यातायात व्यवस्था विभागले निजी नम्बर प्लेटका सवारी साधनले शुल्क लिएर मान्छे बोक्न नपाउने भन्दै विज्ञप्ति प्रकाशित गर्यो । केही दिन अघि प्रकाशित उक्त विज्ञप्तिलाई लिएर धेरै थरीका टिका टिप्पणी भईरहेका छन् । वर्ष दिन अघि नै यस्तो सेवालाई निरन्तरता दिन प्रधानमन्त्रीकबाट आदेशको भएको थियो । व्यवस्थित गरेर सञ्चालन गर्ने भनेर त्यतिबेला कारबाही भएन । आम सर्वसाधारणले पनि सेवा र व्यवसाय मन पराएका छन् ।
यस विषयमा सरर नेपालका डाइरेक्टर सन्तोष कुमार बिमली यसो भन्छन्ः
१ बर्ष अघि नै यो सेवालाई एउटा निती नियम बनाएर चलाऊने भन्ने निस्कर्ष निकालेर खुल्ला गरिएकोमा अहिले आएर अचानक यातायात व्यवस्था विभागले हचुवाको भरमा यस्तो विज्ञप्ति निकालेको देखेर मलाई अच्म्म लागिरहेको छ ।
यो सबै कुराहरु गर्नु भन्दा अघि काठमाडौंको बस्तुगत स्थितिको कुरा गरौँ । शहरमा दिनानुदिन जनसंख्या बड्दै छ, जाम हट्नुको सट्टा बड्दै छ, नत आवत जावतका लागि पब्लिक ट्रन्स्पोर्टको सहजता छ । काठमाडौं जस्तो भुगोल भएको ठाउमा नयाँ ठुला गाडी थप्नु मात्रै विकल्प होईन । बाटो ठुलो बनाउन वर्षैपिच्छे घर भत्काउनु, हरेक बर्ष बाटो बढाउने नाममा भएको बाटो बिगारेर महिनौसम्म अस्त ब्यस्त राखिनु विकल्प हुँदैहोईन ।
यस्तोमा स्मार्ट सोचको आवश्यकता छ । यही स्मार्ट सोचले निम्त्याएको उध्यमको एउटा उधाहरण हो सरर नेपाल, टुटल र पठाओ ।
खेर गैरहेको श्रोत र साधनलाई उपयोग गरेर आर्थिक उपार्जन ल्याउने नबिन सोचलाई बन्द गर्ने जुन समाचार पटक पटक आइरहेको छ यसले हामी जस्ता स्टार्ट अपलाई मात्र हैन भविस्यमा देशका लागि देशमै केही गर्छु भन्ने हाम्रा नयाँ उध्यमी भाई बहिनीलाई पनि हतोत्साहित गर्दछ ।
कुनै व्यवसाय सुरु गर्दा सरकारको सन्त्रासमा बाच्नु पर्ने यो ‘बिजिनेस इकोसिसटम’ले देशमा प्रगति हैन आर्थिक अवगती ल्याउने निश्चित छ । हामी सरकारले ‘राइड सेयरिङ्ग’का लागि ल्याउने निती नियमका लागि भरपुर सहयोग र साथ दिने कुरामा दृढ छौँ । तसर्थ सरकारले यस्तो निर्णय लिनु पूर्व फाईदा र बेफाईदा दुवैलाई औल्याउनु अति आवश्यक छ ।
(सरर नेपालका डाइरेक्टर सन्तोष कुमार बिमलीसँग को कुराकानीमा आधारित)