मर्मत सेन्टर चलाएर बसेको मान्छे हो । उसले श्रीमतिको १ करोड रुपैयाँको बीमा गराएको छ । श्रीमतिको आम्दानीको स्रोत केही पनि छैन । बीमाको अन्डराइटिङ सिद्धान्तले बीमा गर्नको लागि आधार चाहिन्छ भन्छ । यसको बीमा भएन भने यसलाई कुनै तलमकाथि हुँदा उसँग आश्रीत उसको परिवारलाई समस्या आउँछ त्यसैले उसलाई बीमा आवाशयक छ, उसको बीमा गर्नुपर्छ भन्छ । मोबाइल पसल चलाउने आफैंलाई केही भएको भएपो उसको श्रीमति छोराछोरीलाई समस्या थियो तर आम्दानी गर्ने मान्छे जस्ताको त्यस्तै छ तर जसको आम्दानी छैन उसको यति ठुलो बीमा भएको छ । खोइ त अन्डराइटीङ हेरेको । 

१ करोड रुपैयाँको बीमाको लागि न्युनतम पनि वार्षिक ७ लाख प्रिमीयम बुझाउनुपर्छ तर एउटा सामान्य मोबाइल मर्मत गर्ने मान्छेले ७ लाख रुपैयाँको प्रिमीयम तिरिरहनको लागि उसको वार्षिक आम्दानी कति हुनुपर्छ । उसको आम्दानीले त्यति ठुलो प्रिमीयम तिर्न सक्छ की सक्दैन अन्डराटीङमा हेर्नु पर्दैन । म यत्रो कम्पनीको सिइओ भएर काम गरेको यतिको वर्ष भयो महिनाको ५÷७ लाख रुपैयान कमाउँछु तर पनि श्रीमती र छोराछोरीको १ करोडको बीमा गर्न सकेको छैन । 

श्रीमानले नै मेरो श्रीमतीको बीमा गर्न भनेको छ भने किन लाभग्राहीमा श्रीमान् नै भयो लाभग्राहीमा उसको बच्चाबच्ची हुनु पर्दैन । अन्डरराइटीङ हेर्नुपर्ने यस्तैकुराहरु हुन् । अनडरराइटिङमा ध्यान दिएको थियो भने सायद यो घटना हुँदैन थियो । 

नयाँ जिवन बीमा सञ्चालनमा आएपछि बीमामा प्रतिस्पर्धा बढेको छ भनिन्छ के स्वस्थ प्रतिस्पर्धा मात्र बढको हो कि अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको छ ? 

बजार विस्तार भएको छ । सबै बीमा कम्पनीले ब्यवसाय गरेको अवस्था छ । पुरानाको पनि ग्रोथ छ नयाँ कम्पनीको पनि ग्रोथ छ । समग्रमा ग्रोथ हेर्दा राम्रो प्रतिस्पर्धात्मक अवस्था छ । कसैलाई नयाँ कम्पनी आयो भनेर खतरा पनि महसुस गरे होला । कसैलाई अस्तिस्त्व जोगाउने चुनौति पनि भए होला । नयाँ नयाँ सोचहरु ल्याउने, नयाँ नयाँ प्रोडक्ट डिजाइन गर्ने मार्केटिङका नयाँ नयाँ उपायहरु पत्ता लगाउने, नयाँ नयाँ कस्सिमले एजेन्सीहरुलाई आकर्ष गर्ने जस्ता कामहरु भए त्यो हिसाबले बीमा बजार विस्तार राम्रो भएको देखिन्छ । संख्यात्मक रुपमा वृद्धि हुँदा पनि ब्यवसाय नघटेको हिसाबले हेर्दा राम्रो भएको देखिन्छ ।  

तर प्रतिस्पर्धा स्वस्थ र अस्वस्थको कुरा छ , केहि घटनाले एक दुईवटा कम्पनीको व्यववसायिक स्तर, आज भन्दा ३० वर्ष पुराना कम्पनी भन्दा पनि बढी बीमा शुल्क संकलन गरेको हर्ने हो भने साँचिक्कै सही बाटोबाट भएको हो की होइन यो भनरे शंका गर्नुपर्ने अवस्था पनि छ । तर जसरी हुन्छ बीमा गराउने अन्डरराइटीङ नहेर्ने, भोलि यो पोलीशि नविकरण हुन्छ हुँदैन मतलब छैन तर बीमा गराउने त्यो किसिमको गतिविधि हुँदा स्वस्थ प्रतिस्पर्धा भएको छैनकी भन्ने अवस्था पनि छ । 

अहीले बीमा कम्पनीहरुको जुन व्यवसायिक प्रतिवेदन आएको छ मेरो विचारमा अर्को वर्षको प्रतिवेदन आउँदा धेरै कुरा छर्लङ हुन्छ । मैले अहिले जति विजनेश गरेको छु अर्को वर्ष त्यो नविकरण हुन्छ । त्यसको १०÷२० प्रतिशत नहोला तर ८० प्रतिशत त नविकण हुनु पार्यो नी । यो वर्ष प्रथम बीमाशुल्क जति आर्जन गरेको छ । त्यसको ८० प्रतिशत नविकरण बीमाशुल्क आयो भने स्वस्थ वातावरणमा काम गरेको देखिन्छ अन्यथा शंका गर्ने ठाउँ रहन्छ ।  

बीमा क्षेत्रमा नयाँ कम्पनी आयो तर त्यहि अनुसार बीमा कम्पनीले नया केही दिन सकेनन भनिन्छ, यसको कारण के देख्नुहुन्छ ?

अभिकर्तालाई मात्र प्रलोभन दिएर उनीहरुलाई मात्र सुविधा थप गरेर जसरी तसरी बीमा हिस्सा बढाउँ भन्ने उदेश्यले सम्रग उद्योगलाई योगदान गर्दैन । म आफ्नो अन्डराइटीङ स्टान्डर्डमा बसेर नयाँ सोच सहित नयाँ किसिमका सुविधाहरु दिन्छु बीमीतहरुलाई भन्ने हुनुपर्छ । नचाँहिदो फटाहा कुरा गरेर होइन,अब बोनसको कुरा गर्नै परेन डबल त यसै पायो भनेको छ । डबल कसरी हुन्छ भनेको डबल दिने त त्यहि बोनस बाट हो । १० प्रतिशत भन्दा माथि रिर्टन छैन । १० प्रतिशतको रिटर्नमा डबल दिनको लागि १० वर्ष त न्युनतम पनि चाहिन्छ । त्यसमा पनि बीमा समितिले विमाङकीय मुल्यांकन गर्नको लागि ६ प्रतिशत भन्दा माथिलाई आम्दानी मान्न पाइदैन त्यसलाई प्रोभिजनमा राख्नुपर्छ भनेको छ । ६ प्रतिशतको रिटर्नले कसैले १० प्रतिशत दिन्छु भन्छ भने कसरी विश्वास गर्ने । यति बर्षमा डबल भन्ने कुरा त झुक्याउने कुरा हो । त्यस्तो झुक्याउने कुरा गरेर कसरी हुन्छ । बरु म तपाइलाई सस्तोमा बीमा पोलिशि दिन्छु, अब बजार परिपक्व भइसकेको छ । नया सोच लिएर बीमा योजना बनाउन सकिन्छ । जस्तो पोलिशि किनेको २ वर्ष सम्म मृत्यु जोखिम बहन गर्दिन २ वर्ष पछि आजिवन जोखिम बहन पनि भयो र बोनस पनि यति दिन्छु भन्यो भने त्यो २ वर्षको पैसाले राम्रो रिर्टन दिन सक्छ भने राम्रो रिर्टन दिएर त्यस्तो योजना लिएर जाँदा राम्रो हुन सक्छ । 

रिसर्च र डेभलपमेन्टमा बढी समय दिएर नयाँ कनसेप्ट विकास गरे नयाँ प्रोडक्ट ल्यार अगाडी बढ्ने हो भने समग्र बीमा उद्योगमा राम्रो प्रभाव आउँछ। उहि पुरनो ढर्राले मानछे झुक्याउने किसिमले गर्ने हो भने तर आज एक जना झुक्कीएला भोलि एक जना झुकिएला । भोलि केहि एक जनाले कसरि डबल दिने रहेछ हिसाब गरेर देखाउ त भन्दा नसकेपछि बीमा कम्पनीकै बदनाम हुने गरेर बीमा कम्पनीले ठग्यो भन्ने गरेर काम गर्न हुँदैन । त्यसले बीमा उद्योगलाई नकारात्मक असर पर्न सक्छ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ? 

बीमा अपरिहार्य छ । यो आवश्यकता नै हो । गाँस वास कपास जस्तै  मानिसको आधारभुत आवश्यकता भित्रै पार्नुपर्छ यसलाई । गाँस वास कपासको निरन्तरता गर्ने नै बीमा हो  । बीमाले नै सानो सानो बचतबाट भविष्यको पर्न सक्ने संकट र लागि राम्रो प्रतिफल हुनाले यि दुबै क्षेत्रबाट हेर्दा जो पनि बीमा योग्य हुनुहुन्छ । सबैको बीमा हुनुपर्छ र आफुले राम्रोसँग हेरेर र बुझेर यो योजना मेरो लागि उपयुक्त हुन सक्छ भनेर गर्नु पर्छ कसैको बहकाउमा लागेर होइन र सहि बीमा योजना छानेर बीमा गर्नुपर्छ यहि सन्देश सबैलाई जानु पर्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved