एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited ले साउन २२ गते देखि डेढ लाख बढी कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित १ लाख ६१ हजार ७८ कित्ता शेयर गर्न लागेको हो ।
लिलाम गरिन् लागेको शेयर मध्ये ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता संस्थापक शेयर रहेको छ भने बाँकि ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता शेयर सर्वसाधारण समुहतर्फको रहेको छ । लिलाममा लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म ६० प्रतिशतको दरले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रदमा रितपुर्वक आवेदन दिनेहरुलाई ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता शेयर बाँडफांड गरेको आवेदन नपरी बाँकि रहेको १ लाख ६१ हजार ७८ कित्ता शेयर भने कम्पनीले लिलाम गर्ने लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।