'नेपालमा २७ बैंक र ५ तहको वित्तीय प्रणाली चाहिदैंन' एनएमबिका अध्यक्ष गोल्यानको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 13, 2020 | 04:07:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर महामारीको रुप लिएको कोरोनाले अर्थतन्त्रका अन्य क्षेत्रसँगै नेपालको बैंकिङ क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाले नेपालको बैंक वित्तीय सँस्था थप बलियो हुनुपर्ने संदेश दिएको नेपाल राष्ट्र बैंकको बुझाई छ। 

अहिलेको परिस्तिथिले बैंक वित्तीय संस्था पुँजीगत आधार, सम्पति, लगायतका कुरामा बलियो हुनुपर्छ भन्ने संदेश दिएको नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बिजपाटी डटकमसंगको अन्तर्वार्तामा बताएका छन्। 

त्यसो त कोरोनाले नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई पनि थप प्रोत्साहन गरेको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संगठन बैंक वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले बताएका छन्। 


कोरोनाले सृजित वातावरणका कारण बिगतमा जस्तो बैंक वित्तीय संस्थाका शाखा कार्यलयमा भिडभाड नहुने र अब प्रबिधि मैत्री हुने अध्यक्ष गोल्यानको बुझाई रहेको छ। प्रविधिमा जाने बित्तिकै मुख्य कार्यालयमा ५०० जना बसेर काम गर्नुपर्ने अवस्था नहुने उनले बताए। 

थोरै मान्छे र घरबाटै काम गर्ने संस्कार बढ्दा यसले बैंक वित्तीय संस्थाको खर्च कम हुने उनको बुझाई छ। बैंक वित्तीय संस्थाको संचालन खर्च घट्दा त्यसले ब्याजको दरलाई पनि सिंगल डिजिटमा आउँन मद्दत पुर्याउने उनको भनाई छ। 

अध्यक्ष गोल्यान भन्छन, बिगतमा जस्तो अब एकै ठाउँमा १० वटा शाखा र दर्जन बढी एटिएमको आवश्यकता छैन। मल्टिपल शाखा भएका ठाउँमा शाखा बन्द गर्नलाई राष्ट्र बैंकले अनुमति दिनुपर्छ। एकै ठाउँमा प्रत्येक बैंकको एटिएम को आवश्यकता पनि छैन। यी सबै कुराले गर्दा अब बैंक बित्तिय संस्थाको खर्च घटाउन सकिन्छ। 

राष्ट्र बैंकले मर्जर बाध्यकारी बनाउने नबनाउने कुरा आफ्नो ठाउँमा छ तर बैंकहरु स्वेछ्हा ले मर्जर हुने बेला भएको उनको धारणा रहेको छ। हाम्रो देशमा २७ वटा बाणिज्य बैंक र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र अर्को सहकारी गरेर ५ तहको बैंकिङ प्रणाली आवश्यक नभएको उनले बताए। 

अहिले परिस्थितिले नै बैंकहरुलाई १५ वटामा लैजानुपर्ने अवस्था सृजना गरेको भन्दै अध्यक्ष गोल्यानले हिजो एक अर्कासँग प्रतिस्पर्धीको रुपमा काम गरेका बैंकहरु अब सौहार्दपूर्ण वातावरणमा मिलेर अघि बढ्नुपर्ने बताए। 

त्यस्तै अध्यक्ष गोल्यानले बैंकहरुमा कर्मचारी कटौतीको सम्भावना कम रहेको बताउदै भएकै कर्मचारीको अधिकतम उपयोग गर्ने रणनीति बैंकले लिने बताए। तर बैंकहरुले नयाँ भर्ना गर्न सक्ने सम्भावना न्यून रहेको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved