बीमा कै पहिलो महिला महाप्रबन्धकको अन्तर्वार्ता: महिलाको बीमामा कर छुट हुनुपर्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2020 | 12:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्स पछिल्लो पुस्ताको जीवन बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीसँगसँगै व्यवसाय संचालनको अनुमति पाएपनि कारोबार संचालनको लागि अन्तिममा अनुमति पाएकाले 'महालक्ष्मी लाइफ' लाई कान्छो जीवन बीमा कम्पनीको रुपमा बजारमा पहिचान छ। 

समकक्षी कम्पनी भन्दा एक बर्ष ढिला कारोबार सुरु गरेपनि बजारमा ब्राण्ड, व्यवसाय र शाखा संजालमा महालक्ष्मीले तुलनाताम्क रुपमा राम्रो गरिरहेको छ। छोटो समयमा कम्पनीको पहिचान बनाउन र आफ्ना पोलिसी बजारमा स्थापित गर्नलाई सम्पूर्ण टिमको भूमिका महत्त्वपूर्ण छ। 

अनुभवी र बजारमा छुट्टै पहिचान बनाएका व्यक्तिको नेतृत्त्वमा रहेको महालक्ष्मीको कोर टिममा छिन, सपना खरेल। बीमा कम्पनीकै इतिहासमा सम्भवत पहिलो महिला सहायक महाप्रबन्धक हुन् खरेल। १०-१० वटा नयाँ बीमा कम्पनी संचालनमा आएसंगै व्यवसायको साथमा कर्मचारी व्यवस्थापन अर्को चुनौतीको पाटो बनेको छ। तर यहि कठिन अवस्थामा खरेलले महालक्ष्मी लाइफमा मानव संसाधन विभागको जिम्मेवारी सम्हालेकी छन्। 

महालक्ष्मी लाइफले संचालनको एक बर्ष पुरा गरेको अवसरमा यहि माघ २७ गते पहिलो वार्षिकोत्सव मनाउदै छ। यहि अवसरमा बिजपाटी डटकमले महालक्ष्मी लाइफमा मानव संसाधन विभागको जिम्मेवारी सम्हालेकी सहायक महाप्रबन्धक सपना खरेलसँग उनिको पारिवारिक पृष्ठभूमि, पदीय जिम्मेवारी र चुनौती तथा आगामी योजनाबारे कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:   पेशागत रुपले पारिवारिक पृष्ठमूमि कस्तो छ ?

बुबा निजगढमा लामो समय सेवा गर्नु भएको समाज सेवी शिक्षित कृषक हुनुहुन्छ, श्रीमान कृषि विकास बैंकमा कार्यरत पूर्व बैंकर, जेठो छोरा USA मा Computer Engineering मा PHD गर्दैछ/ कान्छो छोरा Computer Engineering गरी केही नयाँ गरौ भन्ने सोचले Star Up को लागि तयारी गर्दैछ। यति नै हो मेरो पारिवारिक पृष्ठभूमि।

परिवारमा तपाई मात्र वित्तिय क्षेत्रमा हुनुहुन्छ कि अरु पनि हुनुहुन्छ।

मेरो श्रीमान वित्तिय क्षेत्रमै काम गरेर हाल रिटायर्ड लाईफ विताई रहेको हुनुहुन्छ । वहाँ अहिले स्व:अध्ययन र समाज सेवामा सक्रिय हुनुहुन्छ ।

यहाँको शैक्षिक पृष्ठभुमी बारे बताइदिनुहोसन ?

मैले विरगञ्जको ठाकुर राम कलेजबाट 'B.COM' गरी 'Sociology' मा पद्मकन्या कलेज काठमाण्डौबाट मास्टर गरेको छु।साथै वित्तीय क्षेत्रमा कार्यरत रहँदा नेदरल्याण्ड सरकारको 'Scholarship' मा नेदरल्याण्ड बाट 'Financial Management, Women Entrepreneurship' को 'Executive Course'  पनि 'Complete' गरेको छु । 

पहिलो जागिर कहाँबाट सुरु गर्नुभयो ?

मैले छोराहरु सानो हँदा स्कुलमा पढाए, र सानो छोरा २ वर्षको भएपछि महालक्ष्मी फाइनान्स बीरगञ्जमा २० वर्ष अघि 'Vacancy' खुलेको थियो त्यसमा 'Apply' गरेर कार्यालय सहायक पद बाट बैंकिङ करियरको सुरुवात गरेको हुँ। 

बीमा क्षेत्रमा कसरी आउनु भयो ?

बैकिङ क्षेत्रमा १८ बर्ष  काम गरिसकेको थिए । महालक्ष्मी बिकास बैंकको पहलमा महालक्ष्मी लाईफको स्विकृति लिने प्रकृया चल्दै थियो त्यसै बेला बैंकले यती विकास बैंकसंग मर्जर गर्दा आकर्षक अवकाश योजना पनि ल्यायो, यता महालक्ष्मी लाईफ इन्स्योरेन्समा  पनि 'Management Team' बन्दै थियो । महालक्ष्मी  बैंककै नेतृत्वमा बीमा कम्पनी पनि संचालन हुन थालेकोले 'Change' को लागि बीमा क्षेत्रमा आए ।

यो क्षेत्रमा आउनु संयोग मात्र हो कि योजना अनुसार नै हो ?

यो संयोग होईन योजना अनुसार नै हो।आफु कार्यरत बैंकिङ क्षेत्रको समूहलेनै  बीमा कम्पनी पनि संचालन गर्न थालेकोले काम गर्न सहज पनि हुने र परिवर्तित क्षेत्रमा ठुलै जिम्मेवारी लिएर रमाउने उद्देश्यले योजना अनुसार नै आएको हुँ। 

यस क्षेत्रमा आउनलाई कहिबाट कुनै प्रेरणा मिलेको हो ?

मेरो बुबा, आमा दुबै शिक्षित र समाज सेवामा सक्रिय रहेको परिवार हो, वहाहरुले सधै अगाडी बढ्नु पर्छ केही गर्नु पर्छ भनेर हौसला दिनुहुन्थ्यो।आफु कार्यरत बैकका प्रमुख लगायत  उच्च ओहदाका साथीहरुले बलियो टिम बनाएर काम गर्नु पर्छ भनेर प्रेरणा दिइरहनु हुन्थ्यो । त्यसैले यो क्षेत्रमा आउनुमा मेरो बुबा आमा र बैंकिङ क्षेत्रका साथीहरुको प्रेरणा नै हो भन्दा हुन्छ ।

पहिले बैंकिङ अहिले बीमा क्षेत्रमा हुनुहुन्छ ? बैंकिङ क्षेत्रमा कसरी प्रबेश गर्नु भयो? अहिले बीमा क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

बैंकिङ क्षेत्रमा प्रबेश संयोग मात्र हो । जागिरको खोजिमा थिए, 'Vacancy' निस्केपछि होला नहोला भनी हालु न भनेर निवेदन हालियो पास भइयो र बैंकिङ क्षेत्रमा प्रवेश गरियो। १८ वर्ष विभिन्न विभागहरु, नारायणघाट र काठमाण्डौ शाखाको प्रमुख, त्यस पछि प्रधान कार्यालयमा कर्जा विभाग प्रमुख लगायत विभिन्न विभाग चलाइयो । बीमा क्षेत्रमा चाहिँ 'टेष्ट चेन्ज' गरौ, यो क्षेत्रमा केही नयाँ गरौँ भन्ने सोच र योजना सहित प्रवेश गरेको छु ।

बैंकिङ छोडेर बीमामा आउनु भएको छ, यसको कारण ?

मैले अघि नै भनि सके कि लामो समय बैकिङ क्षेत्रमा काम गर्दा मोनोटोनस पनि भएको थियो, चेन्ज गर्नु पर्छ भन्ने मनमा लागिरहेको थियो । आफ्नै बैंक र आफ्नै प्रमुखको नेतृत्वमा जीवन बीमा कम्पनी खुल्दा काम गर्न सहज पनि हुन्छ र केही नया गर्ने अवसर पनि पाइन्छ भनेर बीमा मा आएको छु।

यहाँ महालक्ष्मी लाईफमा हुनुहुन्छ, कान्छो संस्थाको पहिलो एजीएम हुनु हुन्छ ? कस्तो अनुभव गर्नुहुन्छ ?

बैक र बीमा जस्तो ठुला संस्थामा माथिल्लो पदमा जिम्मेवारी लिँदा महिला र पुरुष भन्ने फिलिपङ नै हुदैन । कहिले काही ढिला सम्म काम गर्दा वा पुरुस्वत्व संस्कारले डोमिनेट गर्दा अल्लि खल्लो अनुभव हुन्छ नै अन्यथा महिला सहायक महाप्रबन्धक को रुपमा कान्छो कम्पनीमा काम गर्दा साच्ची नै भन्नु पर्दा चुनौती पूर्ण जिम्मेवारी बहन गरेको अनुभव गरिरहेको छु । देशका विभिन्न स्थानमा कार्यालय संजाल विस्तारको सिलसिलामा मानव संसाधन विभाग प्रमुखको हैसियतले फ्रेस र अनुभवि कर्मचारीको व्यवस्थापन गर्नु पर्दाको चुनौती सारै कठिन र रोमाञ्चक रहेको छ ।

कान्छो संस्था त्यहिमाथि मानव संसाधन विभाग प्रमुखको रुपमा पदीय जिम्मेवारी पुरा गर्न कति सहज छ ?

संस्था कान्छो भएको र कम्पनीहरु बीच अस्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा मानव संसाधन विभागको पदिय जिम्मेवारी पुरा गर्न निकै गारो भैरहेको छ ।बीमा क्षेत्रको अनुभवी कर्मचारी पाउन गारो, पाएकोलाई कम्पनीको सिस्टममा ढालेर टिकाउन झनै गाह्रो देखिएको छ ।नयाँ पुस्ता पैसा र पदको साहै भोको छन । धैर्यता त छदै छैन, अर्को कम्पनीले २/४ हजार वढी र पोस्ट माथि दिने वित्तिकै छिनका छिनमा राजिनामा पठाउँछन । पदीय र संस्थागत जिम्मेवारीको ज्ञान नै छैन। त्यस्तो वेलामा तुरुन्त कर्मचारी व्यवस्थापन गर्नु ठुलै समस्या देखिएको छ ।

बैंकिङ र बीमा मध्ये कुनमा काम गर्न बढी चुनौतिपूर्ण मान्नु भएको छ र किन ?

बैकिङ सेक्टरमा लामो समय काम गरें, अहिले कान्छो बीमा कम्पनीमा काम गर्दा चुनौति छैन भनेर भन्न मिल्दैन ।कामको बोझको हिसावले चुनैती दुबै तिर छ ।अझ साच्चै भन्नु पर्दा तुलनात्मक रुपमा हेर्दा बैंकिङ क्षेत्रको काम कार्यवाही नै चुनौती पूर्ण रहेको छ । बैंकिङ Sector ले अर्थ व्यवस्थाको समग्र क्षेत्रलाई प्रभावित पार्ने भएकोले मूलुकको आवश्यकता, ग्राहकको चाहना र केन्द्रिय बैंकको परिवर्तीत व्यवस्था भित्र रहेर प्रतिफलमुखी व्यवसाय गर्नु ठुलै चुनौती पूर्ण काम हो । त्यो दाँजोमा एउटा निश्चित क्षेत्रलाई मात्र प्रतिनिधित्व गर्ने जीवन बीमा क्षेत्रलाई सहज नै मान्नु पर्छ ।

अन्य नँया जीवन बीमा कम्पनी भन्दा महालक्ष्मी के कुराले भिन्न र उत्कृष्ट छ जस्तो लाग्छ ?

महालक्ष्मी लाईफ इन्स्योरेन्स कान्छो कम्पनी भए पनि धेरै क्षेत्रमा अरु कम्पनी भन्दा फरक रहेको छ । यसका संस्थापक विभिन्न बैंक लगायत आफ्नो क्षेत्रमा दक्ष प्रोफेशनल र समाजका प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुन्छ ।यो बीमा कम्पनी सहमति पत्र पाएर पनि डेढ वर्ष पछि आउँदा अध्ययन अनुसन्धान गरेर बजार भन्दा फरक बीमा योजनाहरु लिएर आएको छ । बीमितहरुले पत्याइ पनि रहेका छन । संसारको नं. १ री- इन्स्योरेन्स जर्मनीको म्यूनिखरी संग आवद्ध छ, अभिकर्ताहरुको लागि पनि राम्रो सिस्टम बनाइएको छ । संस्थाको उन्नतीको लागि दिन रात खटि रहेने दक्ष र अनुभवि व्यवस्थापन टिम छ । सबै भन्दा महत्व पूर्ण कुरा यो सबैको  नेतृत्व गर्ने २३ वर्ष देखि निरन्तर बैंकिङ र बीमा क्षेत्रमा नेतृत्व गरीरहनु भएका  वित्तीय क्षेत्रकै पायोनियर व्यक्तित्व हाम्रो सीईओ सर रमेश कुमार भट्टराई हुनुहुन्छ । यो सबै कारणले अरु बीमा कम्पनी भन्दा महालक्ष्मी लाईफ फरक छ । त्यसै कारणले छोटो अवधिमा खुद मुनाफा, जीवन बीमाकोष, मृत्यू दाबी भुक्तानी, गुणस्तरीयर बीमा पोलिसी विक्रिमा हाम्रो कम्पनी अगाडी रहेको छ । 

महिला भन्ने बित्तिकै ममता, परिवार भन्ने जोडिन्छ, यहाँले पेशागत जिम्मेवारी र परिवारको जिम्मेवारी संगसंगै कसरी निभाउन भएको छ ?

पुरुषको तुलनामा जागिरे महिलाले घर र कार्यालयको दोहोरो जिम्मेवारी निर्वाह गर्नु पनि साह्रै गाह्रो काम हो । परिवारिक ममता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर कार्यालयको पदिय जिम्मेवारी सफलता पूर्वक संचालन गर्नु चुनौती पूर्ण कार्य रहेको छ । सानो परिवार, शिक्षित परिवार भएको र पदिय जिम्मेवारी बुझ्ने घरायसी वातावरण भएकोले पनि मलाई ममता र जिम्मेबारी बीचमा संतुलन कायम गर्न अहिले सम्म सफलता मिलेको छ ।यसकै परिणाम दुई वटै छोराहरु उच्च शिक्षामा छन र म पनि बैंक र बीमा दुवैमा सफल र संतुस्ट पनि छु ।

जीवनको कुनै दुखद पल सम्झिनु पर्दा के सम्झनुहुन्छ ?

मेरो SLC Exam को ८ दिन अगाडी १२ वर्षको भाइको घर अगाडी नै सडक दुर्घटनामा भृत्यू भयो । मेरो बुबा, आमा म लगायत मेरो परिवार कै लागि त्यो भन्दा ठुलो विर्सन नसकिने दुखद क्षण के नै हुन सक्छ।जीन्दगिको अकल्पनिय दुखद क्षण थियो त्यो।

गर्न चाहेर पनि गर्न नपाएको कुनै काम छन ?

आफ्नै पहलमा सानै काम भए पनि नेतृत्व गरेर उद्यमी बन्ने चाहना शुरु  देखि नै थियो । भविश्यमा केही नयाँ काम गरौ भन्ने चाहना छ । छोराहरु पनि प्राविधिक शिक्षा लिएर सहयोगी हुने गरी तयार भएका छन । उनीहरुको समेत सहयोग लिएर भविश्यमा सफल उद्यमी हुने चाहना छ ।

सधै यही पेशामा रहने की, अरु केशी नयाँ क्षेत्र पनि रोज्ने? किन ?

जुन पेशामा रहिन्छ त्यो पेशालाई जिम्मेवारी पूर्ण ढंगले संचालन गर्नु पर्छ । समय र चाहना परिवर्तनशिल छ त्यसै अनुरुप एउटा क्षेत्रमा जिम्मेवारी पूर्वक काम गरी सकेपछि परिवर्तन खोज्नु स्वभाविक नै हो जस्तो लाग्छ । त्यसैले बैकिङ क्षेत्र छोडेर बीमा क्षेत्रमा आएको छु । यहाँ पनि म रमाइरहेको छु ।एउटा निश्चित समय पछि राम्रो टिम र राम्रो क्षेत्र पाएमा नयाँ काम गर्ने चाहना छ जोश जाँगर पनि छ । अहिले हाम्रो टिमले छुट्टै ट्रेनिङ सेन्टर, फन पार्क, Clearing House, Hospitality Business का लागि अध्ययन र पूर्वाधारहरु बनाउदै छ । भविश्यमा त्यता पनि लाग्ने सम्भावना छ।

यहाँले व्यकितगत रुपमा राज्यलाई दिएको योगदान र संस्थथागत रुपमा राज्यले पाएको योगदान के छ ?

व्यक्तिगत योगदानको कुरा गर्दा म अहिले मेरो कम्पनीको मानव संसाधन विभागको प्रमुखको जिम्मेवारी बहन गरिरहेको छु। मेरो चाहना जहिले पढे लेखेर पनि पैसा र  पहुँच नभएकै कारण रोजगारी नपाएर बसेका यूवाहरुलाई अवसर प्रदान गरेर देशको विकासमा जिम्मेवार बनाउने मेरो चाहना हो । त्यही सोच अन्तर्गत कम्पनी र प्रमुख कार्यकारी अधिकृत ज्यूको सहयोगले अहिले १०० जना भन्दा बढी Fresher यूवालाई हाम्रो कम्पनीमा रोजगारी दिई सकेका छौँ । यो कार्यमा मेरो प्रत्येक्ष सहभागिता रहेकोले राज्यको लागि दिएको ठुलो योगदान मानेको छु ।अझ कम्पनीको सोच र भावी योजना बमोजिम ७७ जिल्लामा शाखा / उपशाखा विस्तारको क्रममा हजारौ युवा र महिला जनशक्तिलाई रोजगार दिन सकियो भने भनि संस्थागत रुपमा राज्यले ठुलो योगदान पाएको महसुस गर्नेछु ।

राज्यले केही गरिदिए हुन्थ्यो भन्ने केही छ? या राज्यले नगरेकाले तपाईलाई परेको अप्ठ्यारो केही छन ?

अहिले नेपालको संविधानमा ३३ प्रतिशत महिलाको सहभागिताको ज्ञारेन्टि गरिएको छ । समावेशिता भन्दा पनि योग्यताको आधारमा राज्यले संघ,संस्था, कम्पनी र राज्यका हरेक निकायमा महिलाको सहभागिता गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना छ।जागिरको खोजिमा बर्षेनी लाखौ युवा विदेशीने क्रम जारी छ । अव महिलाहरु पनि विदेशीने क्रम बढ्दो छ । महिलाले विदेशमा पाएको दुख दर्द तथा तिनका वालबच्चाले आमाको साथ नपाएको देख्दा सुन्दा असह्य पीडा हुन्छ त्यसैले राज्यले यस तर्फ गम्भिर हुन् पर्छ भन्ने मेरो अनुरोध छ । जँहा सम्म जीवन बीमाको क्षेत्रको कुरो छ बीमा क्षेत्रलाई राज्यले प्रथमिकतामा राखेको छैन जग्गा खरिद देखि लिएर महिलाले गरेका काममा कर छुट दिने प्रावधान रहेको पाइन्छ सोही अनुरुप बीमा क्षेत्रमा पनि महिलाले गर्ने बीमामा कम्तीमा वार्षिक १ लाख सम्मको कर छुट दिए हुन्थ्यो भन्ने लाग्छ ।अहिलेको २५ हजारको सिमा आफैमा नगन्य जस्तो लाग्छ, त्यसले खासै प्रभाव पारे जस्तो मलाई लाग्दैन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved