'कोरोनाका लागि सेनिटाइजर र पीपीई सबैलाई जरुरी छैन' बरिष्ठ औषधि व्यवस्थापक केसीको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 10:30:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिदै गर्दा विश्वभर सेनिटाईजरको माग तथा आपूर्ति ह्वात्तै बढेको छ। विश्वबजारसँगै नेपालमा पनि सेनीटाईजरको माग बढेको छ। माग बढेसँगै बिगतमा औषधि तथा अन्य बस्तु तथा सेवा उत्पादन गर्दै आएकाहरुको चाँसो सेनीटाईजर लगायतका औषधि जन्य उत्पादनमा बढेको छ। 

धेरै व्यवसायीले भारत लगायतक देशहरुबाट सेनीटाईजर लगायतका औषधि जन्य उत्पादनहरु आयात गरेर नेपालमा बिक्रि वितरण गर्दै आएका थिए। तर पछिल्लो समय भारत लगायतका देशहरुमा समेत लकडाउन भएकाले नेपालमै सेनीटाईजर उत्पादन हुन् थालेको छ। 

माग बढेसँगै बजारमा गुणस्तरहिन सेनीटाईजरको बिगबिगी बढेकाले पछिल्लो समय यसलाई समेत नियमनमा ल्याउने प्रयास गरिएको छ। जस अन्तर्गत नेपाल औषधि व्यवस्था बिभागले हालै मात्र नेपालमा सेनिटाईजर उत्पादन गर्ने तथा बिक्रि वितरण गर्ने र विदेशबाट ल्याउने र विदेशबाट ल्याएर बिक्रि वितरण गर्ने संस्थाहरुलाई बिभागमा दर्ता हुनलाई निर्देशन नै जारि गरेको छ।  बिभागकाअनुसार लकडाउन घोषणा भएयता १० वटा नयाँ कम्पनीले सेनीटाईजर लगायतका औषधिजन्य बस्तु उत्पादनको लागि अनुमति लिएका छन भने अन्य दर्जनौ संस्था अनुमतिको पर्खाईमा छन्। 

त्यस्तै पछिल्लो समय सेनीटाईजरको साथसाथै पीपीईको समेत माग बढेको छ। तर के लाई पीपीई भन्ने र पीपीई सेट कस्तो हुने भन्नेबारे नेपाल सरकारले कुनै ठोस धारणा बनाउन सकेको छैन। नेपालकै कारखानामा पीपीई गाउन उत्पादन हुन् थालेका छन भने विदेशबाट समेत आयात गरिएका छन तर पीपीईमा के के हुनुपर्छ भन्ने कुरा नेपाल सरकारले कुनै मापदण्ड बनाउन सकेको छैन। 

नेपाल गुणस्तर तथा नापतौल विभागले पीपीई को मापदण्डबारे हालै मात्र एक अध्ययन गरेको छ । मापदण्ड कस्तो बनाउने भन्ने बारे एक पटक मात्र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ। यद्दपी प्राप्त जानकारीअनुसार तत्काललाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डलाई नै पीपीईको मापदण्ड निर्धारण गर्ने सरकारको तयारी छ। विश्व स्वास्थ्य संगठनले पीपीई लाई पहिलो दोस्रो र तेस्रो गरि तिन तहमा विभाजन गरेको छ। जसमा तेस्रो तह डाक्टरहरुले अप्रेशन गर्दा वा सिरियस उपचारमा मात्र प्रयोग गर्नेगर्दछन तर एक डाक्टरकाअनुसार नेपालमा औशतमा पहिलो तहको पीपीई नै प्रयोग हुदै आएको छ। 

हातमा सेनीटाईजर लगाउदा कोरोनाबाट बाँचिन्छ भन्ने आम धारणा रहेको छ भने पछिल्लो समय उपचारमा पहिलो लाइनमा रहनुपर्ने बाहेकका व्यक्तिहरुले समेत पीपीई सेट लगाएको देख्न र सुन्नमा आएको छ। सेनीटाईजरको गुणस्तरीयता र पीपीई सेटको मापदण्डबारे बिजपाटी डटकमले औषधि व्यवस्था बिभागका सुचना अधिकारि तथा वरिष्ट व्यवस्थापक सन्तोष केसीसँग कुराकानी गरेको छ। कुराकानीको सम्पादित अंश: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved