'नबिलले नम्बर वान को ताज जोगाउन धेरै आधार बनाउँदैछ' सीईओ शाहको अन्तर्वार्ता

मर्जर र प्राप्ति बिना नै आफैं ठुलो हुने लक्ष्य छ
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2019 | 10:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सन १९९१ मा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका अनिल शाह ८ बर्षपछि नबिलमा नै प्रमुख कार्यकारी अधिकृतको भूमिका छन् । उनले नबिलमा दोस्रो इनिंङ थालेको एक बर्ष पुरा भएको छ। उनले पहिलो कार्यकालमा नबिलको ब्राण्ड बनाउन ठुलो भूमिका खेलका थिए । तर उनको दोस्रो कार्यकाल उत्साहजनक हुन् नसकेको बजार चर्चा चल्न थालेको छ । नम्बर वान बैंकको ताज पाएको नबिललाई अहिले विभिन्न सूचकमा अन्य बैंकहरुले उछिन्न थालेका छन् । 

यसै सन्दर्भमा बिजपाटी डटकमको तर्फबाट मोहम्मद अजमत अली र विजय पराजुलीले प्रमुख कार्यकारी अधिकृत अनिल शाहसंग बैकिंङ क्षेत्रको अवस्था, मर्जर नीति, संचालकको हस्तक्षेप, लगायतका अन्य समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत् छ कुराकानीको सम्पादित अंश : 

नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिमा नबिल बैंक कहाँ छ ?

मर्जर आफैंमा राम्रो वा नराम्रो भन्ने कुरा होइन। युवायुवतीलाई बिहे गर्न ठिक कि बेठिक भनेर सोधेजस्तै हो। कुनै संस्थालाई मर्जर एकदमै ठिक वा आवश्यक हुन् सक्छ , तर कसैको लागि मर्जर तथा प्राप्ति आवश्यकता लागि नहुन सक्छ। जहाँसम्म नबि बैंकको कुरा छ हामी स्पष्ट छौं। नबिल आज पनि ठुलो बैंकका रुपमा छ तर पनि यो भन्दा ठुलो बन्न चाहान्छ। सकेसम्म हामी आफै ठुलो बन्न चाहन्छौं। जसरी २ अर्बबाट ८ अर्ब पुंजी पुर्याउनुपर्दा अरुले एफपीओ, हकप्रद निष्काशन गरे तर नबिलले त्यस्तो केहि गरेन। त्यसै गरी नबिल ठुलो बन्छ । 

नत नबिल बैंकका प्रमोटरले पैसा राख्न पर्यो नत कसैलाई प्राप्ति वा मर्जर गर्यो। आफ्नो आम्दानी र जगेडाबाट पुंजी ८ अर्ब पुर्यायौं। यसैगरी आउने दिनमा पनि नबिलको आफैं ठुलो बन्ने लक्ष्य छ। राष्ट्र बैकलाई जुन आकारको कमर्शियल बैंक चाहिन्छ, त्यहि आकारको बैंक बन्नलाई नबिल फैं सक्षम छ। तर यति भन्दाभन्दै पनि नबिल मर्जर वा प्राप्तिका लागि पनि हेरिरहेका छ। ठिक सँस्था पाए नबिल पनि मर्जर वा प्राप्तिमा जान्छ। सकेसम्म आफैं ठुलो बन्ने हो तर कुनै राम्रो संस्था भएमा मर्जर वा प्राप्तिमा जाने विकल्प खुला छ 

नबिल धेरै सूचकमा प्रतिस्पर्धी बैंक भन्दा कमजोर देखिएको छ, नबिल कमजोर भएको हो कि अरु बैंक धेरै बलिया भएका हुन्

धेरै सूचकमा नबिल बैंक पछि परेको भन्ने कुरामा सत्यता छ। नबिलले यहि बिषयलाई आत्मालोचना गरेर ८-१० महिना गहन अध्ययन गरेको छ। अध्य्यनले गरिरहेका कामको रफ्तार बढाउनुपर्ने, गर्दै नगरेको केहि काम गर्नुपर्ने, गरिरहेका केहि कामलाई अलिक फरक तरिकाले गर्नुपर्ने देखाएको छ। अहिले  त्यहि अध्ययनको निष्कर्षअनुसार कार्यन्वयनको प्रक्रियामा लागिसकेका छौं। चालू आर्थिक बर्षको पहिलो त्रैमासमा धेरै शाखा खोलि सकेका छौं। यो आर्थिक बर्षमा ४० वटा शाखा खोल्ने योजनामा २० वटा शाखा संचालनमा आइसकेका छन् भने थप २० वटा शाखा ६ महिनामा संचालनमा आउँछन। 

नबिल शाखा संजालमा ठुलो होइन, प्रभावकारी बन्न चाहन्छ र त्यहि अनुसार काम भईरहेको छ। हाम्रो ग्राहकले जहाँ व्यवसाय गर्नुहुन्छ त्यहाँ उहाँहरुले नबिल बैकबाट नै कारोबार गर्न पाउनेगरी केहि ठाउँमा शाखा बिस्तार भईसकेका छन केहि तयारीमा छन। अर्को आइटीमा पनि नबिलले आफुलाई अपग्रेड गर्दैछ। बैंकिंङ सेवा सुविधालाई पुरै डिजिटल गर्ने गरि प्रविधिमा अपग्रेड हुदैछौं।  

ठुलो ठुलो कम्पनी, व्यवसाय, हाइड्रो, उत्पादन, सिमेन्टमा हाम्रो कर्जा पुगेको छ तर साना तथा मध्यम व्यवसायीमा हाम्रो कर्जा कम देखियो। त्यहि भएर नबिल बैंक अब साना तथा मझौला व्यवसायीमाझ पुग्दैछ। एसएमई कर्जालाई प्रथामिकतामा राखेर अघि बढेको छ।  

"राष्ट्र बैकंलाई जुन आकारको कमर्शियल बैंक चाहिन्छत्यहि आकारको बैंक बन्नलाई नबिल आफैं सक्षम छ।"

कर्जामा मात्र होइन निक्षेपमा पनि नबिल साना तथा मध्यम बर्ग र व्यवसायीमा पुग्दैछ। कुल निक्षेप र ठुलो डिपोजिटमा नबिल पहिलो दोस्रो स्थानमा छ तर साना निक्षेपमा  धेरैपछि छ। अब साना तथा मझौला निक्षेपलाई ध्यानमा राखेर बचत खाता खोल्ने राष्ट्रिय योजना चलाईरहेका छौँ। त्यसैले गएको बर्ष जति खाता खोलियो त्यो पछिल्ला ३-४ बर्षमा खोलिएको थिएन।

सूचकमा पछि परेको भन्ने कुरालाई हाम्रो बोर्ड, व्यवस्थापन, टिम सबैले स्वीकार गरेका छौँ। नबिल छाडेर जुन बैंकमा म गए त्यो बैंक आज ग्राहक, शाखा तथा व्यवसायमा धेरै अगाडी बढी सकेको छ। मुनाफामा पहिलो स्थानमा रहिरहन अन्य आधारमा पनि बलियो र पहिलो हुनुपर्छ त्यसैले पहिलो स्थानमा रहिरहन अरु आधार बनाउदैछौं। 

नबिल बैंकको प्रतिस्पर्धी बैंकमा कसलाई लिनुहुन्छ ?

नबिल हिजो एक नम्बरमा थियो, त्यसैले नबिलको लागि प्रतिस्पर्धी भनेको नबिल नै हो। नबिलले  जे गरिरहेका छ त्यो अझैं राम्रोसंग गर्ने, जे गर्नुपर्ने हो त्यसलाई थप राम्रोसंग गर्ने, जे गरेका छैनौं त्यो सुरु गर्ने हो। त्यसैले हाम्रो प्रतिस्पर्धी हामी आफैं हो। 

सबै बैंकले ऋणपत्र निकालेका छन, नबिलको योजना के छ ?

नबिलले २ अर्बको ऋणपत्र जारि गर्नको लागि संचालक समितिबाट प्रस्ताव पारित गरिसकेको छ र अहिले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा छौं।  ऋणपत्रको माग कति हुन्छ त्यो हेर्न बाँकी छ। हाम्रो ब्राण्ड भ्यालु धेरै छ त्यसैले धेरै माग आउँछ भन्नेमा बिश्वस्त छौं। पहिलो ऋणपत्र निष्काशनपछि त्यसको माग हेरेर अर्को ऋणपत्रको निर्णय गर्छौ 

नबिलमा अनिल शाहको दोस्रो कमब्याक उत्साहजनक रहन सकेन भन्ने छ, बुझाई गलत भयो कि यथार्थ नै यहि हो ?

अनिलले अहिले के गर्दै छ भन्दा पनि हिजोको ६ बर्षे कार्यकालमा के गर्यो भनेर तुलना गरिन्छ, जुन स्वाभाविक पनि हो। त्यो बेला जे गर्यौं, जुन उपलब्धि हासिल गर्यौं त्यो अनिल एक्लैले गरेको होइन, सिङ्गो टिम, व्यवस्थापन र बोर्डको उपलब्धि हो। अहिले म आएको बर्षदिन भएको छ, केहि समय दिनुहोस पुरानो कार्यकाल बिर्साउने गरि नबिलको नाम स्वर्ण अक्षरले लेख्छौं।  

"सकेसम्म आफैं ठुलो बन्ने हो तर कुनै राम्रो संस्था भएमा मर्जर वा प्राप्तिमा जाने विकल्प खुला छ ।"

 राष्ट्र बैंकले बैंकहरुमा संचालकको हस्तक्षेप बढी भयो भनेर चिन्ता गरिरहेको छ, नबिलमा अवस्था के छ ?

संचालक समिति र व्यवस्थापन तराजुको दुईवटा पाटो हुन्। नबिलको जोइन्ट भेन्चर पार्टनर कम्पनी छ, उसको आफ्नै धेरै काम छ। नबिलमा आफ्नालाई जागिर दिलाउन, ऋण मिलाउन, सामान किनाउनमा हस्तक्षेप गर्ने फुर्सद जोइन्ट भेन्चर पार्टनरसंग छैन। 

नबिल बैंकको आन्द्रा भुँडी बुझेको व्यक्ति बैंक संचालक समितिको अध्यक्ष हुनुहुन्छ। अहिले नबिलमा हस्तक्षेप होइन चेक एण्ड ब्यालेन्स राम्रो छ। संचालक पनि सक्रिय भूमिकामा हुनुपर्छ भन्ने मेरो मान्यता छ। सक्रिय भूमिकालाई हसतक्षेप भन्न मिल्दैन। नबिलमा संचालकको हस्तक्षेप होइन सन्तुलित र सक्रिय सम्बन्ध छ। बजारमा धेरै बैंकमा के छ भन्ने थाहा छ। सबैको तुलना गर्दा नबिलमा संचालकको सन्तुलित भूमिका छ। आफ्नो स्वार्थ पुरा गर्नलाई नबिलमा कुनै पनि संचालकले बैंकको कुनै पनि अङ्ग चलाएको छैन। 

नबिलमा संचालक निर्वाण चौधरीको भूमिका कार्यकारी सीईओ भन्दा धेरै छ भन्ने सुनिन्छ नि ?

जुन नाम तपाइँले लिनुभयो त्यो व्यक्ति नेपालमा कति समय बस्नुहुन्छ त्यो तपाइँले अध्ययन गर्नुहोस। मेरो २४ घण्टाको समय नबिल बैंकलाई दिन्छु भने उहाँले २४ घन्टाको समय आफ्ना २४ वटा कम्पनीलाई समय दिनुपर्छ। मलाइ त नबिलमा उहाँको सक्रिय भूमिकामा भईदिए हुन्थ्यो भन्ने छ। उहाँले आफ्नो धेरै समय नबिलमा दिनुभयो भने मैले अहिले भन्दा धेरै काम गर्न सक्छु भन्ने छ। तर यथार्थ के हो भने उहाँसंग नबिललाई मात्र समय दिने फुर्सद छैन। त्यसैले नबिलमा उहाँको भूमिका कार्यकारीको छ भन्ने कुरामा सत्यता छैन। 

 अनिल शाहले संचालक रिझाउन कर्मचारी चलाउने, युनियनलाई साइजमा ल्याउने काम गर्यो भन्ने छ नि ?

कुनै बिषयमा केहि बोल्नुछ भने म घन्टौं त्यहि बिषयमा बोल्न सक्छु। कतिपय कुरा बोल्नका लागि बोलेको जस्तो देखिन्छ बजारमा। हाम्रो बैंक वा मैले काम गरेको बैंकमा मात्र होइन अन्य ठाउँमा कमर्चारी युनियनसंग अनिल शाहको सम्बन्ध र व्यवहार कस्तो छ भनेर सोध्नु भयो भने मलाइ नराम्रो भन्ने एक जना पनि भेट्टाउनुहुन्न। 

एउटा एक्सनलाई लिएर धारणा बनाउन हुदैन भन्ने मेरो बुझाई हो। समग्रमा हेर्नु भयो भने कर्मचारी युनियन वा कर्मचारीलाई लिएर मेरो बारेमा कसैले पनि नकरात्मक जवाफ दिला भन्ने मलाई लाग्दैन। अहिले पनि कुनै युनियनको कार्यक्रममा युनियन बाहिरको मान्छे चाहियो भन्ने हो भने मलाइ नै सम्झेर बोलाउनु हुन्छ, पक्कै पनि म प्रति सकारात्मक भएर नै बोलाएको होला, होइन भने मलाई कालो मोसो दलेर पठाउन पर्थ्यो। कर्मचारी नभई संस्था चल्दैन। संस्थामा धेरै अङ्ग हुन्छन। संचालक समिति, संचालक, व्यवस्थापन, विभागीय टिम, सेयरधनी लगायतका सरोकारवाला हुन्छन। कहिले काहीं सन्तुलन बिग्रनु, थोरै मनमुटाब हुनु संस्थामा सामान्य कुरा हो।  युनियन आफैमा राम्रो नराम्रो भन्ने होइन, युनियनमा कस्तो व्यक्ति छन भन्ने पनि महत्त्वपूर्ण हुन्छ। युनियनले कसरि काम गरेको छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ।

"अहिले म आएको बर्षदिन भएको छकेहि समय दिनुहोस पुरानो कार्यकाल बिर्साउने गरि नबिलको नाम स्वर्ण अक्षरले लेख्छौं।"  

 थोरै बैंकिंङको कुरा गरौँ, कर्जाको माग घटेको छ भन्ने छ, अहिले बैंकिंङको अवस्था कस्तो छ ?

बिगतमा अहिलेकै समयमा तरलता अभाव, लगानीयोग्य रकमको अभाव भन्ने हुन्थ्यो तर अहिले त्यस्तो केहि छैन।  स्टिल , सिमेन्टमा ऋणको माग घटेको छ।  अटो क्षेत्रमा जस्तै रिटेल क्षेत्रमा पनि ऋणको माग कम भएको छ। गत बर्षको तुलनामा ८५ प्रतिशतले ऋणको माग घटेको छ। यो सबैलाई हेर्दा अर्थतन्त्र 'कुल डाउन' हुन् लागेको होकी भन्ने डर लागेको छ। तर भारत र चीनमा जे होला त्यो आफ्नो ठाउँमा छ तर नेपालमा अर्थतन्त्र 'कुल डाउन' हुनुहुदैन। 

भारत र चीन जस्ता देशहरुले धेरै गरिसके तर हामी अहिले पनि बिकासको बाटो पछ्याईरहेका छौँ। सिमेन्ट, हाइड्रोको क्षेत्रमा पुग्यो भनेर आराम गरेर बस्ने अवस्था हाम्रो छैन। रिटेल, कर्पोरेट, उत्पादन, लगायतका सबै क्षेत्रमा अर्थतन्त्र तात्तातो राख्नुपर्छ। मलाइ लाग्छ यो क्षणिक हो। आउने दिनमा यसले टर्न लिन्छ भन्ने विश्वास छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved