'मुक्तिनाथ बाणिज्य बैंक बन्न तयार छ' सीईओ पोखरेलको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2019 | 02:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय सँस्थाको संख्या घटाउन मर्जर तथा प्राप्तिको नीति लिएपछि त्यसको प्रत्यक्ष प्रभाव बिकास बैंकहरुमा परेको छ। एक पछि अर्को गर्दै मर्जर तथा प्राप्तिमा गएपछि विकास बैंकहरुको अस्तित्व माथि नै आशंका समेत उब्जिएको छ। 

केहिले विकास बैंकहरुले बेलैमा सेफ ल्यान्डिङ गर्ने मनस्थितिमा पुगेकाले मर्जर तथा प्राप्तिको बाटो अगालेको टिप्पणी गरेका छन भने केहिले राष्ट्र बैंकको अस्पष्ट नीतिले भविष्यमा आउने जोखिमलाई कम गर्न अहिलेनै सुरक्षित बाटो रोजेको विश्लेषण गरेका छन। 

ओम, कैलाश र गण्डकी विकास बैंकले मर्जरको विकल्प रोजेपछि विकास बैंकहरु नरहने हुन् कि भन्ने आशंका समेत उब्जिएको छ। यस्तैमा हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरु गरिमा, मुक्तिनाथ, सांग्रिला, ज्योति, देव, कामना सेवा, लुम्बिनी, महालक्ष्मी विकास बैंकले के गर्छन भन्ने आम सर्वसाधारणको चाँसो छ। 

यहि बिषयलाई मध्यनजर गर्दै विकास बैंकहरु मध्येकै उत्कृष्ट मानिने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलसंग विकास बैंकहरुको अबको भविष्य र मुक्तिनाथ विकास बैंकको आगामी योजनाबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलि र विजय पराजुलीले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

राष्ट्रिय स्तरका विकास बैंकहरु मर्जर तथा प्राप्तिमा गईरहेका छन, के अब विकास बैंक आफैं चल्न नसक्ने अवस्थामा पुगेका हुन् ?

कुनै पनि चिजको अस्तित्व त्यहाँको बजारले निर्धारण गर्दछ। नेपालमा यहाँको अर्थतन्त्रलाई हेर्ने हो भने योगदानको दृष्टिकोणले कुल जिडीपीमा मध्यम स्तरको योगदान धेरै रहेको छ। जबसम्म मध्यमस्तरको अस्तित्व रहिरहन्छ त्यो बेलासम्म विकास बैंक रहिरहन्छ। 

वित्तीय सूचकमा विकास बैंकको गएको क्वाटरलाई आधार मान्ने हो भने मुक्तिनाथ बिकास बैंक ५० अर्ब भन्दा बढी ब्यालेन्स सिट भएको बैंकमा पर्दछ। त्यस्तै ४० अर्ब ब्यालेन्स सिट भएका २ वटा, ३० अर्ब माथिका ६ वटा र राष्ट्रिय स्तरका सबै विकास बैंकको ब्यालेन्स सिट २० अर्ब भन्दा माथि भएका छन। 

त्यस्तै निक्षेप संकलन तथा कर्जा प्रवाहको अवस्थालाई हेर्ने हो भने मुक्तिनाथले ५० अर्ब निक्षेप संकलन गरि ४० अर्ब बढी लगानी गरेको छ। यो अवस्था अन्य विकास बैंकहरुको पनि राम्रो देखिन्छ। 

नाफाकै कुरा गर्ने हो भनेपनि मुक्तिनाथले ८५ करोड भन्दा बढी मुनाफा गरेको छ भने अन्य विकास बैंकले पनि राम्रै अंकमा मुनाफा गरिरहेका छन। समग्रमा हेर्दा विकास बैंकहरुको अहिलेको अवस्था धेरै सबल र बलियो छन। यसको कारण धेरै छन। जस्तो, न्युनतम चुक्तापुंजीको मापदण्ड पुरा गरेको, व्यवसाय प्रवर्दन राम्रो गरेको, ब्रान्च नेटवर्क लगायतका सूचकमा विकास बैंक राम्रो अवस्थामा छन। त्यसैले विकास बैंकले आफ्नो अस्तित्व नै गुमाउने गरि मर्जर तथा प्राप्तिमा भाग लिनुपर्ने अवस्था देख्दिन। 

सबै सूचकमा बलियो हुँदाहुँदै पनि विकास बैंकहरु मर्जर तथा प्राप्तिको बाटोमा किन ?

मर्जर तथा प्राप्ति लगानीकर्ताको बिषय हो।  मेरो दृष्टिकोणमा लगानीकर्तालाई ठिक लाग्छ भने उहाँहरु मर्जर तथा प्राप्तिमा जान सक्नुहुन्छ। तर यसमा मेरो फरक मत रहेको छ, केहि विकास बैंकले घोषणा गरेको लाभांशको दर हेर्ने हो भने बोनस सेयर धेरै भन्दा धेरै दिएर नगद लाभांश ठिक्क राखेर लाभांश घोषणा गरेको अवस्था छ। यसले विकास बैंकहरु आफैं अघि बढ्न चाहन्छन भन्ने संदेश दिएको छ। 

अर्कोकुरा, छिमेकी भारतमा बिस्तारै त्यहाँको सेन्ट्रल बैंकले साना फाइनान्स बैंक खोल्ने लाइसेन्स दिन थालेको छ। त्यस्तै युनिभर्सल बैंकिंङमा जाने अर्को विकल्पमा पनि भारत रहेको देखिन्छ। यसलाई हेर्दा भोलि गएर बजारमा ठुला र बाणिज्य बिंक मात्र रहन्छन कि भन्ने आशंका छ, त्यो सम्भवन देख्दिन। 

विकास बैंक आफैं अघि बढ्न सक्छन भन्नेमा तपाई बिश्वस्त हुनुहुन्छ ?

विकास बैंकको अवस्थाले विकास बैंक आफै अघि बढ्न सक्ने अवस्थामा छन भन्ने देखिन्छ। 

मुक्तिनाथ मर्जर तथा प्राप्तिमा जान्छ कि आफैं ठुलो भएर बाणिज्य बैंक बन्छ ?

मुक्तिनाथ २०६३ मा स्याङ्गजामा स्थापना भएर देशभर फैलिएको विकास बैंक हो। मुक्तिनाथको व्यवसाय वृद्धिको अनुपात हेर्दा भोलि बाणिज्य बैंक सरह हुने देख्छु। हाम्रो प्रगति देखेर नियामकले बाणिज्य बैंक बन्नु भन्यो र हाम्रा लगानीकर्ताले आवश्यक ठान्नु भयो भने मुक्तिनाथ बाणिज्य बैंक बनेर आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिन तयार छ। 

भनेपछि मुक्तिनाथले आफ्नो ब्राण्ड गुमाउदैन ?

ब्राण्ड राख्ने नराख्ने भन्ने निर्णय गर्ने अधिकार मुक्तिनाथका सेयरधनी तथा लगानीकर्तालाई छ। जहाँसम्म सीईओको नाताले भन्नुपर्दा मुक्तिनाथ ब्राण्डको नाम आफैंमा पवित्र छ। त्यसैले लगानीकर्ताको विचार हेर्दा उहाँहरु ब्राण्ड गुमाउने मनसायमा हुनुहुन्न।

थोरै प्रसंग बदलौं, भारतलाई हेर्ने हो भने १०० खर्ब भन्दा माथि पोर्टफोलियो भएका बैंकहरुको पनि चुक्ता पुँजी १० अर्ब भन्दा तल छ तर नेपालमा १०० अर्ब पनि पोटफोलियो पुग्न मुस्कील बैंकहरुलाई धेरै पुंजी तोकिएको छ, खासमा बैंकहरुलाई चाहिने चुक्तापुँजी कि पुँजीकोष ? 

यो राम्रो र टेकनीकल कुरा साेध्नुभयाे । तपाइले भनोजस्तो भारतमा ठुला ठुला वाणिज्य बैंकको ४ अर्ब ५ अर्ब पुँजी छ । तर उनीहरुको ब्यवसाय खर्बौमा हुन्छ । भारतिय बैंकहको पुँजीको अलवा क्यापीटल फण्ड भन्ने हुन्छ । जसलाई कोर क्यापीटल पनि भन्छौ ।रिजर्भ बैक अफ इन्डियाले त्यसबाट नियमन गर्छ । हाम्राेमा काेर क्पापिटल भन्दा पनि चुक्ता पुँजिमा बढी फाेकस भएकाे छ। न्युनतम यति चुक्तापुँजी हुनैपर्ने भन्ने छ ।

तर बासेलको हिसाबले यहाँले भनेजस्तै पुँजीकाेष नै हेर्नुपर्ने हाे । हामिले क्यापिटलमा काेर क्यापिटल र सप्लिमेन्ट्रि क्यापिटल टायर १ र टायर २ भनेर हेरेकै हाे। समग्रमा हेर्नुपर्ने पुँजिकाेष नै हाे तर नेपालमा अलिकति फरक परिपाटी भयाे कि भन्ने हो। 

सँस्था बलियाे बनाउन रिर्जभलाइ बलियाे बनाउन सक्छाै जसले गर्दा  ईपिएस र नेटवर्थ पनि राम्रो हुन जान्छ, तर यसले राष्ट्र  बैककाे नीति नै कतै गलत बाटाेमा त छैन भन्ने जस्ताे देखिन्छ ?

हाे, अब बिस्तारै याे कुरा आइरहेको छ। तर नेपालमा जति धेरै चुक्तापुँजी भयाे संस्था त्यति बलियाे हुन्छ भन्ने साेच भयाे ।तर अबकाे दिनमा यहाँले भन्नु भएकाे हिसाबले नै रिर्जभ बढाउनुपर्छ भन्ने कुरा आइरहेको छ। याे कुरा बारम्बार नियामक निकायले पनि भनिरहेकाे छ र हामिले पनि महसुस गरिरहेका छाैँ। बफर रिर्जभकाे कुरा पनि आएको छ, याे त्यहि दिशामा छ। एउटा न्युनतम चुक्ता पुँजी चाहिँ पुर्याउनुपर्छ भनेर राखेकाे हाे त्यसैले यसलाई अन्यथा पनि लिनु हुन्न ।विस्तारै तपाइले भनेकाे जसरि अगाडि बढ्नुपर्छ जस्ताे लाग्छ ।

विकास बैक वित्तमा पछिल्लाे समय राष्ट्र बैककाे नीति स्पस्ट भएन, राष्ट बैकका डेपुटि गभर्नरले अब वाणिज्य बैक र लघुवित्तकाे बाहेक अरूकाे भविष्य छैन भन्ने गर्छन, अर्थमन्त्रिले लघुवित्तलाई विकास बैंकमा रूपान्तरणा गर्ने भने खालकाे अभिव्यक्ति दिनुभएको छ, यसलाइ कसरी लिनुहुन्छ ?

याे महत्वपुर्ण  विषय हाे। यसमा अनौपचारिक रुपमा कसले के भन्छ भन्दा पनि औपचारिक कुरा के छ भनेर हेर्नुपर्छ । स्राेतमा आधारित भएर कुरा गर्दा त्याे बढी विश्वासिलाे हुन्छ । नेपालमा बैक तथा वित्तिय संस्थाकाे अस्थित्वकाे जराे भनेकाे वाफिया हाे । त्यसमा स्पस्ट रूपमा ए, बी, सी र डी गरेर चार वटामा वर्गिकरण गरिएकाे छ। संसदमा संशाेधनकाे लागि दर्ता भएकाे प्रस्तावित बाफियामा पनि  ए, बी, सी र डी चार वटामा नै वर्गिकरण गरिएकाे छ । त्यसले गर्दा ढुक्क भएर आउँदो केही समय ५/७ देखि १० वर्ष सम्म यहि व्यवस्था अगाडि बढ्छ । घ वर्ग ख वर्गमा रूपान्तरण गर्न सक्ने भन्नुभयाे यसले घ वर्गकाेलाइ पनि विकल्प हुने भयाे। ख, र ग त छँदै छ भने क त क नै भईहाल्याे त्यसले गर्दा  यसमा धेरै आत्तिनुपर्ने अवस्था छैन । बाणिज्य बैक, विकास बैक, फाइनान्स कम्पनि र  लघुवित्त चारवटैकाे अस्तित्व छ भन्ने मेराे विश्वास छ।

बाँकी भिडियोमा :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved