कुर्सीमा बस्नेको रवैया यस्तै रहे स्वदेशी औषधि उद्योग मासिन्छन् (भिडियो अन्तरवार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 10:10:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली औषधि उद्योगीहरु अहिले आन्दोलन गर्दै छन् । औषधि उत्पादकहरुले केही औषधिमा मूलुक आत्मनिर्भर रहेको भएपनि विदेशबाट औषधिको आयात भईरहेको र यसो गर्दा मूलुकका उद्योगहरु मारमा पर्ने बताउँदै आएका छन् । उनीहरुले नेपालमै पर्याप्त मात्रामा उत्पादन हुने औषधिको आयात रोक्नुपर्ने माग गर्दै आएका छन् । 

नेपाल औषधि उत्पादक संघले मूलुकभित्रै पर्याप्त उत्पादन हुने औषधिको आयात रोकेर स्वदेशी उद्योगलाई आधारभूत संरक्षण दिईनुपर्ने बताउँदै आएको छ । 

संघका निवर्तमान अध्यक्ष दिपक दाहालले सरकारले विभिन्न समयमा गरेका निर्णय कार्यान्वयन नगरेका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् । २०७४ सालको असार मसान्तबाटै ३० थरीका विदेशी औषधिको आयात रोक्ने भनेर औषधि व्यवस्था विभागले आफ्नो कार्ययोजना बनाएको भएपनि हालसम्म आयात गर्न दिएर स्वदेशी उद्योग मास्न खोजेको उनको आरोप छ ।

दाहालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगको प्रवद्र्धन र विकासका लागि सुझाव दिन औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाललको संयोजकत्वमा गठित समितिको सुझाव कार्यान्वयन नगरे स्वदेशी उद्योग बन्द हुने अवस्था आउने बताउँछन् । २०७३ साल माघ ५ गतको मन्त्रिस्तरीय निर्णयबाट बनेको सो समितिले २१ वटा सुझावसहित मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

२०७४ साल जेठ ७ गते विभागलाई पत्र पठाउँदै मन्त्रालयले सुझाव कार्यान्वयन गर्न अह्राएपछि जेठ १७ गते विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सुझाव कार्यान्वयन कार्यायोजना सहितको जवाफ मन्त्रालयमा पठाएका थिए । तर मन्त्रालयमा पठाएको पत्रमा कार्यान्वयन गर्छु भनेको कुरा आजसम्म कार्यान्वयन नहुनु नै समस्याको जड भएको उनको भनाई छ ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved