'हामीले एउटा कम्पनीलाई ६ करोडसम्म लगानी जुटाई दिन्छौ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 12:49:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा प्रतिकुल परिस्थितिका कारण अधिकांश ब्यवसाय सफल हुन सकिरहेका छैनन्। त्यसमाथि पनि नयाँ ब्यवसाय पुंजी तथा उपयुक्त परामर्शको अभावमा बिस्तार तथा सुधारमा कठिनाई भोग्दै आएका छ। यहि परिस्तिथिमा नेपालमा रहेको प्रयाप्त अवसरलाई सदुपयोग गर्न रक्स्टार्ट इम्प्याक्टको स्थापना भएको छ। जसले सम्भावना बोकेका तथा समाजमा राम्रो प्रभाबको क्षमता राख्ने उदाउँदा व्यवसायीलाई नेपाल तथा अन्तर्राष्ट्रिय सल्लाहकारबाट उत्कृष्ट परामर्श र व्यसाय बिस्तारमा आवश्यक स्थानीय तथा बिदेशी लगानी जुटाईदिने काम गर्दै आएको छ।  

यसले बिगत दुई बर्षमा करिब १५ भन्दा बढी नेपाली कम्पनीहरुलाई सफल रुपमा ब्यवसाय बिस्तार गर्नका लागि परामर्श तथा लगानी जुटाईदिएको छ । त्यस्तै केहि कम्पनीहरु थप लगानी जुट्ने प्रक्रियामा रहेका छन। 

तेस्रो चरण अन्तर्गत महत्वाकांक्षी तथा उदाउँदा कम्पनीहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउन बिशेष 'एक्सिलरेटर' कार्यक्रम चलाईरहेको 'रक स्टार्ट इम्प्याक्ट कम्पनी' ले यस बर्षको कार्यक्रमको लागि पनि १० कम्पनी छनौट गरिसकेको छ। यस बर्षको कार्यक्रममा सहभागिता जनाउन परेको १ सय ९७ कम्पनीको आवेदनबाट रक स्टार्टले १० कम्पनी छनौट गरेको हो ।  

रक्स्टार्टले कसरी र के आधारमा कम्पनीको छनौट गर्दछ ? कसरी लगानी जुटाउने काम गर्छ ? यिनै बिषयमा आधारित रहेर हामीले रक्स्टार्ट इम्प्याक्टका कार्यक्रम निर्देशक सिमोन माथिज्स्सेन र बजार प्रबन्धक कुमार महर्जनसंग कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

रक्स्टार्ट भनेको के हो ? 
रक्स्टार्ट भनेको नेपालका उदाउँदा तथा सम्भावना बोकेका कम्पनीहरुमा लगानी बढाउन सहयोग गर्ने र प्रभावकारी ढंगबाट अघि बढाउन बिशेष 'एक्सिलरेटर' कार्यक्रम चलाईरहेको संस्था हो।

रक्स्टार्ट इम्प्याकट एउटा यस्तो कार्यक्रम हो जुन सन २०१४ देखि वन टच कम्पनीबाट संचालित छ।    

यसले कसरी काम गर्छ ?
यो एउटा यस्तो कार्यक्रम हो जसले आबेदन दिने कम्पनीहरुबाट उदाउँदा तथा सम्भावना बोकेका १० कम्पनी छनौट गर्छ। छनौट कम्पनीका लागि १०० दिनमा लगानी तयार बनाउछ। उच्च कोटीको १०० दिने लगानी तयार कार्यक्रममा यस अघि प्रयोगमा आएका र उत्कृष्ट प्रमाणित भएका तरिका र बिधिहरुबारे अवगत गराउछ। साथै छनौट कम्पनीहरुले स्थानीय तथा अन्तराष्ट्रिय प्रोफेशनल (जो नेटवर्किङ अवसर र सहयोगी हात  जुटाउने काममा संलग्न छन्) बाट १०० दिने गहन कोचिङ प्राप्त गर्छन। 

दुईवटा मापदण्ड पुगेका कम्पनीहरु छनौट प्रक्रियामा पर्ने गर्दछन। आर्थिक रुपमा स्वस्थ र सामाजिक प्रभाब पार्न हुनु पर्छ। अर्थात कम्तिमा पछिल्लो एक बर्षमा आर्थिक रुपमा सबल भई राम्रो कारोबार गर्न सक्ने अवस्थामा रहेको र थप लगानी हुँदा अझै राम्रो गर्न सक्ने सम्भावना भएको कम्पनी हुनु पर्ने छ। 

' १०० दिने कोचिंङ' भनेको के हो ? अलि स्पष्ट पारिदिनुहोस न । 
हरेक बर्ष १ सय भन्दा बढी कम्पनीहरुले आबेदन दिनुहुन्छ। त्यस मध्ये आर्थिक रुपमा स्वस्थ र सम्भावना बोकेका तथा सामाजिक प्रभाब पर्ने क्षमता बोकेका उत्कृष्ट १० कम्पनी छनौट गर्छौं। 

छनौट भएका कम्पनीहरुलाई स्थानीय तथा अन्तराष्ट्रिय लगानीकर्ताबाट लगानी जुटाउनका लागि आफ्नो कम्पनीको वित्तीय अवस्था, बलियो व्यवसायिक योजना राम्रोसंग प्रस्तुति गराउन दिने एक प्रकारको बिशेष तालिमलाई नै हामीले 'लगानी तयार कार्यक्रमका लागि १०० दिने कोचिंङ' भनेका हौँ। 

यस १०० दिने कोचिंङलाई हामीले नेपालको चलनचल्तीको भाषा अनुसार प्रेसर कुकर कोचिङ भन्न नाम दिएका छौ। यसबाट कम्पनीले मजबुत तथा दिर्घकालिन व्यवसायिक योजना, कम्पनीको क्षमता, ब्यवसायको बिस्तार तथा सुरक्षित लगानीको आधारबारे ज्ञान हासिल गर्छन। 

छनौट कम्पनीले यस १०० दिने कोचिंङमा लगानी तयार गर्नका लागि नेपाल तथा विदेश (नेदरल्याण्ड) का अनुभब प्राप्त तथा ख्यातीप्राप्त सल्लाहकारबाट बिशेष प्रकारको तालिम पाउने गर्छन। 

हरेक कम्पनीले कम्तिमा दुई जना स्थानीय तथा २ जना नेदरल्याण्डसका सल्लाहकारबाट आफ्नो व्यसायलाई अझै उत्कृष्ट बनाउन सकिने सल्लाह तथा सुझाबका साथै लगानी जुटाउने तरिकाहरु सिकाउने गर्छन। जसबाट कम्पनीले स्पष्ट व्यवसायिक योजना, व्यवसायमा भएको अवसर तथा चुनौती, दीर्घकालीन योजना, कम्तिमा ५ बर्षसम्मको व्यवसायिक योजना, लगानी जुटाउनका लागि आफ्नो व्यसायबारेको प्रस्तुतीकरण लगायतका ज्ञान हासिल गर्छन। 

जब लगानी तयार कार्यक्रम मार्फत कम्पनीहरुमा आफ्नो व्यवसाय बारे थप आत्मविश्वास बढ्छ, उनीहरुलाई हामीले स्थानीय तथा अन्तराष्ट्रिय लगानीकर्ता माझ प्रस्तुत हुने अवसर प्रदान गर्छौ।  


कम्पनीहरुले कसरी लगानी प्राप्त गर्छन ?
'लगानी तयार कार्यक्रमका लागि १०० दिने कोचिंङ' फेजपछि कम्पनीहरुले स्थानीय सम्भावित लगानीकर्ता माझ आफ्नो व्यवसायको बारेमा प्रस्तुति दिन्छन्। जसलाई हामीले 'डेमो डे काठमान्डौ' नाम दिएका छौं। त्यसपछि कम्पनीहरुलाई नेदरल्याण्डका लगानीकर्ता माझ आफ्नो व्यवसाय बारेमा प्रस्तुति दिने अवसर प्रदान गर्छौ जसलाई हामीले 'डेमो डे आम्सटरडम' नाम दिएका छौं। 

अधिकांश लगानीकर्ताहरुले डेमो डे आम्सटरडममा दिएको प्रस्तुतीका आधारमा लगानी जुटाउने गर्दछन्। 

नेपाली कम्पनीमा बिदेशी लगानीको ढांचा कस्तो हुन्छ ? 
सामान्यतया कम्पनीमा नेपाली व्यवसायीको सेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत हुन्छ भने आवश्यकता अनुसार ४९ प्रतिशतसम्म स्थानीय तथा बिदेशी लगानीकर्ताको लगानी हुन्छ। 

नेपालका छनौट कम्पनीहरुले सेयर स्वामित्व कस्तो हुने भन्ने बारे निर्णय गर्छन। किनकि उनीहरु नै आफ्नो व्यवसायको मालिक हुन्। कति सेयर स्वामित्व हुने भन्ने बारेमा हाम्रो संलग्नता हुँदैन। हामी त मात्रै नेपाली कम्पनीहरुलाई बिदेशी लगानी जुटाईदिने 'पुल' हौँ। 

लगानीको प्रक्रिया कस्तो हुन्छ ? लगानीको अवधि कति हुन्छ ? 
लगानीको अवधि र प्रक्रिया कस्तो हुने भन्ने कुरा कम्पनी र लगानीकर्ताबीचको सहमतिमा भर पर्छ। यसमा लगानिकर्ताको लगानी फिर्ता हुने समयसम्म पनि व्यसायमा साझेदारी हुन सक्छ। अर्को, ब्यवसायको आकार बढ्दै गर्दा लगानीलाई निरन्तरता पनि दिन सक्छन। लगानीको प्रक्रिया र अवधि कस्तो हुने भन्ने निर्णय अन्तत: नेपालका कम्पनीको हातमा नै हुने गर्छ। 


बिदेशीहरु नेपालमा एनजीओ र आइएनजीओ चलाउने ट्रेन्ड भएको अवस्थामा नेपालको व्यसायमा लगानी जुटाइदिन जोखिम किन लिएको ? 
नेपाल बित्तिय संक्रमणको अवस्थामा गुज्रिरहेको छ। यस्तो बेला जति चुनौती हुन्छ त्यति नै अवसर पनि हुन्छ। बिकसित हुने क्रममा रहेको नेपालमा मैले धेरै अवसर देखेको छु। यहाँ अथाह सम्भावना छ। तर नेपालका व्यसायीहरुमा पुंजी र ब्यवसायिक बिशेसज्ञताको अभाब भएको महसुस गरि नेदरल्याण्डको लगानी र नेपाली व्यसायको मिश्रणबाट राम्रो नजिता दिन सकिन्छ भन्ने बिश्वास गरेर यो जोखिम मोलेको हो। 

स्थानिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र नेपाली ब्यवसायीबीच 'पुल'को काम गर्दा तपाई कसरी टिक्नु हुन्छ ? 
हामीले कम्पनीहरुमा लगानी जुटाईदिए बापत लगानीकर्ताबाट केहि प्रतिशत शुल्क लिने गर्छौ, यहि नै हाम्रो टिक्ने मुख्य आधार हो। 

गत दुई बर्षमा छनौट भएका कम्पनीहरुको अवस्था कस्तो छ ? 
बिगतमा छनौट भएका कम्पनीहरुले राम्रो प्रदशन गरेका छन्। बिगतका कामलाई हेर्ने हो भने हामि ७० प्रतिशत सफल भएका छौं। हाम्रो पहिलो फेजको कार्यक्रमबाट छनौट भएका ८ कम्पनी मध्ये ६ कम्पनीले बिदेशी लगानी प्राप्त गरी अहिले राम्रै गरेका छन्। त्यस्तै दोस्रो फेजको कार्यक्रमबाट समेत ४ कम्पनीले बिदेशी लगानी प्राप्त गरेका छन् भने १ कम्पनीले स्थानीय लगानी पाएको छ। अन्य ४ कम्पनीहरु भने बिदेशी लगानी पाउने प्रक्रियामा रहेका छन। समग्ररुपमा हामि हाम्रो लक्ष्यमा सफल भएका छौँ। 

फोटो सौजन्य: कुमार महर्जन

यो सामग्री बिजपाटीको अनुमति बिना कुनै पनि संचार माध्यमले प्रकाशन वा प्रसारण नगरिदिनु होला : सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved