लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 08:41:08 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited  ले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गरिरहेको  छ। कम्पनीले  १०:२ को अनुपातमा २० प्रतिशतको दरले १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको  हो ।

कम्पनीले शेयर निष्काशनको लागि असोज २७ गते सोमबार बुक क्लोज गरेको छ। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि सिबीआईएल क्यापिटललाई  बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले मंगसिर २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख पुग्ने छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved