के रक्सीले कोरोना नलाग्ने नै हो त ? यसो भन्छन् डा.भुषाल (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2020 | 10:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको वुहानमा देखिएको कोरोना भाइरस छिमेकी देश भारत लगायत बिश्वका करिब ८० भन्दा बढी देशहरुमा देखिएको छ। बिश्वका अन्य देशमा कोरोना संक्रमित देखिदा समेत त्यति वास्ता नगरिएपनि भारतको दिल्लीमा २८ भन्दा बढीमा कोरोना भाइरस देखिएपछि त्यसको प्रभाव नेपालमा समेत देखिएको छ। 

पछिल्ला केहि दिन यता नेपालको माहोल समेत कोरोना भाइरसको त्रासमा रहेको देखिएको छ। काठमाडौं जिल्ला प्रशासनदेखि लिएर बिभिन्न निकायले अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्किन सार्वजनिक सूचना जारी गरेपछि सर्वसाधारणमा कोरोनाको त्रास थप बढेको छ। 

त्राससँगै बजारमा कोरोना भाइरसलाई लिएर धेरै प्रकारका टिकाटिप्पणी समेत हुन् थालेको छ। धेरैले आ आफ्नै बुझाईअनुसार यस भाइरस सर्ने र बच्ने उपायबारे बोलिरहेका छन भने त्यहि अनुसार सामाजिक संजालमा समेत आफ्ना भनाई सार्वजनिक गरिरहेका छन् । 

रक्सिको सेवनले कोरोनाको भाइरस मर्छ भन्ने जस्ता कुराहरु सुन्न पाइन्छ। कोरोना भाइरस के हो, लक्षण कस्ता हुन्छन र यसबाट बच्न के गर्नुपर्छ जस्ता बिषयमा आम सर्वसाधारणको चाँसो छ । यहि चाँसो सम्बोधन गर्न बिजपाटी डटकमले कन्सल्ट्यान्ट फिजिसियन डा. खेमराज भुषालसँग कुराकानी गरेको छ, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

कोरोना भाइरस के हो ?

कोरोना भाइरस वास्तवमा रुघाखोकी गराउने सामान्य भाइरस हो। राइनो भाइरसपछिको कमन भाइरस हो। तर यसले बिभिन्न समयमा आफ्नो जुन आनुवंशिक गुण हुन्छ त्यसलाई परिवर्तन गरेर जेनेटिक मेकअप चेन्ज गरेर नयाँ खालको इन्फेक्सन बनाइरहेको छ। जस्तो सार्स गरायो, मार्स गरायो र अहिले कोभिन १९ भन्ने इन्फेक्सन जो चीनको वुहानबाट सुरु भयो, यसले मानव समुदायलाई नै चुनौती दिने हिसाबले संक्रमण बढाईरहेको छ। 

यसका सामान्य लक्षण कस्ता हुन्छन् ?

रुघाखोकी गराउने भाइरस भएकाले रुघा खोकीकै जस्तो लक्षण यसमा देखिने गर्दछन। टाउको दुख्ने, ज्योरो आउने, खोकी लाग्ने, रुघा लाग्ने, स्वासप्रस्वासको दर बढेर जाने,  निमोनिया लाग्ने, संक्रमण शरिरमा फैलिदै जाँदा मृगौलामा पनि असर गर्ने जस्ता लक्षण देखिन्छन, अहिले देखिएका ८० प्रतिशत लक्षणलाई हेर्दा सामान्य रुघाखोकीको जस्तो लक्षण देखिने र हराएर जाने देखिन्छ। 

कति बर्ष उमेरकालाई कोरोना भाइरस देखिने सम्भावना बढी हुन्छ  ?

इम्युनिटी पावर कम भएकालाई बढी देखिरहेको छ। बिशेषगरि धेरै बृद्द उमेर भएकालाई यसको लक्षण देखिएको पाइएको छ। बिश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारी अनुसार १०० जनालाई संक्रमण हुँदा ३ जनाको मृत्यु भएको छ। 

नेपालमा कोरोनाको सम्भावना कति छ ?

सुरु अवस्थामा हवाई मार्फत नै कोरोना फैलिने देखिएको थियो तर पछिल्लो समय भारतमा पनि देखिएकाले यो भाइरस जमिनको बाटोबाट पनि फैलने देखिन्छ। भारतमा कोरोना बढीरहेकाले बोर्डरमा कडाई गर्नुपर्छ। भारतसँग जोडिएका सिमा नाकाहरुमा त्रिभुवन विमानस्थलमा झैं कडाइका साथ चेकजाँच हुनुपर्छ। 

बच्न के गर्नुपर्छ ?

कोरोना भाइरस कोभिन १९ को इन्फेक्सन हो। यसबाट बच्न रुघाखोकी लागेकाबाट टाढा रहने, सम्पर्कमा जाँदा सावधानी अपनाउने, सकेसम्म हात नमिलाउने, कुराकानी गर्दा डेढ दुई मिटरको दुरी कायम गर्ने, सकेसम्म हात नमिलाउने, नमस्कार गर्ने अथवा सम्बाद गर्दा दुरी कायम गर्ने, साबुनपानिले हात धुने, सेनेटाइजर प्रयोग गर्ने, खोक्दा मुख छोप्ने जस्ता काम गर्नुपर्छ। 

मनोविज्ञानको कति अर्थ हुन्छ ?

कोरोना भाइरसलाई भयाभह अवस्थामा देखाइएको र बुझाइएको छ। बढी नै रुपमा त्रासको माहोल बनाइएको छ। ८० प्रतिशत भन्दा बढी लक्षण रुघाखोकी झैं गरेर निको भएको छ। १३ प्रतिशतलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ भने करिब ७ प्रतिशत जतिमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको छ। २-३ प्रतिशतमा मात्र मृत्यु देखिएको छ। 

सकेसम्म उच्च मनोबलका साथ रहने, अत्यावश्यक बाहेक बाहिर भिडभांडमा नहिड्ने, ठुला सभासम्मेलन नगर्ने र नजाने जस्ता काम गर्दा यसबाट बच्न सकिन्छ। 

गर्मीमा कोरोना भाइरस लाग्दैन, रक्सिको सेवनले पनि कोरोना लाग्दैन भन्ने जस्ता कुराहरु पनि आएका छन्, यसमा कति सत्यता छन् ?

रक्सीको सेवनबाट कोरोना भाइरसबाट बचिन्छ भन्ने कुरा निराधार नै हो। पोषणयुक्त कुरा खाएर इम्युनिटी बढाउने भन्ने सधैं लाई हुन्छ। तर रक्सिको सेवनले नै कोरोनाबाट बचिन्छ भन्ने कुरा निराधार हो। 

बाँकी पूर्ण जानकारी भिडियोमा 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved